काठमाडौँ –
एमाले अध्यक्ष केपी शर्मा ओलीले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले नेताहरूप्रति टिप्पणी गर्दै अभिव्यक्ति दिएपछि त्यसप्रति आपत्ति जनाएका छन् ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लिङ्देनले राजतन्त्रको पक्षमा बोलेका थिए । त्यसपछि सम्बोधन गरेका ओलीले नागरिक स्वाभिमान बिर्सिएर जन्मसिद्ध श्रेष्ठताको सिद्धान्त मान्नु आश्चर्य भएको बताए ।
लिङ्देनले नेताहरूलाई गाउँघरमा ‘चोर आयो भन्न थालिसके’ भन्ने अभिव्यक्ति दिएपछि ओलीले भने– भर्खर भर्खर जन्मेको बाछो हिँड्न जान्दैन,बेसी कुद्छ ।’
अध्यक्ष ओलीले अहिले पनि त्यस्ता भ्र’मपूर्ण अभिव्यक्ति र सपना नराख्न आग्रह गरे । ‘ आज पनि नेपालका नागरिकहरूले नागरिक स्वाभिमान बिर्सने, जन्मसिद्ध श्रेष्ठताको सिद्धान्त निराधार सिद्धान्त र नागरिक स्वाभिमानविपरीतका सिद्धान्त हुन्,’ ओलीले भने ।
‘नागरिकबाट कोही नेता उत्पन्न हुन सक्दैन, हरेक नेता चोर हुन्छ । यस्ता कुरा बोकेर हिँड्ने ?’ ओलीले भने, ‘भर्खर भर्खर अध्यक्षमा छानिएको रातताप होला केही साथीहरुलाई । त्यस राततापमा भर्खर भर्खरको बाच्छो हिँड्न जाँदैन, अलिबढी कुद्छ क्या ।’
ओलीले यस्तो रापताप अलि समयपछि सेलाउने पनि टिप्पणी गरे । लिङ्देन मंसिर १९ गते राप्रपाको अध्यक्षमा निर्वाचित भएका थिए ।
यो पनि : नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली दलहरूमा राजनीतिक संस्कार रहेको बताएका छन् ।
शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा कांग्रेसको महाधिवेशनमा सम्बोधन गर्दै दाहालले नेपाली नेताहरूले एक अर्काले हातेमालो गरेर एक अर्कालाई प्रधानमन्त्री बनाउने गरेको बताएका छन् ।
त्यसअघि भारतीय जनता पार्टीका नेता हर्ष वर्द्धनले एउटै मञ्चमा यति धेरै पूर्वप्रधानमन्त्री नदेखेको बताएका थिए । हर्ष वर्द्धनलाई जवाफ दिँदै दाहालले भने, ‘उहाँलाई यो थाहा छैन कि यी पूर्वप्रधानमन्त्रीहरू एकले अर्कालाई बनाएका हुन् ।
यो हाम्रो संस्कृति हो । हामी आपसमा विचारमा राजनीतिमा बेलाबेलामा निकै चर्को प्रतिस्पर्धा पनि गर्ने गरेका छौं र जरुरी पर्दा हामीले एकले अर्कालाई हातेमालो गरेर प्रधानमन्त्री बनाउन पछि परेका छैनौं । यो संस्कृति पनि भारतीय जनता पार्टीका नेतालाई भन्न चाहेको थिए ।’
त्यस्तै दाहालले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले गाउँघरमा जाँदा चोर आएको भन्छन् भनेर दिएको अभिव्यक्तिको पनि जवाफ दिएका छन् । उनले नेताहरू गाउँघर जाँदा चोर भन्छन् भन्ने कुरा झूट भएको बताए ।
उनले भने, ‘यहाँ विचार प्रस्तुत हुने क्रममा एकजना वक्ताले नेताहरू आए भने गाउँघरमा चोर आए भन्छन् भनेको सनुन्नुभयो । होइन गलत हो । यो के को निम्ति भनियो ?
जतिबेला लोकतान्त्रिक राजनीतिक दल र लोकतन्त्रको निम्ती शान्तिको निम्ति संघर्ष गरेका राजनीतिक दल र नेताहरूलाई बद्नाम गर्न खोजिन्छ ।
त्यो निरंकुशता र ता’नाशाही जन्माउने षडय’न्त्र हो भनेर बुझ्न जरुरी हुन्छ । कहीँ न कहीँ ता’नाशा’ही त्यसरी ने आउने गर्छ । त्यसकारण हामी सतर्क हुन जरुरी छ । ‘
यो पनि : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालमा राजतन्त्रको भविष्य नभएको बताएका छन् ।
शुक्रबार नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै अध्यक्ष नेपालले नेपालमा राजतन्त्रको भविष्य नभएको बताएका हुन् ।
उनले नेपालको राजनीतिमा कालो बादल मडारिन खोजिरहेको बताउँदै राजतन्त्रलाई फेरि शीर उठाउने दु’स्साहस नगर्न चे’ताव’नी दिए । अध्यक्ष नेपालले पूर्वराजाले पनि पार्टी खोलेर राजनीतिमा आउन वा व्यापार गरेर बस्न सुझाव दिए।
अध्यक्ष नेपालले भने, ‘म संकेत राम्रो देखिरहेको छैन । नेपालको राजनीतिमा कालो बादल मडारिन खोजिरहेको छ । त्यसो हुनाले म सावधान भन्न चाहन्छु ।
प्रतिगमन तत्वहरुलाई भन्न चाहन्छु । फेरि शीर उठाउले दुस्साहस गर्ने काम नगर्नुस् । अब नदीको प्रवाह अघि बढिसकेको छ । त्यो फेरि पछाडि जान सक्दैन ।
त्यसो हुनाले नेपालमा राजतन्त्रको कुनै भविष्य छैन । कुनै सम्भावना छैन । त्यस्तो दुस्साहस कसैले नगरुन् । नेपाली जनता फेरि ज्वालामुखी झैँ मेचीदेखि महाकालीसम्म विस्फोटको रुपमा अघि बढ्नेछन् ।
राम्रो के हुन्छ भने पूर्वराजाले पनि एउटा पार्टी खोले हुन्छ । होइन भने एउटा व्यापार गरेर बसे हुन्छ । एउटा वंशको शासन हामीलाई स्वीकार्य छैन । नेपालको रक्षा नेपाली जनताले गर्न सक्दछौँ ।’
अध्यक्ष नेपालले नेपाली जनताले नेपालको रक्षा गर्न, राष्ट्रियताको रक्षा गर्न सक्ने भन्दै राजतन्त्र ल्याउने सपना नदेख्न सचेत गराए ।























