राजेन्द्र लिङ्देन राप्रपा अध्यक्ष बनेपछि प्रवेश गराए यि १४३ जना महत्वपूर्ण व्यक्तित्वहरु (नाम सहित)

काठमाडौं –

राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देन चयन भएपछि १४३ जना महत्वपूर्ण व्यक्तित्वहरु पार्टी प्रवेश गरेका छन् । सो पार्टीले शुक्रबार जारी गरेको विज्ञप्तिमा १४३ जना महत्वपूर्ण व्यक्तित्वहरु पार्टी प्रवेश गरेको जनकारी दिइएको हो । 

पार्टी प्रवेश गर्नेमा सामाजिक धार्मिक अभियन्ता अभिषेक जोशी, पूर्व बरिष्ठ प्रहरी उपरिक्षक दीपक रन्जित, कृषि उद्यमी तथा कृषि समूहका अध्यक्ष तेज बिक्रम थापा,

बुद्ध धर्मका गुरु लाक्पा तामाङ, साधना कला केन्द्रका अध्यक्ष संगीतकार मिलन मोक्तान, धार्मिक, सामाजिक अभियन्ता अमर परियार, नेपालका लागि नेपाली पार्टीका केन्द्रीय सचिव सुर्दशन थापा,

धार्मिक विभाग प्रमुख दीपक सुवेदी, महिला संगठन अध्यक्ष हुमा पाण्डे, शिव सेना नेपालका केन्द्रीय सदस्य कुमार बस्नेत, राष्ट्रवादी विकासशील अभियान नेपालका संयोजक कमलराज श्रेष्ठ लगायत रहेका छन् ।

पार्टी प्रवेश गरेका हरुलाई स्वागत गर्दै उपयुक्त जिम्मेवारी दिने निर्णय शुक्रबारको पदाधिकारी बैठकले निर्णय गरेको महामन्त्री भुवन पाठकले जानकारी दिए । 

बैठकले स्थानीय तह निर्वाचन परिचालन समितिको सदस्यहरुमा प्रा.डा.जयन्तनाथ खनाल, केन्द्रीय सदस्य डा राजेश गिरी र केन्द्रीय सदस्य आशा लामालाई मनोनयन गर्ने निर्णय पनि गरेको छ ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिन माग गरेको  । त्यसका लागि राप्रपाले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ । 

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेनको अध्यक्षतामा शुक्रबार बसेको केन्द्रीय पदाधिकारीहरूको बैठकले पुस २७ गते पर्ने पृथ्वी जयन्तीको उपलक्ष्यमा

सार्वजनिक बिदा घोषणा गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको महामन्त्री भुवन पाठकले जानकारी दिए । 

राप्रपाले पुस २७ गते सवै जिल्लाहरुमा सार्वजनिक स्थानमा नारा, जुलुस, सभाको आयोजना गरि मनाउने र काठमाण्डौ उपत्यकाको हकमा तिनै जिल्लाहरुका

पार्टीका पदाधिकारी, सदस्य, समर्थक, शुभचिन्तक भृकुटीमण्डपमा भेला भएर सिंहदरबार स्थित पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण तथा सम्मान अर्पण गर्ने निर्णय पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...