माओवादी केन्द्रीय सदस्य काठमाडौं बस्न नपाउने, यस्तो छ कारण !

काठमाडौं –

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य काठमाडौंमा बस्न नपाउने बताइएको छ । पार्टी निर्माणका लागि १५ दिन अनिवार्य श्रम गर्नुपर्ने विषय राजनीतिक

दस्तावेजमा उल्लेख गरेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिलाई जवाफ दिने क्रममा बन्दसत्रमा केन्द्रीय सदस्यले काठमाडौं बस्न नपाउने घोषणा गरेका हुन् ।  

’पार्टी निर्माणका लागि गाउँ केन्द्रित हुनुपर्छ । केन्द्रीय सदस्य भएर काठमाडौ बसिराख्ने अवस्था छ । यसलाई अन्त्य गरिनुपर्छ । पार्टीका

कामबाहेक केन्द्रीय सदस्यले काठमाडौंमा बस्न पाउने छैनन्,’ प्रचण्डले भने । तर प्रचण्डको यो भनाइ कार्यान्वयनमा आउन कठीन रहेको नेताहरु बताउँछन् । 

यो पनि पढनुहोस : माओवादी केन्द्रको आठौं महाधिवेशन उद्घाटन समारोहमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेसँग चुनावमा कार्यगत एकता हुनसक्ने भनि गुलियो वचन बोलेपछि त्यसबारे क्रिया प्रतिक्रिया जन्मिएको छ ।

रातदिन एकअर्काप्रति कटाक्ष गरेर नथाक्ने एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्र अध्यक्ष ‘प्रचण्ड’बीच कार्यगत एकता कति सम्भव छ ?

चासोको विषय बनेको छ । त्यसो त ओलीले एक्लै चुनाव लडेर बहुमतको सरकार बनाउने दावी गर्दै आउनुभएको छ । दाहालको अभिव्यक्तिप्रति ओलीको कुनै प्रतिक्रिया आएको छैन ।

तर, महाधिवेशनपछि नयाँ जोश जाँगरसाथ फर्किएको एमाले पुस २३ मा जिल्ला अधिवेशन र आगामी माघ ८ गते प्रदेश अधिवेशनको तयारीमा जुटेको छ । पार्टीको आन्तरिक व्यवस्थापनलगत्तै चुनावमा होमिने उसको तयारी छ ।

तर, प्रचण्डको अभिव्यक्तिपछि बाम तालमेलको बहसले ठाउँ पाएको छ । त्यसो त बाम गठबन्धनको नारा बलशाली र निर्वल कम्युनिष्ट पार्टीका लागि सनातनी मानिन्छ । प्रचण्डको अभिव्यक्तिलाई महत्व नदिएको बताउने एमाले कुनै हालतमा गठबन्धन नदोहोरिने ठोकुवा गर्छ ।

एमाले नेता डा. भीष्म अधिकारी पार्टीको निर्वाचित अध्यक्षलाई साधारण सदस्य समेत नरहने गरी का’र’बा’ही गरेको अवस्थाले प्रचण्ड लगायतका नेताहरुले कम्युनिष्ट आन्दोलनलाई ध’रा’पमा पार्न खोजेको आशंका व्यक्त गर्नुहुन्छ ।

तीनै तहको चुनाव नजिकिदै गर्दा दलहरूलाई कस्ता एजेण्डाले जनता रिझाउने भन्ने पिरलो छ । जनताले दुई तिहाई बहुमत दिलाएर सरकारको नेतृत्वमा पठाएको

तात्कालिन नेपाल कम्युनिष्ट पार्टी समेत पूर्ण कार्यकाल टिक्न नपाउँदै मुलुक अस्थिर दिशातर्फ धकेलिदै जाँदा एमाले, माओवादीलाई चुनावी प्रतिस्पर्धा सकसपूर्ण देखिन्छ ।

दुई तिहाइको सत्ता गुमाएसँगै टुुटफुटको श्रृंखलाबाट गुज्रिदै प्रतिपक्ष कित्तामा पुगेको एमाले मतदाताले पत्याउनेमा विश्वस्त छ । जनताको स्तरमा भिजेका नेताहरु स्थानीय तहदेखि राष्ट्रिय तहसम्म भएकाले पनि आफूहरुलाई जनताले विश्वास गर्ने नेता डा. अधिकारीको विश्वास छ ।

नेपाली राजनीतिमा नेताहरू जे हुँदैन भन्छन् आखिर त्यही हुन्छ । नेपाल कम्युनिष्ट पार्टीको बोइङबाट सुरु भई सत्ता र शक्तिले छुटाएको एमाले–माओवादी त्यो सहयात्रा नदीको दुई किनार हुन्छ या जोडिन्छ ? अहिले नै भन्न हतारो हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...