पर्यटन मन्त्रि आलेको एक्सनपछि उठ्यो साढे ७५ करोड रोयल्टी, क-कस्ले तिरे यति धेरै रकम ?

काठमाडौ –

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको एक्स’नपछि क्यासिनो सञ्चालकहरु धमाधम करको दायरामा आउन थालेका छन् ।

क्यासिनो तथा आधुनिक मेशिन वा उपकरणको माध्यमबाट मात्र खेलाइने खेल सञ्चालनको लागि इजाजत प्राप्त कम्पनीहरूबाट चालु आर्थिक वर्षको ७ महिनामा मात्र झण्डै साढे ७५ करोड रुपैयाँ राजस्व उठेको छ ।

मन्त्रालयले दिएको सूचना अनुसार हालसम्म देशका विभिन्न स्थानमा सञ्चालित १९ वटा क्यासिनो तथा मिनी क्यासिनोहरुबाट गरी यसै वर्षमा ७५ करोड ४५ लाख रुपैयाँ राजस्व दाखिला भएको हो ।

साथै, बाँकी १४ करोड २० लाख रुपैयाँ सोही राजस्व प्रयोजनका लागि क्यासिनो सञ्चालकहरुबाट बैंक जमानत प्राप्त भएको समेत मन्त्रालय जानकारी दिएको छ ।

यस्तो राजस्व आर्थिक वर्ष २०७६÷७७ सम्ममा विभिन्न क्यासिनो सञ्चालक कम्पनीहरु मार्फत कुल एक अर्ब ९० करोड ९९ लाख ५५ हजार ९२६ रुपैयाँ ९९ पैसा उठ्नु

पर्नेमा ८४ करोड ८४ लाख ४७ हजार ८४८ रुपैयाँ मात्र रोयल्टी शीर्षकमा राजश्व बक्यौता रहेको देखिएपछि कारबाही प्रक्रिया अघि बढाएको मन्त्रालयले जनाएको छ ।

त्यसो त गत २०७४ माघ २६ गतेको मन्त्रिपरिषद्को निर्णयाले पनि यस्तै रोयल्टी नबुझाउने क्यासिनोलाई कारवाहीको प्रक्रिया अगाडि

बढाएपछि अटेर गरेको तर अहिले मन्त्रालयले पुनः एक्सन लिएपछि रोयल्टी दाखिला गर्नेहरुको बढेको मन्त्रालयको भनाइ छ ।

त्यसैको दबाब स्वरुप हिजो सोमबार मात्र (२०७८।११।०२) सेन्ट्रल मिडिया प्रा.लि. ले ४ करोड रुपैयाँ रोयल्टी बैङ्क भौचर बुझाएको मन्त्रालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...