गगन थापाले देउवालाई दिए यस्तो कडा चेतावनी, तनावमा देउवा !

काठमाडौं 

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सभापति शेरबहादुर देउवाले आफूहरूलाई बेवास्ता गरेर पार्टी सञ्चालन गर्न नसक्ने बताएका छन् ।

केन्द्रीय समितिमा मनोनयनदेखि राष्ट्रियसभाका उम्मेदवार तयलगायतका विषयमा सभापति देउवा एक्लै अघि बढेको भन्दै महामन्त्री थापाले आफ्नो समूहलाई गरिएको बेवास्ता अब मान्य नहुने बताएका हुन् ।

बुधबार आफ्नो समूहको भेलालाई सम्बोधन गर्दै थापाले भने, हामी भाग खोज्दैनौं । तर, ४० प्रतिशत मत ल्याएको शक्तिलाई इग्नोर गरेर पार्टी चल्न सक्दैन ।

हामी सभापतिलाई सहयोग गर्छौं तर हामीलाई इग्नोर गरे, त्यो सैह्य हुँदैन । विधिसम्मत पार्टी चलोस् भन्ने हाम्रो चाहना हो ।’ महामन्त्री थापाले अप्ठ्यारो अवस्थामा भएको महाअधिवेशनमा पनि शेखर कोइराला समूहको नैतिक रूपमा जित भएको बताए ।

यो पनि : कांग्रेसको १४ औँ महाधिवेशनलगत्तै सभापतिसँग भागबन्डा नमाग्ने घोषणा गरेका निकटतम् प्रत्यासी शेखर कोइरालाले बुधबार काठमाडौंमा पहिलो गुट भेला गरेका छन् ।

कोइरालाले बोलाएको यो भेलामा यसअघिको पौडेल समूहका नेता रामचन्द्र पौडेल, शशांक कोइराला र प्रकाशमान सिंहबाहेक सबैजसो नेताहरू सहभागी भए । पार्टीमा उनको नेतृत्वमा भएको यो नै सबैभन्दा ठूलो रणनीतिक भेला हो । 

पार्टीमा यसअघि केन्द्रीय सदस्यमात्रै भएका कोइराला एकैपटक सभापतिका प्रत्यासी थिए । त्यहीकारण उमेरले हारीहारी भए पनि देउवाले कोइरालालाई पार्टीभित्र ‘जुनियर’ ठानेका छन् । सभापतिमा दोस्रो कार्यकालका

लागि पदस्थापन गर्दै गर्दा सबैको साझा सभापति बन्ने घोषणा गरेका देउवाले दुई वटा केन्द्रीय समिति बैठक र केही महत्वपूर्ण निर्णयहरू हुँदासम्म ४० प्रतिशत मतसहित पराजित कोइरालासँग सामान्य छलफल समेत गरेका छैनन् ।

देउवाले पेलेर अघि बढ्ने बुझेपछि कोइरालाले महाधिवेशनको दुई साता नबित्दै गुटको भेलामार्फत चुनौतीको भाषा बोलेका छन् । बुधबार गुट भेलाको सुरूमै कोइरालाले लिखित सम्बोधन गरेका थिए, जहाँ कोइरालाले देउवामाथि प्रश्नमात्रै गरेका छैनन्, सभापतिले निर्णय प्रक्रिया नसच्याए पार्टीमा दुर्घटना हुन सक्ने सम्मको चुनौती दिएका छन् ।

कोइरालाले मुख्य गरी पार्टीको निर्णय प्रक्रिया, न्यायोचित र विधिसम्मत रुपमा अवसरको वितरण र व्यवस्थापनका विषयमा प्रश्न उठाएका छन् । उनले यस्ता विषयमाथि सभापतिले ध्यान नपुर्‍याए पार्टीभित्र नेता कार्यकर्तामाझ आखिर कांग्रेसमै किन बस्ने भन्ने प्रश्न उठ्ने र त्यसले विभाजनको अवस्था ल्याउन सक्नेसम्मको संकेत गरेका छन् ।

नेता कोइरालाले सभापतिले केन्द्रीय सदस्य मनोनीत गर्दा त्यसको मापदण्डका विषयमा प्रश्न उठेको बताए । ‘पार्टीमा सभापतिज्यूले केही साथीहरुलाई केन्द्रीय सदस्यमा नियुक्ति गर्नु भएको छ, नियुक्ति पाउनु भएका सबै साथीहरु सक्षम र योग्य नै हुनुहुन्छ । तर के ‘मापदण्ड’ अपनाएर उहाँहरु नियुक्त हुनुभएको हो ? हामी जान्न चाहन्छौं,’ उनले प्रश्न गरेका छन् ।

कोइरालाले सभापतिले मन पराए वा मन नपराएको अवस्थामा हुने छनौटले पार्टीलाई दुर्घटनामा धकेल्ने बताएका छन् । ‘सभापतिको लाइक र डिस्लाइकबाट व्यक्तिको छनोट भए पार्टीमा दुर्घटना हुन सक्छ, विधि र विधानबाहिर गएर गरिने सबै कामहरु बन्द गर्न हामी एकढिक्का भएर प्रयत्न गर्ने कि नगर्ने ?,’ उनले प्रश्न गरेका छन् ।

कोइरालाले आफूहरू पार्टीभित्र हुने सबै कार्यहरू न्यायसंगत, विधि र विधानसंगत, विवेकपूर्ण र व्यवहारिक तरिकाबाट निर्णय गरियोस् भन्ने पक्षमा रहेको बताए ।

यसअघि पार्टीमा पदाधिकारीसम्म पनि नभएका कोइराला १३ औं महाधिवेशनपछि पार्टीभित्र नेताहरूको वरीयतामा ३५ औँ नम्बरमा थिए । १४ औं महाधिवेशनमा ‘नेतृत्वमा पुस्तान्तरण’ को मुद्दा लिएर अघि बढेका कोइराला सभापतिको उम्मेदवार बन्दै गर्दा दोस्रो पुस्ताका प्रभावशाली नेताहरू

उनीसँग उभिए, तर उनकै भाइ कोइराला, नेता पौडेल र सिंहहरू उनीसँग रहेनन् । कोइरालाले आफ्नो पराजयको कारण आफ्नै परिवारका सदस्यहरू भएको बताउँदै आएका छन् ।

तर, यथार्थमा गुटभित्र वरीयतामा ‘जुनियर’ भएकै कारण कोइराला आफ्नो समूहको साझा उम्मेदवार बन्न सकेनन् । सभापतिमा पराजित भए पनि देउवाले उनलाई केन्द्रीय सदस्यकै वरीयतामा राखेका छन् ।

कांग्रेसमा विगतमा सभापतिमा पराजित निकटम प्रतिद्वन्द्वीलाई सभापतिपछि दोस्रो वरीयतामा राख्ने चलन थियो । देउवाले महाधिवेशनमा उम्मेदवार नै नरहेका

रामचन्द्र पौडेललाई दोस्रो वरीयतामा राखेका छन् भने कोइराला पदाधिकारी र पूर्वपदाधिकारीभन्दा तल परेका छन् । देउवाले कोइरालालाई पार्टीमा निर्णायक भूमिका नदिने संकेत गरेका छन् ।

महाधिवेशनबाट दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित भएर दुई वटा बैठक गरेका देउवाले आफूसँग पराजित कोइरालासँग कुनै छलफल गरेका छैनन् जबकि राष्ट्रिय सभा सदस्य निर्वाचनमा टिकट बाँड्नेदेखि मन्त्री बनाउनेसम्मका निर्णय पार्टीले गरिसकेको छ ।

देउवाले आफ्नो र अन्य विभिन्न समूहबाट महाधिवेशनमा पराजित १३ जना नेताहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेका छन् । तर, कोइराला समूहका कोही पनि मनोनीत भएका छैनन् ।

त्यही कारण कोइरालाले देउवाले कार्यशैली र निर्णय प्रक्रियामा बदलाव नल्याए पार्टीमा दुर्घटना हुन सक्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...