काठमाडौं –
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर २८ गते बोलाइएको संसद अधिवेशन पनि चल्न नदिने संकेत गरेका छन् ।
शुक्रबार पार्टी कार्यालयमा पदवहाली गर्दै अध्यक्ष ओलीले आफूहरुले वैधानिक ढंगले निष्कासन गरेका सांसदलाई राखेर सभा चल्न नसक्ने जिकिर गरे ।
‘संसद किन बोलाइएको हो, सरकारी पक्ष कसरी प्रस्तुत हुन्छ त्यसबाट थाहा होला’ उनले भने, ‘हामीले निष्कासन गरेका व्यक्तिहरु संसदमा राखेर संसद कसरी चल्न सक्छ रु नियमले गैर सांसदलाई सभामा बस्न दिँदैन ।
हामीले पार्टीबाट साउन २५ गते नै निष्कासन गरिसकेका व्यक्तिहरु फेरि २८ गते आउँछन् भने त्यो कुरा त फेरि हामीलाई स्वीकार्य हुन सक्दैन ।’
अध्यक्ष ओलीले सभामुख अग्निप्रसाद सापकोटाले एमालेविरुद्ध सत्तारुढ गठबन्धनसँग अनुचित सम्बन्ध राखेको बताए । सभामुखले अवैध ढंगले आफ्नो पार्टी फुटाएको पनि उनले बताए ।
संसदको अघिल्लो अधिवेशन नेकपा एमालेका सांसदले अवरोध गरेको थियो ।
तत्कालिन नेकपा एमालेमा रहेका माधवकुमार नेपालसहितका सांसदहरुलाई पार्टीले कारबाही गरी संसदलाई जानकारी गराए पनि सभामुखले बेलैमा सुनुवाइ नगरी पद कायम गरिदिएको भनी एमाले सभामुखसँग रुष्ट छ ।
अध्यक्ष ओलीले व्यवस्थापिका सबैतिर समस्या देखिएको भन्दै यसको समाधान ताजा जनादेशबाट मात्र हुने बताएका छन् । ‘अन्ततोगत्वा निर्वाचनमै जानुपर्छ, ताजा जनादेशमा जानुपर्छ ।
ताजा जनादेशबाट समस्याको समाधान खोज्नुपर्छ’ उनले भने, ‘हामीलाई विश्वास छ, ताजा जनादेशबाट समस्याको समाधान निस्कन्छ ।’
अध्यक्ष ओलीले अहिलेको सत्तारुढ गठबन्धन ताजा जनादेशमा जानबाट डराएको बताए । ‘जनतामा जानबाट तर्सिने, अन्यत्रबाट कृत्रिम ढंगले सत्ता प्राप्तीलाई लक्ष्य बनाउनु राजनीति होइन कुराजनीति हो’ उनले भने ।
यो पनि : राप्रपा अध्यक्ष कमल थापाले आफू वि रु द्ध टिप्पणी गरेपछि सोही पार्टीकी नेतृ तथा अभिनेत्री रेखा थापाले पनि थापालाई कडा जवाफ फर्काएकी छिन् ।
थापाले रेखाको आलोचना गर्दै एक भिडियो क्लिप सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेपछि रेखाले पनि थापाले एमसीसीको पक्षमा दिएको अ भि व्य क्तिको भिडियो क्लिप सार्वजनिक गरेकी हुन् ।
उनले सो भिडियो क्लिप सार्वजनिक गर्दै भनेकी छिन्, ‘नो कमेन्ट ! राष्ट्रवादी नेता भन्न असजिलो हुन्न उहाँलाई ?’ भिडियो क्लिपमा कमल थापाले एमसीसीबारे राष्ट्रिय सहमति रहेकाले पास गर्नुपर्ने धारणा राखेका छन् ।
यसअघि कमल थापाले रेखा गणतन्त्रवादी भएको भन्दै उनलाई हिन्दुवादी पार्टीमा ठाउँ नरहेको आशय दिने भिडियो क्लिप राखेका थिए ।
रेखा थापाले पार्टीको महाधिवेशनमा राजेन्द्र लिङ्देन समूहबाट महामन्त्रीमा उम्मेदवारी दिएकी छिन् । आफू वि रो धी खेमाबाट रेखाले उम्मेदवारी दिएपछि थापा र रेखा एकअर्का वि रु द्ध उत्रिएका हुन् ।
यो पनि : राप्रपा अध्यक्ष कमल थापाले अभिनेत्री रेखा थापा गणतन्त्रको पक्षधर भएको टिप्पणी गरेका छन् । राप्रपाको निर्वाचनमा थापाले महिला कोटाबाट केन्द्रीय महामन्त्रीमा उम्मेदवारी दिएपछि थापाले रेखा गणतन्त्रवादी भएको टिप्पणी गरेका हुन् ।
रेखा राजेन्द्र लिङ्देन प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेकी हुन् भने आफ्नो विरोधी कित्तामा रहेपछि थापाले पुरानो भिडियो क्लिप सामाजिक सञ्जाल फेसबुकमा राखेर रेखाको खेदो खनेका हुन् ।
रंग पत्रकार प्रकाश सुवेदीसँगको पुरानो अन्तरवार्ताको क्लिप शेयर गर्दै थापाले भनेका छन्, ‘हाहाहा ! नो कमेन्ट ।’ सुवेदीले थापालाई प्रश्न गर्छन्–राजतन्त्र कि गणतन्त्र ? जवाफमा थापाले ‘गणतन्त्र’ भन्छिन् ।
‘तपाईँ अहिले कुन पार्टीसँग आबद्ध हुनुहुन्छ ? राप्रपा ! राप्रपाको उद्देश्य के हो थाहा छ, यहाँलाई ?
थाहा छ ! मैले आम जनताको भाषा बोलिरहेको छु । पार्टीको सिद्धान्त र विचार आफ्नो ठाउँमा छँदैछ । पार्टीकै सिद्धान्तमा कतिपय मानिसहरुमा त्यो चिज चित्त नबुझेको पनि हुनसक्छ । त्यो पछि ब्याख्या गरौँला….’
सुवेदीले फेरि सोध्छन्–यसो बोल्दा तपाईँलाई पार्टीले का’र’बा’ही गर्दैन ?
रेखा भन्छिन्, ‘गर्दैन, यो त म रेखा थापा बोलिरहेको छु । पार्टीको कुनै नेतृको रुपमा बोलाउनु भएको छैन नि तपाईँले । ग्ल्यामर गफमा रेखा थापालाई बोलाउनु भएको छ । अभिनेत्रीलाई बोलाउनु भएको छ ।
म नेपाली जनताको कलाकार भएको हिसावले र सामान्य नागरिक भएको हिसावले गणतन्त्र यसकारणले रोजेँ कि गणतन्त्रमा कुनैपनि बच्चाबच्ची जन्मिँदै गर्दा यो देशको कार्यबाहक हुने अधिकार प्राप्त गरेर जन्मिन्छ ।
राप्रपा हिन्दु राष्ट्र र राजसंस्थाको एजेण्डा बोकेको पार्टी भएपनि रेखाले गणतन्त्रको वकालत गरेको र उनलाई महामन्त्रीमा जिताउन नहुने आशय थापामा देखिन्छ ।
राप्रपाकै कतिपय नेताहरुले भने कुनै एक सन्दर्भको पुरानो भिडियोलाई थापाले चुनावी अस्त्रको रुपमा प्रयोग गरेको भन्दै आलोचना पनि गरेका छन् ।























