काठमाडौं –
नेपाली काँग्रेसका एक चर्चित जुझारु युवा नेताले राजनीतिबाटै सन्यास लिने संकेत गरेपछि नेताकार्यकर्ताहरुलाई चि न्ति त बनाएको छ । नेता मिनेन्द्र रिजालले सक्रिय राजनीति बाटै सन्यास लिन सक्ने संकेत गरेका छन् ।
मन्त्री पदबाट राजीनामा दिएपछि सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले राजनीतिबाटै बाहिरिन सक्ने बताएका हुन् । ‘मैले संकेत गरेको होइन, सम्भावना त छँदै छैन पनि भनेको होइन’, उनले भने, ‘म त्यो निर्णयमा पुगेको छैन ।
तर एउटा कुरा त के भने ग म्भी र रुपमा सोच्छु । सोच्दा फेरि कुन निर्णयमा पुग्छु त्यो जानकारी तपाईँहरूलाई दिन्छु ।’ उनले सार्वजानिक पदमा रहने भएपनि राजनीतिभित्र वा बाहिर कहाँ रहने भन्नेबारे निर्णयमा छिट्टै पुग्ने उनको भनाइ छ।
उनले प्रतिनिधिसभाको कार्यकाल रहँदासम्म सरकारलाई प्रतिनिधिसभा सदस्यको हैसियतले सहयोग गरिरहने पनि बताए । रिजालले महाधिवेशनमा पार्टीभित्र आफ्नो समर्थनको आधार अत्यन्त संकुचित भएकाले मन्त्री पदबाट राजीनामा दिएको बताएका छन् ।
महामन्त्रीमा पराजित उनले यही कुरालाई हृदयङ्गम गर्दा मन्त्री पदमा बसिरहनु नैतिक रुपमा उपयुक्त नहुने भएकाले राजीनामा दिएको प्रधानमन्त्रीलाई बुझाएको पत्रमा उल्लेख गरिएको छ ।
यो पनि : भनिन्छ प्रेम र यु ‘द्धमा जे पनि जायज हुन्छ । त्यस्तै भयो नेपाली कांग्रेसमो १४औँ महाधिवेशनमा पनि ।
महाधिवेशन सुरु नहुँदै नेतृत्व परिवर्तनको नारा लगाएका प्रकाशमान सिंह र विमलेन्द्र निधिले निर्वाचनको पहिलो चरण पुरा हुनासाथ आफ्नो नारा विर्सिए । अकस्मात शेरवहादुर देउवालाई समर्थन गर्ने निर्णय गरे ।
नेपाली कांग्रेसको नेतृत्व परिवर्तनको नारा नारामै मात्र सिमित भयो । तर महामन्त्रीमा भने देउवाले मन नपराएका दुई युुवा नेता निर्वाचित भए । अघिल्लो १३ औं महाधिवेशनमा कांग्रेस नेता कृष्ण सिटौलाले जुन तरिका अपनाएका थिए प्रकाशमानले पनि त्यही बाटो पछ्याए ।
अघिल्लो महाधिवेशनमै नेतृत्व परिवर्तनको नारा सिटौलाले लगाएका थिए । तर पहिलो निर्वाचनको परिणाम पछि सिटौलाले पनि अनपेक्षित रुपमा देउवालाई समर्थन गर्ने निर्णय गरे ।
तर १४ औं महाधिवेशन सम्म आइपुग्दा सिटौलाको गुट देउवामा समाहित भएको देखियो । अघिल्लो महाधिवेशन सम्म सिटौला पक्षमा रहेका गगनले पनि गुट परिवर्तन गरे ।
कांग्रेसमा प्रभावशाली मानिएका युवा नेता गगनले गुट परिवर्तन गरेकै कारण आफ्नो गुट कमजोर भएको सिटौलाको आँकलन थियो । त्यसैमा १४ औं महाधिवेशनमा आइपुग्दा सिटौलाको एउटै मिसन थियो महामन्त्रीमा युवानेता प्रदीप पौडेललाई जिताउने ।
जति उनी पौडेलको पक्षमा माहौल बनाउँदै थिए त्यो भन्दा बढी परिश्रम उनको गगनलाई हराउनमा थियो । गगनले गुट परिवर्तन गरेकै कारण आफ्नो समुह नै ति’तरवि’तर भएको आँकलन गरेका उनी गगनसंग ब’द’ला लिन चाहन्थे ।
सिटौलाले गगनलाई तीन महिनाअघि चे’ता’वनी दिएका थिए । १३ भदौमा जमलस्थित एलो प्यागोडा होटलमा सिटौला समूहको बैठक हुँदा गगन पनि उपस्थित थिए । त्यती बेला उनले गगनलाई आफ्नो कित्ता क्लियर गर्न चुनौती मात्र दिएनन् गुट परिवर्तन गरे राजनीति स’क्ने चे’तावनी पनि दिए ।
रामचन्द्र पौडेलको पक्षमा खुल्न लागेका गगनलाई त्यो दिन सिटौलाले चेतावनी दिँदै भने, ‘तिम्रो कारण मलाई निकै गाह्रो भएको छ । तिमीले आफ्नो पोजिसन क्लियर गर । ,
‘म रणनीतिकार पनि हो । एउटा रणनीतिकारले के–के गर्न सक्छ तिमीलाई पनि राम्ररी थाहा छ ।’ यो महाधिवेशनमा गगनविरु’द्ध उनले त्यही राजनीतिक रणकौशल देखाउने पर्यत्न गरेका थिए ।
तर गगनले उनलाई गतिलो जवाफ निर्वाचनको परिणामवाट फर्काए । महामन्त्रीको निर्वाचनमा सबै भन्दा बढी मत गगनले नै ल्याए । कुल ४ हजार ६८२ मत खसेकोमा थापाले ३ हजार २३ मत प्राप्त गरे ।
पौडेललाई महामन्त्री बनाउन सिटौलाले निकै मिहेनत गरे । सभापति शेरबहादुर देउवासँग समिकरण बनाए । यस क्रममा पौडेललाई उम्मेदवार बनाउन देउवाले हस्तीहरुलाई उम्मेदवार बन्नबाट रोके ।
बालकृष्ण खाँड, एनपी साउद, विश्वप्रकाश शर्मा जस्ता हस्तीहरु महामन्त्रीका दाबेदार थिए । सबैलाई पछि हटाए । शर्मा प्यानल परिवर्तन गरी प्रकाशमान सिंहको पक्षमा लागे । उनी विजयी भए ।
विगतमा सिटौलाको समूहमा रहेका गगन थापा शेखर कोइरालाको समूहमा गएर लोकप्रीय मतका साथ महामन्त्री जिते । तर, उनले अगाडि सारेका पौडेल पराजित भए ।
पौडेलको पराजयले सिटौला निकै कमजोर देखिएका छन् । देउवा पक्षभित्र यस विषयले ठूलै तरंग आएको छ । सिटौलालाई देउवा पक्षका कतिपय नेताले स्वीकारेका थिएनन् । असन्तुष्टिको परिणाम पौडेल पराजित भए । उनी मत परिणाममा चौंथो स्थानमा पुगे ।
पार्टीको आन्तरिक चुनावी प्रतिष्पर्धामा भाग नलिएपनि सिटौलाले पदाधिकारी र केन्द्रीय सदस्यमा निकटस्थलाई देउवा प्यानलमा राख्न सकेका थिए । तर, पौडेलको पराजयले उनीहरुको अवस्थाबारे समेत चर्चा हुन थालेको छ ।























