शेखर समूहको निष्कर्ष : शिर क टा उ न तयार छौं, देउवासामु आत्मसमर्पण गर्दैनौं !

काठमाडौं – 

नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहले सभापति शेरबहादुर देउवा एकलौटी ढंगले अघि बढ्न खोजेको आ’रो’प लगाएको छ।

बत्तीसपुतली स्थित अनुपम फुडल्यान्डमा मंगलबार बसेको बैठकले देउवा एकलौटी ढंगले अघि बढ्न खोजेको आ’रो’प लगाएको हो। 

विधानले सभापति देउवालाई ३३ जना केन्द्रीय सदस्य मनोनित गर्ने अधिकार दिएको छ। अलिहेसम्म देउवाले १३ जनालाई केन्द्रीय सदस्य मनोनित गरेका छन्।

आफ्नो समूहबाट महाधिवेशनमा उम्मेदवार रहेर पराजित भएका नेताहरुलाई देउवाले केन्द्रीय सदस्य बनाएका छन्। तर, शेखर समूहबाट पदाधिकारी ल’डे’र पराजित

भएका नेताहरुलाई भने देउवाले केन्द्रीय समितिमा मनोनित गरेका छैनन्। दुई चरणमा देउवाले केन्द्रीय सदस्य मनोनित गर्दा एकलौटी गरेको निष्कर्ष शेखर समूहको छ।  

‘उहाँले पहिलो चरण र दोस्रो चरणमा केन्द्रीय सदस्यको मनोनयन गर्नुभएको छ। यो एकतर्फी भयो भन्ने हाम्रो निष्कर्ष छ। राष्ट्रिय सभाका उम्मेदवार चयन पनि अन्तिम समयमा मात्रै छलफल भयो।

हाम्रो अहिले पनि स्थानीय चुनाव, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि पनि हामी एक हुनुपर्ने थियो। तर, देउवाले सबैलाई समेट्ने संकेत देखिएको छैन,’ बैठकमा सहभागी नेता अर्जुन नरसिंह केसीले भने, ‘सहमति भनेको आत्मसमर्पण होइन, सहअस्तित्व हो।’ 

केसीले राष्ट्रियसभाका उम्मेदवार बनेका नेताहरुको सन्दर्भमा टिप्पणी नभएपनि उम्मेदवार छनौटमा पर्याप्त छलफल नभएकोप्रति भने असन्तुष्टि रहेको बताए। ‘जुन प्रक्रिया अनुसार छनौट गरियो त्यो राम्रो होइन। छलफल नगरी छनौट गरियो,’ उनले भने।  

शेखर समूहले भोलि २ बजे १४औं महाधिवेशनमा प्रतिस्पर्धामा उत्रिएका सबै उम्मेदवारहरु सहितको भेला बोलाएको छ।  

रामचन्द्र र शशांक शेखर समूहमा छैनन्

नेता केसीले सभापति देउवाले एक्लै अघि बढ्ने संकेत देखाएको र त्यो राम्रो नभएको बताए। उनले रामचन्द्र पौडेल र शशांक कोइराला शेखर समूहमा नरहेको  बताए। 

‘रामचन्द्रजी तटस्थ रहुनुभयो तर अरुले त शेरबहादुरजीलाई सहयोग गरे। अनि उनीहरु कसरी हाम्रो समूहमा हुन्छन्?,’ उनले प्रश्न गरे, ‘रामचन्द्रजी तटस्थ बसेको मेरो बुझाइ हो।

तर, अहिलेको छलफलमा उहाँले शेरबहादुरलाई सहयोग गरिएको रिपोर्ट आएको छ।’ केसीले अलग्गै बैठक बस्ने परम्परा तोडेर सबै एक ठाउँमा आएर छलफल गर्ने आफूहरुको प्रयास रहेको बताए।

‘हामी अलग बैठक गर्ने परम्परा छाडेर, समग्र छलफल गर्नुपर्छ भन्ने छौं। हिजो शेरबहादुरजीसँग हामीले प्रतिस्पर्धा गर्‍यौँ। निर्वाचनमा मत विभाजन भएपनि मन

विभाजन गर्न नदिने हाम्रो योजना थियो। तर, उहाँ एक्लै अघि बढ्न खोज्नुभयो,’ उनी भन्छन्, ‘हामी शीर कटाउन तयार छौं। तर, आत्मसमर्पण गर्न सक्दैनौं।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...