काठमाडौं –
नेकपा एमालेको १० औं महाधिवेशनमा अध्यक्षमा उमेदवारी दिएका नेता डा.भीम बहादुर रावल अध्यक्ष पदमा हारेपछि हाल मौन अवस्थामा छन् ।
उनी कुनैपनि राजनैतिक गतिविधिमा देखिएका छैनन्। उनले अध्यक्ष पदमा हारेपनि केन्द्रीय सदस्यमा पनि नरहने उही बेला बताइसकेका छन् ।
हाल रावल पार्टीको कुनै पनि जिम्मेवारी पदमा छैेनन् । एमालेबाट खरो र प्रष्टवक्ताको रुपमा चर्चा कमाएका उनी विधि, पद्धति, पार्टीको अनुशासन र लोकतन्त्र जोगाउन उद्धत थिए ।
पार्टीका अध्यक्ष केपी शर्मा ओलीले एकलौटी रुपमा गर्ने गरेका निर्णयको खुलेरै वि रो ध गर्ने रावल हाल मौन अवस्थामा बस्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
पार्टीको महाधिवेशनमा केपी ओलीले एकलौटी रुपमा आफू अध्यक्ष र आफ्नै गोजीका नेतालाई पदाधिकारी बनाउने खेललाई उनले ध्व’स्त बनाएका थिए।
चितवनमा भएको महाधिवेशनमा चुनावी प्रणालीबाट पदाधिकारी छान्नुपर्ने अडान सहित अध्यक्ष पदमा ओलीलाई काउन्टर गरेका रावलले सम्मानजनक मत पाउदै चुनाव हारे।
अध्यक्षमा उनी हारेपनि लोकतन्त्रलाई जिताएको, केपी ओलीको सनकको राजनीतिलाई लोकतान्त्रिक अभ्यास गराउन मैदानमा पछारेरै छोडेको भन्दै समाजिक संजाल लगायत देश विदेशबाट राम्रै स्यावासी पाए।
ओली प्रधानमन्त्री पदमा हुँदा पटक–पटक संसद वि’घ’ट’न गर्दा रावलले उक्त कार्यको वि’रु’द्धमा अग्रपंक्तिमा डटेर ओलीलाई बालुवाटारबाट लखेट्ने काम गरेका थिए।
सो आन्दोलनमा तत्कालिन एमाले नेता माधव कुमार नेपाल र झलनाथ खनालको फेरो समातेका रावल पूनः ओलीसँगै फर्किएका थिए।
संसद वि’घ’ट’न गरेका ओलीलाई सो बेला खेदो खनेर विरुद्धमा उत्रिएका रावललाई ओलीले अब खेलाइ-खेलाइ उनको राजनीति ध्व’स्त पार्न लागेको हुनसक्ने कतिपयको विश्लेषण छ ।
त्यहि भएर पनि होला ओलीले दिएको केन्द्रीय सदस्य पद रावलले अस्विकार गरेका हुन सक्छन्। अब ओलीसँगको यात्राबाट आफनो राजनीति सप्रिन नसक्ने उनको बुझाई हुन सक्छ।
त्यहि कारण रावल अब माधव कुमार नेपाललको पार्टी एकिकृत समाजवादीमा जान सक्ने संकेत देखिएको छ।
यो पनि पढनुहोस : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिनुभएका राजेन्द्र लिङ्देनले आफ्नो नेतृत्वमा पार्टी देशको पहिलो पार्टी बन्ने बताउनुभएको छ ।
भृकुटीमण्डपमा जारी महाधिवेशनको बन्दसत्रमा उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै लिङ्देनले आफ्नो नेतृत्वमा राप्रपालाई देशकै पहिलो पार्टी बनाउने बताउनुभयो ।
‘राप्रपा राष्ट्रिय पार्टी पनि नरहेको अवस्थाबाट माथि उठाउँदै मैले यसलाई अहिलेकै निर्वाचनमा सम्मानजनक स्थितिमा पुर्याउँछु,’ उहाँले भन्नुभयो, ‘मेरो जीवनकालमा राप्रपालाई नेपालको पहिलो पार्टी बनाएर छाड्छु ।’
लिङ्देनले पार्टीको मुख्य एजेण्डा रहेको हिन्दु राष्ट्र र राजसंस्थालाई पुनःस्थापना गराएरै छाड्ने दाबी गर्नुभयो । सके निर्वाचनबाट र नसके आन्दोलनबाट पार्टीको एजेण्डालाई स्थापित गर्ने आफ्नो धेय रहेको बताउनुभयो ।
महामन्त्रीसमेत रहनुभएका लिङ्देनले राजा र हिन्दुराष्ट्रको पक्षमा रहेका सबैलाई समेटेर राप्रपालाई बलियो बनाउने प्रण गर्नुभयो ।
देशमा व्याप्त भ्रष्टाचार र विकृति हटाउनका लागि पनि राप्रपाका प्रतिनिधिले आफूलाई नेतृत्वमा पुर्याउन आवश्यक रहेको उहाँको दाबी छ ।
झापामा राप्रपा कार्यकर्ता बढाएर निर्वाचन जितेको र जिताएको स्मरण गर्दै लिङ्देनले झापामा बढ्नसक्ने कार्यकर्ता र शुभेच्छुक देशभर किन बढ्न सक्दैन भनेर प्रश्नसमेत गर्नुभयो ।
अहिलेको राप्रपा पहिलेको जस्तो नभएर नवीनतम बनाउनुपर्नेमा जोड दिँदै उहाँले आफूले नवीन राप्रपाको योजना बनाएको बताउनुभयो ।























