पूर्वडिआइजी रमेश खरेलले शुक्रबार यस्तो ठुलो घोषणा गर्दै, अरु राजनितिक दल त ना ब मा

काठमाडौं –

नेपाल सुशासन अभियानका संयोजक तथा पूर्वडिआइजी रमेश खरेलले नयाँ पार्टी गठन गर्ने भएका छन् ।

बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै ‘नेपाल सुशासन पार्टी’ गठन गर्ने घोषणा गरेका हुन् । शुक्रबार दिउँसो ३:३० पत्रकार सम्मेलन गरी उक्त पार्टी गठनको घोषणा गर्ने उनले बताए । 

देशले राजनीतिक अ’स्थि’र’ता, कु’शा’स’न, भ्र’ष्टा’चा’रजस्ता कारणले विकासको गति लिन नसकेको भन्दै आफूले नयाँ पार्टी गठन गर्न लागेको उनले बताएका छन् । 

उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘गौरवमय इतिहास र आफ्नै फरक पहिचान बोकेको हाम्रो देश नेपाल, पृथ्वीकै लागि गर्विलो देश हो ।

देशलाई समृद्ध बनाई देश सफल र शक्तिशाली बनाउन नेपालमा थुप्रै सम्भावनाहरू रहेका छन् । तर दुर्भाग्यबस हरेक सम्भावनाबाट पर्याप्तता रहेको हाम्रो देश राजनीतिक अ’स्थि’र’ता, कु’शा’स’न, भ्र’ष्टा’चा’र जस्ता कारणले गर्दा विकासको गति लिन पाएन ।’

त्यसैले एक नयाँ आयामको रूपमा नेपाललाई सफल र शक्तिशाली देशको रूपमा स्थापित गर्न नयाँ पार्टी गठन गर्न लागिएको उनले बताए ।खरेल २९ वर्ष प्रहरी सेवामा थिए। प्रहरी महानिरीक्षक नियुक्तिमा अ’स’न्तु’ष्टि जनाउँदै उनले डिआइजी पदबाट राजीनामा दिएका थिए। 

प्रहरी संगठनबाट राजीनामा दिएपछि खरेलले भ्रष्टाचार र अनियमितता वि रू द्ध नेपाल सुशासन अभियान सञ्चालन गरेका थिए । 

यो पनि : नेपाली कांग्रेसका नेता गगनकुमार थापाले महाधिवेशनपछि पार्टीको लक्ष्य ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ हुने बताएका छन् ।

शुक्रबारदेखि काठमाडौंमा सुरु हुने १४ औं महाधिवेशनमा महामन्त्री पदमा उम्म्दवारी दिने घोषणा गरेका थापाले बिहीबार १५ बुँदे अवधारणा पत्र सार्वजनिक गर्दै उक्त विषय प्रस्ट्याएका हुन् ।

‘समुन्नत नेपाल, सम्मानित नेपाली’ लक्ष्य ०७८ सालको अधिवेशन पछाडि नेपाली कांग्रेसको लक्ष्य हो,’ थापाले भपे, ‘जसरी २००६ सालमा कांग्रेसको मिसन के थियो ?

बीपीले सानो पर्चामा लेख्नुभयो ‘हाम्रो ध्येय नेपालमा जनताको शासन स्थापित गर्ने, २०४६ सालमा सर्वोच्च नेता गणेशमान सिंहले भन्नभयो, कांग्रेसको मिसन पञ्चायतलाई फ्याँक्ने, जनताको शासन पुनर्स्थापित गर्ने ।

६० सालमा शिखर पुरुष गिरिजाप्रसादले भन्नुभयो ‘हाम्रो ध्येय हिंसाको आहालबाट नेपाललाई बाहिर निकाल्ने । ०७८ सालपछि कांग्रेसले भन्छ नेपाललाई सम्मुनन्त बनाउने, प्रत्येक नेपालीलाई सम्मानित बनाउने छ ।’

आफूले सार्वजनिक गरेको लक्ष्य प्राप्तको बाटोमा अघि बढे कांग्रेस आफै बलियो हुँदै जाने उनले बताए । आगामी निर्वाचनमा कांग्रेसले जित्ने विषयमात्रै नभए समन्नुत नेपालको लक्ष्यलाई पूरा गर्नका लागि जित्नु पर्ने उनको भनाइ थियो ।

आफ्नो अवधारणा अनुसार सामाजिक लोकतन्त्रले समाजभित्र न्यायापूर्ण अवस्था निर्माण गर्ने जसको आधारमा समाजमा दीर्घकालीन शान्ति, स्थायित्वको अवस्था रहने उनले बताए ।

‘सामाजिक लोकतन्त्रिभत्र सबै जातजाति, भाषाभाषीका सबै नेपालीले अभ्यास गर्न पाउँछन् । सनातनदेखि चलिआएको हाम्रो धर्म, परम्परालाई रक्षा गर्दै सँगसँगै व्यक्तिका सबै स्वतन्त्रताको सम्मान गर्दै सबले समान ढंगले गौरवको अनुभूति गर्न पाउने अवस्थाको अब सिर्जना हुन्छ,’ उनले भने ।

नेता थापाले कांग्रेसलाई नयाँ सपना, संकल्प र नयाँ कार्यक्रम चाहिएकोले आफूले ‘समुन्नत नेपाल, सम्मानित नेपाली कार्यक्रम’ प्रस्तुत गरेको बताए ।

कांग्रेस महामन्त्री पद केवल कुर्सीमा मात्रै बस्ने नभई पार्टीको कार्यदिशाको प्रस्तावकसमेत रहेको बताए । ‘यो कार्यक्रम महामन्त्रीको रुपमा म नेपाली कांग्रेसमा प्रस्तावित गर्छु ।

कांग्रेसको महामन्त्री केबल महामन्त्रीको कुर्सीमा बस्नेमात्रै होइन । कांग्रेसको महामन्त्री भनेको कांग्रेसको राजनीतिक लाइन, कांग्रेसको कार्यदिशाको प्रस्तावक हो ।

उनले गनगन गर्ने होइन, यो भएन ऊ भएन भन्ने होइन । यो महामन्त्रीको कुर्सी भनेको कुनै बेला गणेशमान बसेको कुर्सी हो, गिरिजाप्रसाद कोइराला बसेको कुर्सी हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...