काठमाडौ –
नेकपा एमालेका अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । उनले प्रतिष्पर्धी भीम रावललाई ठूलो मतान्तरले पराजित गर्दै जित हासिल गरेका छन् ।
चितवनको सौराहास्थित होटल सेभेन स्टारमा भएको मतदानमा २ हजार १ सय ५३ जना महाधिवेशन प्रतिनिधिमध्ये २ हजार ७९ जनाले मत हालेका छन् ।
चितवनमा आयोजित १० औं राष्ट्रिय महाधिवेशनबाट ओली पुनः चार वर्षे कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।
ओलीले १८०८ मत पाएर अध्यक्ष चुनिंदा अर्का प्रत्यासी भीम रावलले २२३ मत पाएका निर्वाचन समितिका सदस्य बाबुराम दाहालले जानकारी दिए । यद्यपि निर्वाचन समितिले मत परिणामको औपचारिक घोषणा भने गरेको छैन ।
मतदानबाट अध्यक्ष, उपाध्यक्ष, सचिवलगायत पदाधिकारी चुनिने छन् भने सर्वसम्मत हुन नसकेका खुलासहित विभिन्न क्लस्टरका केन्द्रीय सदस्य पनि चुनावबाट टुंगिनेछन् ।
एमाले महाधिवेशनमा ७२ वटा विद्युतीय भोटिङ मेसिनबाट मतदान गरिएको थियो। एमालेका दुई हजार १५३ प्रतिनिधिमध्ये २ हजार ९६ मत खसेको बताइएको छ। मतदान गर्ने अन्तिम समय ११ः१५ बजे सम्म ५७ जना मतदाता अनुपस्थित भएका छन्।
ओलीले दोस्रोपटक अध्यक्ष निर्वाचित हुँदा एमाले फुटिसकेको छ । उनका पुराना सहकर्मीहरु पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनाल छैनन् । उनीहरुले नेकपा एकीकृत समाजवादी पार्टी खोलिसकेका छन् ।
पूर्व उपप्रधनमन्त्री बामदेव गौतम पनि एमालेमा छैनन् । उनी कुनैपनि दलमा आवद्ध नभई पर्ख र हेरको रणनीति बनाइरहेका छन् ।
ओली यसअघिको महाधिवेशनबाट पनि अध्यक्षमा निर्वाचित भएका थिए । उनले त्यतिबेला माधवकुमार नेपाललाई कडा प्रतिपर्धामा झीनो मतान्तरले हराएका थिए ।
यसपटकको महाधिवेशनमा माधव नेपाल एमाले फुटाएर नेकपा एकीकृत समाजवादी दल दर्ता गरेर अध्यक्ष बनेका छन् । उक्त दलमा नेपालका अलावा एमालेका पूर्व अध्यक्ष झलनाथ खनाल पनि छन् ।
। ओलीले आफ्ना पुराना सहकर्मी तथा प्रतिष्पर्धीहरु माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतमविना नै एमालेमा पकड बढाएका छन् । तर, उनको सर्वसम्मत अध्यक्ष बन्ने चाहनामा भीम रावल बाधक बने ।
रावलले अध्यक्षमा उम्मेदवारी दिएर ओलीलाई चुनौती दिए । हार्ने जान्दा जान्दै उम्मेदवारी दिएका रावलले सम्मानित मत ल्याएका छन् ।
यस्तै नेकपा एमालेका निवर्तमान उपाध्यक्ष भीम रावलले आफू अध्यक्षमा निर्वाचित नभए पार्टीको कुनै पनि कमिटीमा बस्ने घोषणा गरेका थिए ।
अध्यक्ष पदमा उम्मेदवारी दिएका रावलले आफू त्यो पदमा विजयी नभए स्वतः पार्टी कमिटी बाहिर हुने प्रतिक्रिया दिएका थिए ।
मंगलबार चितवनको सौराहामा नेतृत्व चयनका लागि भएको निर्वाचन सकिए लगत्तै उनले सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा आफूले केन्द्रीय कमिटीको सदस्यको लागि उम्मेदवारी नदिएको दोहोर्याउँदै त्यसमा शपथ लिन नसक्ने पनि स्पष्ट पारे ।
अध्यक्षका उम्मेदवार रावलले भने, ‘मैले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको छैन । र अध्यक्ष पदमा विजय भए शपथ लिन्छु । अरुमा त मैले भरेकै छैन भन्ने कुरा मेरो यथावत छ । अब प्रतिनिधिहरुले मत दिएनन् भने त कमिटीबाहिर बस्ने कुरा त सामान्य नै हो नि, मेरा लागि । त्यो त केही छैन ।’
रावलले पार्टीको आठौं महाधिवेशनमा पनि आफूले केन्द्रीय सदस्यमा उम्मेदवार नदिएकाले शपथ नलिएको पनि स्मरण गराए ।
उनले महाधिवेशनको मतपरिणाम २ घण्टाभित्रै आउने आफूले अपेक्षा गरेको पनि बताए । रावलले निवर्तमान अध्यक्ष ओलीसँग अध्यक्ष पदमा उम्मेदवारी दिएका थिए ।
यो पनि : एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा अध्यक्षका उम्मेदवार भीम रावलमाथि ग म्भी र ष ड य न्त्र भएको खबर छ ।
ओलीलाई टक्कर दिइरहेका रावल प्यानल सूची वितरण भएकोमा आ प त्ति जनाएका छन् ।
उनले प्यानल सूची वितरणको विरोध गर्दा केपी ओली पक्षबाट आफू पक्षीय कार्यकर्तामाथि जाइलाग्ने कार्य भएको समेत बताएका छन् ।
‘चितवनमा एमालेको मतदान शुरू भएपछि मतदान इलाकामा पार्टी निर्वाचन आयोगको आचार संहिता विपरीत समूह सूची बाँड्ने र त्यसको वि रो ध गर्नेमाथि जाइलाग्ने कार्यको निन्दा गर्दछ’,
उनले ट्वीटरमा भनेका छन्,ु उक्त कामले पार्टीमा ध ब्बा लाग्छ र लोकतन्त्रलाई कमजोर बनाउँछ। यो रोक्न निर्वाचन आयोग र सुरक्षाकर्मीलाई आग्रह गरेको छु।’ केपी ओली निकटले कसलाई भोट हाल्ने कसलाई नहाल्ने भनेर सूची वितरण गरेपछि वि वा द भएको हो ।
यस्तै नेकपा एमालेको जारी महाधिवेशनमा सचिवका उम्मेदवार योगेश भट्टराईले ‘भोट नहाल्नू’ भनेर वितरण गरिएको पर्चा आफूहरुले नदेखेको बताएका छन्।
मंगलबार सौराहामा पत्रकारहरुसँग कुरा गर्दै उनले पर्चाबारे अनभिज्ञता व्यक्त गरेका हुन् । ‘त्यस्तो त हामीले केही देखेका छैनौं,’ उनको भनाइ थियो, ‘त्यस्तो आएछ भने हेरौंला । हामीले नदेखेको कुरामा के गर्नु ?’
मंगलबार बिहान सुरु भएको मतदानमा अध्यक्षका उम्मेदवार केपी ओली पक्षधर नेता तथा कार्यकर्ताले अध्यक्षदेखि सदस्यसम्मको सूचीमा विभिन्न नामहरुमा मत नहाल्नू भन्दै नामावली सहितको पर्चा वितरण गरेका थिए।
अध्यक्षका उम्मेदवार भीम रावल, उपाध्यक्षका उम्मेदवार घनश्याम भुसाल, सचिवका उम्मेदवारद्वय टंक कार्की र भीम आचार्य लगायतका विभिन्न समूहबाट सदस्यका उम्मेदवार भएकाहरुको सूची वितरण गरिएको थियो।
ओलीले वाचन गरेको पदाधिकारी-सदस्य सूचीमा सन्तुष्ट नभई निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका नामहरुलाई पराजित गर्न अभियान चलाइएको आकलन गरिएको छ।























