कमल थापाले राजेन्द्र लिङ्देनलाई पठाए यस्तो भावुक पत्र, सबै चकित

काठमाडौं –

राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष कमल थापाले निर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनलाई चार बुँदे पत्र पठाएका छन् । उनले लिङ्देनलाई बधाइ दिँदै पत्र पठाएका हुन् ।

‘राप्रपा महाधिवेशनबाट केन्द्रीय नेतृत्वको निर्वाचनको क्रममा पूर्वराजा ज्ञानेन्द्र र निर्मल निवास सचिवालयले गरेको ह स्त क्षे प (जसको हामीसँग यथेष्ट प्रमाण छ) अब जगजाहेर भइसकेको छ।

स्वयं पूर्व राजाको प्रत्यक्ष निर्देशनमा उहांका सचिवहरू र नातेदारहरूले राजको चाहना भन्दै महाधिवेशन प्रतिनिधिहरुलाई द बा ब दिने तथा प्रभाव र प्रलोभनमा पार्ने काम खुलारूपमा । पार्टीको आन्तरिक मामिलामा पार्टीइतर शक्तिबाट भएको ह स्त क्षे प अ म र्या दि त, अवाञ्छनिय र निन्दनीय छ,’ पत्रमा भनिएको छ।

उनले महाधिवेशनको बन्दसत्रमा ‘राजनीतिभन्दा माथि रहने तीन करोड नेपालीको साझा संस्थाका रूपमा राजसंस्था पुनर्स्थापना गर्ने नीतिबारे छलफल भइरहँदाको समयमा निर्मल निवासबाट भएको ह स्त क्षे पको परिणाम स्वरुप राप्रपाले अवलम्वन गर्दै आएको राजसंस्था सम्बन्धि आधारभूत मान्यतामाथि नै ग म्भी र आ घा त पुगेको बताए।

‘राप्रपाले परिकल्पना गरेको राजसंस्था पार्टीगत राजनीति भन्दा माथि उठेको सबैको विश्वास र आस्था आर्जन गर्नसक्ने तथा अभिभावकीय हैसियतमा रहने एउटा आदर्श संस्था हो।

नेपालको भूराजनीतिक अवस्था र धार्मिक, सामाजिक, सांस्कृतिक परिवेशमा राष्ट्रियता र एकताको प्रतिकको रूपमा राजसंस्था आवश्यक छ भन्ने राप्रपाको सुस्पष्ट र दृढ धारणा हो।

यो मान्यताको उल्लंघन गर्दै निर्मल निवास स्वयंले राप्रपाको आन्तरिक मामिलामा अनावश्यक हस्तक्षेप गरेको छ। यो घटनापछि राजसंस्थाको पक्षमा वकालत गर्ने राप्रपाको नैतिक धरातल समाप्त भएको छ,’ उनले भनेका छन्।

शतप्रतिशत राजावादीहरू भएको दलमा त पूर्व राजाको हस्तक्षेप हुन्छ भने भोलि राप्रपाको परिकल्पना अनुरुप ‘राजसंस्था स्थापित भयो भने राजाबाट अन्य दल र राजनीतिमा हस्तक्षेप हुँदैन तथा विगतमा झैँ प्रजातन्त्र मास्ने काम हुँदैन भन्ने के ग्यारेन्टि छ?’ भन्दै उनले प्रश्न गरेका छन्।

यो पनि : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन बलियो राजनीतिक भूगोल बनाएका नेता हुन् । कम्युनिस्टहरुको गढ मानिएको झापामा उनको बलियो पकड छ ।

जसका कारण लिङ्देनले २०७४ सालको आमनिर्वाचनमा नेपाली काँग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई पराजित गरेका थिए ।

काँग्रेसका प्रभावशाली नेता सिटौला उपप्रधानमन्त्री तथा गृहमन्त्री भइसकेका नेता हुन् । उनले काँग्रेसको सभापतिका लागि भएको १३औं महाधिवेशनमा उम्मेदवारी दिएका थिए । यस्ता हस्ती नेतालाई पराजित गरेर लिङ्देन चर्चामा आए ।

राप्रपा २०७४ सालको चुनावमा झापा क्षेत्र नं ३ बाहेक देशभरबाट पराजित भएको थियो । लिङ्देनका कारण राप्रपाको अस्तित्व अहिलेको प्रतिनिधिसभामा रह्यो । उनले पार्टीको मुद्दालाई संसदमा उठाइरहे ।

लिङ्देनका लागि मन्त्री बन्ने मौका पनि आएको थियो । उनले राप्रपा छाड्ने देखि फुटाउने सम्मको चर्चा पनि नचलेको होइन । तर, लिङ्देन अविचलित रही एजेन्डाको राजनीतिमा चट्टाने अडानका साथ रहे ।

गत वर्ष हिन्दुराष्ट्र र राजसंस्थाको पक्षमा सडकमा जुलुसहरु निस्कदा झापामा सबैभन्दा बढी मानिस उत्रिएका थिए ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकै गृहजिल्लामा राजसंस्थाको पक्षमा हजारौंको जुलुस निस्किएपछि तरंग आएको थियो । यो लिङ्देनको पक्षमा शक्ति प्रदर्शन थियो । जसले उनलाई अझ प्रभावशाली बनायो ।

प्रतिनिधिसभामा कृष्ण सिटौला जस्ता हस्तीलाई हराएका लिङ्देनले राप्रपाको अध्यक्षको चुनावमा आफ्नै दलका हस्ती नेता कमल थापालाई पराजित गरे ।

थापा पञ्चायतकाल देखि राजनीतिमा सक्रिय रही पटक पटक मन्त्री भइसकेका नेता हुन् । उपप्रधानमन्त्री भइसकेका थापाले गृह, परराष्ट्र, सञ्चार, स्थानीय विकास जस्ता महत्वपूर्ण मन्त्रालय चलाइसकेका छन् ।

यस्ता हस्ती नेतालाई पराजित गरेर लिङ्देनले राजनीतिक छलाङ मारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...