काठमाडौं –
नेकपा माओवादी केन्द्रका सदस्यहरुले सप्ताह पुराण लगाउन र सामाजिक सञ्जालमा रिप (रेस्ट इन द पीस) लेख्न नपाउने भएका छन् ।
काठमाडौंमा जारी आठौं राष्ट्रिय महाधिवेशनमा अनुशासन आयोगका अध्यक्ष टंक राईले भने, ‘कम्युनिस्ट पार्टीको सदस्यले सप्ताह पुराण लगाउनु पनि का र बा ही को विषय हुनेछ ।’
कसैको मृ त्यु भएमा आरआईपी अर्थात रेस्ट इन द पीस वा स्वर्गबास होस् भनेर लेख्न नपाइने समेत उनले बताए । रेस्ट इन द पीस भनेको क्रिष्टियनहरुले लेख्ने भन्दै उनले भने, ‘कम्युनिस्टहरुले हार्दिक श्रद्धाञ्जली लेख्ने हो ।’
यो पनि : नेकपा एमालेको दशौँ महाधिवेशनमा केन्द्रीय सदस्य हुन नपाएपछि सुनसरीका नेता धर्मराज निरौला नेकपा एकीकृत समाजवादीमा जाने भएका छन्।
एमालेमा केन्द्रीय सदस्य नपाएका उनलाई समाजवादीले पोलिटब्युरो सदस्य बनाउने भएको छ। संविधानसभा सदस्य निरौला नेकपा एमालेको नवौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य र सुनसरी जिल्ला इन्चार्ज पनि थिए।
निरौलाले हालसम्म प्राप्त उपलब्धिलाई केपी ओलीले निजी कम्पनीमा रुपान्तरण गरि नेपालको कम्युनिष्ट आन्दोलनलाई दक्षिणपन्थी भासमा लगेकाले विद्रोह गरेको बताए।
निरौलाले सुनसरीमा एमालेका सयौँ नेता कार्यकर्ता विद्रोह गरेर नेकपा एसमा समाहित भएको बताएका छन्।
रामधुनी नगरपालिकाको झुम्का घर भएका नेता निरौलासँगै एमालेका विभिन्न कमिटीमा जिम्मेवारी निर्वाह गरेका नेता कार्यकर्ताहरु नेकपा एसमा प्रवेश गरेका छन्।
नेकपा एस सुनसरीले फेसबुक पेजमा नेता निरौलालाई पार्टीको पोलिटब्युरो सदस्य बनाइएको जानकारी बिहीबार दिएको थियो।
समाजवादी सुनसरीका अध्यक्ष गोविन्द निरौलाले एमालेबाट आएका अन्य नेता कार्यकर्ताहरुको नाम पदसहितको जिम्मेवारी यही महिनाभित्र सार्वजनिक गर्ने बताए।























