काठमाडौं –
नेकपा फुटेपछि पहिलोपटक कांग्रेसको महाधिवशेनको मञ्चमा एकैसाथ देखिएका एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच हार्दिकतापूर्ण मुस्कान साटासाटको रोचक दृश्य देखिएको छ ।
केही ढिलो गरी पुगेका ओलीलाई शेरबहादुर देउवाले मात्रै स्वागत गर्दै नमस्ते गरेका थिए । तर, दाहालले भाषण सकाएर पोडियमबाट फर्किएपछि भने ओलीले मुस्काउँदै केही ‘कमेन्ट’ गरेका थिए । त्यसपछि भने दुई नेताहरुबीच ‘क्रस टक’ भएको थियो ।
संसद वि’घ’ट’न र नेकपा विभाजनपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको सम्बन्ध हार्दिकतापूर्ण छैन ।
उनीहरुले संसद वि’घ’ट’नयता मञ्च सेयर गरेका थिएनन् । तर शुक्रबार नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन कार्यक्रममा भने उनीहरु एउटै मञ्चमा बसे । तर ओली र माधव नेपालबीचको तिक्तता मञ्चमा पनि देखियो भने ओली र प्रचण्डले आपसमा संवाद र हाँसो ठट्टा गरे ।
प्रचण्डले मन्तव्य राखेर फर्किँदै गर्दा ओलीले ताली बजाए, त्यस क्रममा उनीहरुबीच हाँसो ठट्टा भएको थियो । मञ्चमा बसिसकेपछि पनि उनीहरुले संवाद गरेका थिए ।
यो पनि : एमाले अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन सत्रमा सहभागी भएका छन्। उनी भृकुटीमण्डपस्थित मञ्चमा सहभागी भएका हुन् ।
योसँगै एमाले अध्यक्ष ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल एकसाथ देखिएका छन्। सम्भवतः ११ महिनापछि यी ती नेता एउटै मञ्चमा देखिएका हुन्।
गत २०७७ पुस ५ गते पहिलो पटक प्रतिनिधिसभा विघटन गरेसँगै ओली, प्रचण्ड र नेपाल एउटै मञ्चमा देखिएका थिएनन्।
यसअघि चितवनमा भएको नेकपा एमालेको १०औं महाधिवेशनमा नेपाल र प्रचण्ड सहभागी भएनन्। प्रचण्डलाई निम्तो दिए पनि उनी आफू नगएर उपाध्यक्ष लिलामणि पोख्रेललाई पठाएका थिए।
नेपाललाई भने ओलीले निम्तो नै दिएनन्। यसअघि कांग्रेस सभापति देउवा मंसिर दोस्रो साता चितवनमा भएको एमालेको महाधिवेशनमा सहभागी भए।
पार्टी विभाजनपछि एकअर्कालाई आरोप-प्रत्यारोप लगाउँदै आएका यी तीन शीर्ष नेताहरु यसअघि एउटै मञ्चमा देखिएका थिएनन्।
मञ्चमा सहभागी हुँदा उनी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बसेको ठाउँमा बसेनन्।
बरु उनी प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा बाँया साइडमा बसेका छन्। यी नेताहरुबीच संसद विघटन भएसँगै न भेटघाट भएको थियो, न अहिलेसम्म बोलचाल नै भएको छ।
सबैले कांग्रेस महाधिवेशनको मञ्चमा यी तीन नेताहरु एकसाथ आसन ग्रहण गर्ने अपेक्षा गरेका थिए। तर ओली प्रचण्ड र नेपालको ‘अपोजिट डिरेक्सन’मा बसेका छन्।
त्यस ठाउँमा पहिले रामचन्द्रका वरिष्ठ नेता रामचन्द्र पौडेल आसन ग्रहरण गरेका थिए। ओली पुगेपछि पौडेल उक्त कुर्सीबाट उठेका थिए। लगत्तै सोही कुर्सीमा ओलीलाई आसन ग्रहण गरेका थिए।
यो पनि : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई लोकतान्त्रिक मूल्य मान्यता हिँडाउने कोशिश गर्नु आफूहरुको कर्तव्य भएको बताएका छन् ।
दशौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीका सदस्यहरुको स्वागतमा बागमती प्रदेश कमिटीले राखेको स्वागत कार्यक्रममा अध्यक्ष ओलीले भने, ‘नेपाली कांग्रेसको महाधिवेशमा जानुछ, हाम्रो पार्टीको तर्फबाट शुभकामना दिनु छ ।’
‘नेपाली कांग्रेसको पुरानो पार्टी हो, बेसिकल्ली लोकतान्त्रिक भनिने पार्टी हो । त्यो पार्टीलाई पनि लोकतान्त्रिक मूल्य मान्यतामा हिँडाउने कोशिश गर्नु हाम्रो कर्तव्य हो, नत्र हामी एक्लै हुन्छौं ।’
अरु पार्टीहरु पानीको फोका जस्तै भएको उनको टिप्पणी छ । पृथ्वीका वरिपरि थुप्रै तारा जस्तो देखिए पनि त्यो नक्षेत्र नहुने भन्दै ओलीले भने, ‘कतिपय स्याटलाइटहरु छन् । वास्तवमा पार्टी भनेको नेकपा एमाले हो, त्यसपछि कांग्रेस हो ।’
उनले अघि भने, ‘अरु त बन्छन्, बिलाउँछन् । पानीको फोका जस्तो बन्छन्, फुट्छन् ।’























