ओलिले पुर्वमाओवादी पक्षले मागेकै जति पद दिनुको कारण बाहिरिएपछि प्रचण्डलाई त ना ब

काठमाडौं –

चितवनमा सम्पन्न नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनबाट एमालेका १९ पदाधिकारीमध्ये ३ जना पुर्वमाओवादी पक्षका नेतारु निर्वाचित भएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मागकै जति पद पाएका छन् ।

उपाध्यक्षमा रामबहादुर थापा बादल, सचिवबमा टोपबहादुर रायमाझी र लेखराज भट्ट निर्वाचित भएका हुन् । उनीहरु एमाले नेता भन्दा लोकप्रिय मत सहित विजय भएका छन् ।

एमालेमा लामो समय राजनिति गरेका घनश्याम भुसाल उपाध्यक्षमा पराजित हुँदा पनि पुर्वमाओवादी पक्ष्ँका नेता बादल उपाध्यक्षमा निर्वाचित भएका छन् ।

यस्तै सचिव पदका उम्मेदवार भिम आचार्य र टंक कार्की पराजित भएका छन् । तर ,पुर्व माओवादी पक्ष्ँका रायमाझी र भट्ट निर्वाचित भएका छन् ।

केन्द्रिय कमिटिमा पनि तल जनमत नभएका पुर्वमाओवादी नेताहरु एमालेकै जनमतबाट निर्वाचित भएका छन् । यससँगै एमालेको नयाँ केन्द्रिय कमिटिमा माओवादी पक्षको उतसाहजनक सहभागिता भएको छ ।

जसमा मणि थापा, प्रभु साह, गिरिधारीलाल न्यौपाने,पासाङ शेर्पा, ज्वाला कुमारी साह, टंक बहादुर आङबो, धर्मराज रेग्मती निर्वाचित भएका छन् ।

यस्तै दावा लामा, गौरीशंकर, दधिराम न्यौपाने,झपट बोहरा लगायत नेता निर्वाचित भएका छन् । त्यसमध्ये मणि र प्रभु साह स्थायी कमिटिमा उक्लन सक्ने देखिएको छ । अन्य केन्द्रिय कमिटि र पोलिटब्युरोमा रहने स्थिति देखिएको छ ।

यो पनि : चितवनमा सम्पन्न नेकपा एमालेको दशाँै राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका उमेदवार भिम रावल अर्का उमेदवार केपी शर्मा ओली सँग फराकिलो मतान्तरले पराजित भए ।

यद्यपी उनीप्रति एक खालको सहानुभुती देखिएको छ । केपि ओली सँग हार्छु भन्ने जान्दा जान्दै पनि अन्तिम सम्म आफ्नो अडानमा टिकेर बसेका रावलले ओलीलाई सर्वसम्मत

अध्यक्ष बन्न नदिएको भनेर ओली पक्षले आलोचना गरिरहँदा पनि कतिपयले रावलको कदमले अल्टीमेट्ली ओलीलाइननै फाइदा पुगेको विश्लेषण पनि गरेका छन् ।

रावलले ओलीले अफर गरेको उपाध्यक्ष पद स्विकार गरेको भए सायद एमालेलेको दशाँै राष्ट्रिय महाधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्न सक्थ्यो ।

तर वि’रो’धी र आलोचकहरुले गजबको मसाला पनि पाउँने थिए । मुखले जबज भने पनि प्रतिष्पर्धालाई निषेध गरेको, ओलीको अगाडी सबै दास बनेको लगायतका कुराले समाचार र समाजिक संजालका पाना रंगिन्थ्यो कम्तीमा त्यो हुन पाएन भन्ने कर्नर विश्लेषण पनि भएको छ ।

धेरैले भिम रावलले अध्यक्षको उमेदवारी घोषणा गर्दा उपाध्यक्ष पदको बार्गेनिङ भन्ने अर्थमा बुझेका थिए तर रावल अन्तिम सम्म आफ्नो अडानमा टसमस भएनन् र चुनाव भएरै छोड्यो ।

उनले निकै फराकिलो मतान्तरमा चुनाव हारे तर पनि सन्तोष दिखिएका छन् । चर्चामा बस्न रुचाउँने र फण्डानै गरेर सहि चर्चामा सँधै बसिरहनु पर्ने स्वभावका रावलको निजी जीवनका संघर्ष र सफलता भने हरकोहिका लागी प्रेरणादायी रहेको छ ।

अन्तयन्तै विकट जिल्ला अछाममा जन्मिएर राष्ट्रिय राजनितीमा उनले पाएको यो उचाइ भने लोभलाग्दो छ । रावल जन्मिएको ७ दिनमै उनको बुवाको नि’ध’न भएको थियो ।

आफ्नो न्वारन समेत नभइ बुवा गुमाएका टु’हु’रा सन्तान उनले निकै दु’ख र कष्ट गरेर यो उचाइ हासिल गरेका हुन् । आमाको माया र हौसलाको पृष्ठभूमिमा उनले ठूलो सफलता पाएका छन् ।

अछाम बाट हिँडेका सात दिनमा इण्डीयाको बाटो हुँदै काठमाडौँ आइपुगेका रावलले निकै सं’घ’र्ष गरेर आफ्नो पढाइ पुरा गरेका थिए ।

पिएचडी सम्मको अध्ययन गरेका उनले आर्थिक अभावकै कारण विचमा झण्डै पढाइ छोडेका थिए त्यसमा पनि आमाले सम्झाएर साथ दिएको बताइन्छ ।

घर बाट हिँडको सात दिनमा इण्डीयाको बाटो हुँदै काठमाडौँ आएर कोही चिनेजानेको मान्छे समेत नभएको शहरमा अन्यन्तै सं’घ’र्ष र दुख गरेर विद्यार्थी राजनति गर्दै राष्ट्रिय राजनितीमा जम्प हानेका रावल गृहमन्त्री , रक्षामन्त्री जस्तो महत्वपुर्ण जिम्मेवारी सम्हालिसकेका छन् ओटीभी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...