काठमाडौं –
राष्ट्रिय सम्मेलनमार्फत बहुपदीय प्रणालीमा जान लागेको नेकपा माओवादी केन्द्रमा सबभन्दा धेरै चासोका साथ हेरिएको पद हो महासचिव । अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड सर्वसम्मतजस्तै देखिँदा महासचिवमा भने थुप्रै नेताको दाबी छ । दावेदारमध्ये एक हुन् जनार्दन शर्मा प्रभाकर ।
आफू अहिले संगठन विभाग प्रमुख भएकाले पनि संगठनकै कार्यकारी काम गर्न पाए हुन्थ्यो भन्ने लागेको उनले सुनाए । ‘त्यही भए हुन्छ, नभए हुँदैन भन्ने पनि छैन,’
उनले भने, ‘तर मैले अहिले गरिरहेको कामले स्वतः त्यही भूमिका माग गर्छ । कार्यकर्ताले मेरो महत्व बुझे र, तँ होस् भनेछन् भने हुन्छु, भनेनन् भन्ने हुन्न ।’ साथै उनी विचारमा पनि प्रष्टता जरुरी देख्छन् ।
२०६३/०६४ तिर कांग्रेस र एमालेहरुले माओवादीलाई लोकतान्त्रिकरण गर्नुपर्छ भन्ने टिप्पणी गर्थे, अहिले प्रदेश १ र वागमती प्रदेशको माहौल देखियो । अब माओवादी लोकतान्त्रिकरणको प्रक्रियामा प्रवेश गरेको हो ?
हामीले अरु पार्टीलाई समावेशीकरण गर्नु थियो । हाम्रो नारा, हाम्रो एजेण्डा, हाम्रो त्यागको संश्लेषणमा हामीले मुलुकलाई समावेशीकरणको प्रक्रियामा लगेका थियौं । अरु दललाई समावेशीकरण गर्ने एजेण्डा बोक्ने पार्टी आफैंमा लोकतान्त्रिक हुन्छ । आफैंमा लोकतान्त्रिक भएर न समावेशी र समानुपातिक सहभागिताको मुद्दा ल्यायौं ।
दोस्रो, कम्युनिष्ट पार्टी भनेको पूर्ण लोकतन्त्रको मान्यतालाई स्वीकार गर्ने पार्टी हो । अर्काे भाषामा भन्ने हो भने पूर्ण जनवाद हो र स्वतन्त्रताको उत्कृष्ट स्वरुप भनिएको हो । कम्युनिष्ट पार्टीभित्र देखिने केही ग’ल’त प्रवृत्तिहरु, जस्तो कम्युनिष्ट पार्टीका नाममा हुने केही नि’रं’कु’श घटनाक्रमलाई लिएर समग्रमा कम्युनिष्ट पार्टीको एउटा स्वतन्त्रताको पनि उचाइबाट अघि बढ्नुपर्छ भन्ने मान्यता राख्ने कम्युनिष्ट पार्टी आफै लोकतान्त्रिक हो ।
त्यसकारण हाम्रो पार्टी निर्माणको सन्दर्भमा आइपुग्दा हामी विचारद्वारा निर्देशित, विचारले समाज बदल्नका लागि बाटो बनाउने भएकाले विचारका आधारमा छलफल बहस गरेर निकाल्ने निष्कर्ष र त्यो निष्कर्षका आधारमा संगठनको निर्माण र परिचालन गर्ने भएको हुनाले माओवादी स्वयं पूर्ण लोकतान्त्रिक पार्टी हो ।
तपाईं त संगठन विभाग प्रमुख पनि हुनुहुन्छ । कस्तो पार्टी बनाइरहनुभएको छ, कुनै कमिटीको अध्यक्ष तोकिन्छ, सदस्यहरुको टुंगो छैन । कमिटी बन्छ, नेतृत्व छैन ?
सबै टुंगिएर आउनुपर्थ्यो, तर समयको चापका कारण कतिपय प्रदेशमा टुंगो लगाउन सकिएको छैन । स्थायी कमिटीका सदस्यहरु यता आउन परेकाले निवार्चनले पूर्णता पाउन सकेन । राष्ट्रिय सम्मेलनलगत्तै पदाधिकारी चयन प्रक्रिया टुंगिन्छ ।
पदाधिकारी कसरी ल्याउने, समावेशी कसरी बनाउने भन्ने नीतिगत हिसाबले टुंगिएकाले कतिपय ठाउँमा टुंगिसकेको छ, कतिपय ठाउँमा सल्लाह हुँदैछ ।
मैले पाएको रिपोर्टअनुसार वागमती, लुम्बिनी र कर्णालीमा टुंगिसकेको छ । गण्डकीमा अध्यक्ष भएको छ, अरु बाँकी छ । सुदूरपश्चिममा सम्मेलनपछि पदाधिकारीको चयन गरौं भन्ने छ ।
प्रदेश २ मा एक ढंगले भएको छ, सहमतिका आधारमा जिल्लाहरुले गृहकार्य गरिरहेका छन् । त्यसैले सहमति हुने ठाउँमा सहमतिले टुंगिरहेको छ, सहमति नहुने ठाउँमा निर्वाचनले टुंगिएको छ । सजिलै छ, सबै खुलै छ बाटो ।
तपाईंहरुकै नेता कार्यकर्ताहरुले चाहिँ पार्टीले ‘लिडरसीप’ को विकास गराउनुपर्ने, तर नेतृत्वमा ‘डिलरसीप’ देखियो भनेर टिप्पणी गरिरहेका छन् नि !
कसैले त्यसो पनि भनेका होलान् । तर मुख्य कुरा कसले के भनेको छ भन्ने होइन, हामीले के गरेका छौं भन्ने हो । चित्त नबुझ्दा तपाईंले के भन्नुहुन्छ, अर्काले के भन्छ भन्ने बेग्लै हो । तर हामीले नीतिमा के गर्यौं ? योजनामा के गर्यौं ? व्यवहारमा के गर्यौं ? भन्ने प्रश्न मुख्य होला ।
नीतिमा हामीले तलबाट निर्वाचित कमिटी बनाउने भन्यौं, वडादेखि, पालिका र जिल्लामा त्यसै गरियो । मैले मेरै जिल्लामा महिलालाई प्राथमिकता दिनु है भनेको थिएँ । महिलालाई प्राथमिकता नदिएपछि एक जना बहिनीले चुनाव लड्नुभयो, जित्नुभयो पनि ।
प्रतिष्पर्धामा आउँदा नेतृत्व निर्माण हुन्छ । त्यसकारण तलबाट निर्वाचित कमिटी बनाउनुपर्छ भन्ने छ र नेतृत्व निर्माणको काम उत्साहजन ढंगले भइरहेको छ ।
वडा, पालिका, जिल्लातिर निर्वाचन पनि हुने, उत्साहजनक पनि हुने । तर जतिजति माथि आयो त्यति त्यति निराशाजनक जस्तो । जहिल्यै एउटै मान्छे अध्यक्ष हुने, विकल्पमा पनि कोही अघि नसर्ने । कताकता नमिलेको जस्तो लाग्दैन ?
प्रदेशमा सबै नयाँ अध्यक्ष आएका छन्, कोही पुराना छैनन् । प्रदेशमा नयाँ नेतृत्व चयन गर्ने भनेको के हो ? वैकल्पिक नेतृत्व तयार गर्यौं नि हामीले होइन र ?
केन्द्रीय समितिमा २० प्रतिशत युवा ल्याउँदैछौं, ३५ प्रतिशत महिलालाई हामी निर्वाचित गर्दैछौं । १५ प्रतिशत दलित निर्वाचित हुँदैछन्, ५ प्रतिशत मुस्लिम निर्वाचित गर्दैछौं । जसलाई प्रतिष्पर्धामा आउन अलि कठीन हुने अवस्था छ, उनीहरुलाई समावेशी प्रतिशत तोकेर निर्वाचित गर्दैछौं । यो भनेको पछाडि परेको वर्ग, समुदायबाट नेतृत्व निर्माण गर्ने कुरा हो ।
यसलाई सकारात्मक रुपले पो बुझ्नुपर्छ त । माथि आइपुग्दा अहिले अध्यक्ष कमरेड प्रचण्डको विकल्पमा अर्काे मान्छे आएर पार्टीको राजनीति, मुलुकको परिस्थितिलाई ह्यान्डिल गर्न सक्छन् जस्तो लाग्या छैन । यो पार्टीलाई अर्काे ठाउँमा लैजाने अभियानमा अध्यक्ष कमरेडकै नेतृत्व आवश्यक छ, यसमा कसैको वि’रो’ध छैन ।
यसको अर्थ यो होइन कि, अरु कोही मान्छे छैनन् । यो त पार्टी र देशको आवश्यकता हो । देशमा सामान्तवाद, राजतन्त्र जान्छ भनेर कसैलाई लागेको थियो ? थिएन । जान्छ भनेर त्यो नारा, कार्यक्रम र विचार ल्याएर प्रचण्ड आउनुभयो । हामी उहाँको साथमा उभियौं ।
जुन अधिकार स्थापित भएका छन्, त्यसलाई कार्यान्वयन गरेर एक हदसम्म पूर्णता दिन राष्ट्रलाई प्रचण्डको आवश्यकता छ । विचार र त्यागको वस्तुगत आवश्यकता, समग्र राजनीतिक परिस्थिति र वैचारिक स्पष्टताको तालमेल विना नेतृत्व निर्माण त हुन सक्दैन ।
उहाँले नेतृत्व गर्नुभयो, यहाँहरुले साथ दिनुभयो । यहाँहरुले साथ दिएकै कारण सफल पनि हुनुभयो । साथ दिनेहरु कहिल्यै माओवादी केन्द्रको अध्यक्ष बन्न नपाउने ?
माओवादी केन्द्रको अध्यक्ष हुने बेला आउला नि ! म पनि अध्यक्षकै टिमको मान्छे हुँ । मैले टिमका हिसाबले भन्या है, गुट भन्या हैन । स्थायी कमिटीका जति मान्छे छौं, हामी सबै अध्यक्षसँगै यो आन्दोलनमा निरन्तर सहभागी छौं । त्यसकारण यो एउटा टिम हो, जसको समग्र नेतृत्व अध्यक्षले गर्नुभएको छ ।
एउटा कालखण्डपछि नयाँ नेतृत्व निर्माण हुन्छ । अब हामी वैकल्पिक टिम तयार गर्दैछौं नि त ! वैकल्पिक टिम तयार हुँदै जाँदा भोलि अर्काे नेतृत्व हुन्छ, त्यो त स्वभाविक हुन्छ । सधैं अध्यक्ष प्रचण्ड हुने होइन नि त ।
अहिले चाहिँ हाम्रो बेला भएन भन्ने हो ?
अहिले राष्ट्रिय राजनीतिमा अध्यक्ष कमरेड प्रचण्डकै आवश्यकता छ । यो आ’न्दो’ल’न’लाई एउटा ठाउँमा संश्लेषण गर्ने दृष्टिकोणले पनि, हामीले स्थापित गरेको अधिकार कार्यान्वयन गर्ने दृष्टिकोणले पनि त्यो नै अहिले हाम्रो पार्टीको हित र देशको हितमा छ । त्यसकारण प्रचण्डको आवश्यकता छ ।
तर ०६४ मा झण्डै बहुमत नजिकको पार्टी आज कहिले कांग्रेसको पछाडि लाग्या छ, कहिले एमालेको पछि लाग्या छ । तपाईंले हेर्दा त राजनीतिको केन्द्रमा, तर कहिले यता कहिले उता । प्रचण्डको विकल्पै छैन भनिरहने मात्रै हो कि अरु केही उपाय पनि हुन्छ ? अब पार्टी चलाउन अर्काे पुस्ता तयार छ भन्ने बेला भएन र ?
हामी ज न यु द्ध बाट नयाँ प्रक्रिया (खुला राजनीति)मा आइसकेपछि दुईवटा ग ल्ती गर्यौं भन्छु । एउटा, प्रचण्डपथ त्याग्नु । अर्को, शान्तिप्रक्रिया कि वि द्रो ह भन्ने दोधारमा रहनु ।
यो देशका उत्पीडित वर्ग, जाति, लिंग सबैलाई आह्वान गरेको थियो प्रचण्डपथले । प्रचण्डपथ नाम मात्र होइन, विचार पनि थियो । विचार निर्माण हाम्रो पार्टीले गर्यो, त्यसको नेतृत्व अध्यक्ष कमरेडले गर्नुभयो । यो विचारमा सबै समेटिन्थे ।
त्यसको आह्वानमा मान्छे जुर्मुराएर आए, राजतन्त्रलाई धुलो चटाए । प्रचण्डपथ छोड्दा अर्को यो है बाटो भनेर तय गर्नुपर्थ्यो । त्यसो नगर्दा वैचारिक अकर्मन्यता भयो, जसका कारण तपाईंले भने जस्तो केही क्षयीकरण भयो । पार्टी फुट्यो अन्तरविरोध बढ्यो । विविध सम’स्या आए । नाम नै प्रचण्डपथ भन्नुपर्छ भनेको होइन मैले, तर माओवादी यसरी जाँदैछ है भनेर आम जनतालाई देखाइदिन पाएको भए यो क्ष’यीकरण हुने थिएन ।
अर्को, शान्ति प्रक्रियामा आइसकेपछि लडाईंभन्दा परिस्थिति भिन्न हुनुपर्थ्यो । हाम्रो संगठनलाई नयाँ परिस्थितिअनुकुल जान अब शान्तिपूर्ण तरिकाले हामीले प्रतिष्पर्धामा जानुपर्छ भनेर एकोहोरो भन्नुपर्थ्यो । त्यहाँनिर हाम्रो पार्टीले गल्ती गर्यो । वि’द्रो’ह कि चुनाव भनेर दुइटा कुरा गरियो, त्यसले कन्फ्युजन पैदा भयो । नेतामै कन्फ्युजन, कार्यकर्तामै कन्युजन भएपछि मानिस संसदमा छ, तर दिमागमा वि’द्रो’ह हुने अवस्था बन्यो । लाष्ट सिटमा बस्नुपर्ने, अनि अर्कै सोच्ने भयो । यसले पनि तपाईंहरुले भने जस्तै क्षयीकरण भयो ।
त्यसका बाबजुद पार्टी आफ्नो मिसनमा अगाडि बढ्यो । पार्टी फु’ट्दा पनि शान्ति प्रक्रियाबाट विचलित भएन, प्रतिष्पर्धाबाट विचलित भएन । सिट घटबढ त स्वभाविक हो । हाम्रो व्यवहार आचरण आदि इत्यादीले प्रभाव पार्ला । कहिले कुन पार्टी ठूलो, कहिले कहिले हुने वा सत्तामा कहिले को कहिले को हुने अर्कै पाटो हो ।
तर ज’नयु”द्ध सुरु भएर यहाँसम्म आइपुग्दा आज २५ वर्ष भयो, यो अवधिमा देश कुन राजनीतिक नारामा ? कसले अगाडि सारेका विचारहरुमा चलेको छ ? हाम्रै पार्टी, हाम्रै अध्यक्ष प्रचण्डले ल्याएको विचारमा अगाडि बढेको छ । शान्ति प्रक्रियाको मिसन, संविधान निर्माणको सिमन, राज्य पुनर्संरचना, समावेशी समानुपातिक प्रतिनिधित्वसहित नयाँ लोकतन्त्रको अवधारण हामीले ल्याएका हौं ।
यहाँ आइपुग्दा हामीले के महसुस गरेका छौं भने ग’ल्ती गर्यौं, त्यसको पनि आज समीक्षा गर्नुपर्छ । र, शान्ति प्रक्रियामा आइसकेपछिको आजको संगठनको स्वरुप पनि नयाँ ढंगको हुनुपर्छ भन्ने महसुस गरेरै तल–तल निर्वाचित कमिटी बनाउँदै यहाँ आएका छौं । र, ती कुराहरुलाई हल गरेर हामी नयाँ बाटो, अब कसरी जान्छ माओवादी भनेर जनताले बुझ्ने गरी भन्छौं ।
अर्को ग’ल्ती सच्याउन चाहिँ अब प्रचण्डपथ फेरि बोक्ने ?
प्रचण्डपथ फेरि बोक्ने भनेको होइन, नयाँ विचार बनाउने हो ।
त्यो नयाँ विचारको नाम चाहिँ प्रचण्डपथ ?
हामीले हिजो जे संश्लेषण गरेर प्रचण्डपथ भनेका थियौं, त्यसले जनता जगाएकै हो । त्यसलाई एउटै निर्णयबाट हटाउन मिल्दैनथ्यो । पार्टीभित्र र आमजनतामा छलफल बहस गरेर यसरी हटाउँदैछौं र त्यसको ठाउँमा यो ल्यायौं भन्नुपर्थ्यो । अर्को के गर्छौं नभनी हटाउने मात्र काम भयो, त्यो गल’त भयो मात्र भनेको हुँ ।
अहिले फेरि प्रचण्डपथ भन्नुपर्छ भनेको पनि होइन, नयाँ विचार चाहियो भनेको हो । सबैले समाजवाद भनेका छन् । समाजवाद भनेको के ले हात्ति छामेजस्तो त होइन ! नेपालको सन्दर्भमा समाजवाद के हो भन्ने परिभाषा गर्नुपर्छ । दलहरुले समाजवाद भन्ने तर न्यूनमत न्याय पनि नहुने हो भने कसरी हुन्छ ?
आर्थिक रुपले तल्लो वर्गलाई कसरी माथि ल्याउने ? पछाडि परेको वर्गलाई कसरी अगाडि ल्याउने ? राज्यका अंगहरुमा समानुपातिक समावेशी भन्यौं, तर समाजको विविधता छ । अर्को देशको नक्कल गर्ने होइन, हाम्रो आफ्नो भूगोल, समाज, संस्कृति, अर्थतन्त्र सबैका आधारमा नेपाललाई गरिबीबाट मुक्त गर्ने बाटो यो हुन्छ, बेरोजगारी अन्त्य गर्ने बाटो यो हुन्छ, विकास र समृद्धि यसरी हालिस गर्न सक्छौं, समाजमा पछाडि परेका वर्गहरुलाई यसरी माथि उठाउँछौं भनेर प्रष्ट चित्र चाहियो । हामी यसमै बहस छलफलमा छौं । यही प्रष्ट चित्र बनाउने अभियान हो राष्ट्रिय सम्मेलन ।
यसलाई के नाम दिने भन्ने हतारो छैन, काम के भन्ने हो । यो बाटोमा हिँड्दा जनता र कार्यकर्ताको सम्बन्ध अझ कसरी सुमधुर गर्छौं ? पारदर्शी ढंगले समग्र पार्टी र आन्दोलन कसरी अगाडि बढाउँछौं ? यसको समग्र चित्र तयार पारेर जनतालाई भन्ने र त्यसलाई कार्यान्वयन गर्ने अर्थमा मैले विचारको कुरा गरेको हुँ ।
भनेको, एकता केन्द्रसँग पार्टी एकता गर्दा प्रचण्डपथ छाड्नुभयो । अब राष्ट्रिय सम्मेलनपछि २१औं शताब्दीको जनवादलाई पनि छाडेर नयाँतिर जाने हो ?
२१औं शताब्दीको जनवाद अर्को महत्वपूर्ण वैचारिक पक्ष थियो, जसका तीन वटा महत्वपूर्ण पक्ष छन् । एउटा, सरकार जनताको मातहत हुनुपर्छ । दोस्रो, प्रतिस्पर्धा । तेस्रो, पार्टी जन नियन्त्रित हुनुपर्छ । हाम्रो पार्टीकै सन्दर्भमा उत्पादन, सरकार र संगठनको काममा आलोपालो गर्नुपर्छ भन्छ ।
पार्टीमा विधिको कुरा गरिएको छ । ह’स्त’क्षे’प गरेर कार्यकर्ताको विचार अभिव्यक्त गर्न नदिने होइन, पूर्ण जनवादलाई मुलभूत रुपमा उठाएको छ । नेताले त्यसो गर्दैन भने कार्यकर्ताले फिर्ता गर्न पाउनुपर्छ भन्छ । यो आजको सन्दर्भमा पनि महत्वपूर्ण छ ।
अहिले हामी २१औं सताब्दीको जनवादलाई २१औं शताब्दीको समाजवादको आधारका रुपमा मान्नुपर्छ, अझ विकसित गर्दै जानुपर्छ भनेर छलफल गर्दैछौं । मुख्य विचार भनेको माक्र्सवाद हो । समाजको अन्तरवि’रोध, त्यतिबेलाको परिस्थिति हेरेर विकसित गरिएको यो विचारमा आधारित भएर विभिन्न देशमा विभिन्न ढंगका क्रान्ति भए र त्यसअनुसार संश्लेषण गरियो ।
नेपालको सन्दर्भमा राजतन्त्रविरुद्ध भएको ज’न’यु’द्ध’मा हामीले प्रचण्डपथका रुपमा संश्लेषण ग¥यौं । अब समाजवादको प्रक्रियामा जाने बेला इतिहासको शिक्षा र आजको आवश्यकतालाई हेरेर नयाँ बाटो बनाएर लागू गरेर जाने हो । अनलाईनखबरबाट























