अध्यक्षमा उम्मेदवारी दिएका भीम रावलले मा रे बाजी, देशैभरिबाट बधाईको ओइरो !

चितवन –

केन्द्रीय अध्यक्षमा उम्मेदवारी दिएका भीम रावलले केन्द्रीय सदस्यमा बाजी मा रेका छन् । उनलाई केन्द्रीय सदस्य बनाइएपनि रावल मैदानमा उत्रिएका छन् ।

नेकपा एमालेको दसौं महाधिवेशनमा पदाधिकारीतर्फ अध्यक्षका उम्मेद्वार भीम रावलले निर्वाचन आयोगले आफ्नो नाम केन्द्रीय सदस्यको उम्मेद्वारमा पनि राखिदिएकोमा आपत्ति जनाएका छन्।

आफ्नो उम्मेद्वारी सदस्यमा नभई अध्यक्षमा मात्रै भएको स्पष्ट पार्दै उनले उनले आफू केन्द्रीय सदस्यको उम्मेद्वार नभएको बताए ।

‘सदस्यमा मेरो उम्मेद्वारी नै होइन, उहाँहरुले मेरो नाम सदस्यमा पनि राखिदिनुभएको रहेछ,’ मतदान गरेपछि बाहिर निस्किएका नेता रावलले भने, ‘मैले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकै छैन, स्वीकार गर्दिनँ ।’

उनले यदि आफूले अध्यक्षमा चुनाव हारेको खण्डमा केन्द्रीय सदस्य पनि नरहने बताए। उनले मध्यरातमा निर्वाचन गर्नु ग ल त भएको समेत प्रतिक्रिया दिए ।

आफूले कुरेर बरू बिहानैं चुनाव गरौं भनेर सुझाव दिए पनि रातारात निर्वाचन गर्नु व्यवस्थापनको कमजोरी भएको उनले बताए । सदस्यता नवीकरण, वितरण र पदाधिकारी चयनमा व्यापक रुपमा ग ल त काम भएको उनले आ रो प लगाए ।

सर्वसम्मत भन्दा निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष भएको बताउँदै उनले नतिजा आफूले सहज रुपमा लिने बताए । नेकपा एमालेको दसौं महाधिवेशनमा पदाधिकारीतर्फ अध्यक्ष, उपाध्यक्ष र सचिवमा र बाँकी केही केन्द्रीय सदस्यका लागि मतदान शुरु भएको छ ।

पटक पटक संशोधन हुँदै सोमबार राति २ बजे तय भए पनि निर्वाचन बिहान ४ बजेपछि मात्रै शुरु भएको हो ।

यो पनि : एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा अध्यक्षका उम्मेदवार भीम रावलमाथि ग म्भी र ष ड य न्त्र भएको खबर छ ।

ओलीलाई टक्कर दिइरहेका रावल प्यानल सूची वितरण भएकोमा आ प त्ति जनाएका छन् ।

उनले प्यानल सूची वितरणको विरोध गर्दा केपी ओली पक्षबाट आफू पक्षीय कार्यकर्तामाथि जाइलाग्ने कार्य भएको समेत बताएका छन् ।

‘चितवनमा एमालेको मतदान शुरू भएपछि मतदान इलाकामा पार्टी निर्वाचन आयोगको आचार संहिता विपरीत समूह सूची बाँड्ने र त्यसको वि रो ध गर्नेमाथि जाइलाग्ने कार्यको निन्दा गर्दछ’,

उनले ट्वीटरमा भनेका छन्,ु उक्त कामले पार्टीमा ध ब्बा लाग्छ र लोकतन्त्रलाई कमजोर बनाउँछ। यो रोक्न निर्वाचन आयोग र सुरक्षाकर्मीलाई आग्रह गरेको छु।’ केपी ओली निकटले कसलाई भोट हाल्ने कसलाई नहाल्ने भनेर सूची वितरण गरेपछि वि वा द भएको हो ।

यस्तै नेकपा एमालेको जारी महाधिवेशनमा सचिवका उम्मेदवार योगेश भट्टराईले ‘भोट नहाल्नू’ भनेर वितरण गरिएको पर्चा आफूहरुले नदेखेको बताएका छन्।

मंगलबार सौराहामा पत्रकारहरुसँग कुरा गर्दै उनले पर्चाबारे अनभिज्ञता व्यक्त गरेका हुन् । ‘त्यस्तो त हामीले केही देखेका छैनौं,’ उनको भनाइ थियो, ‘त्यस्तो आएछ भने हेरौंला । हामीले नदेखेको कुरामा के गर्नु ?’

मंगलबार बिहान सुरु भएको मतदानमा अध्यक्षका उम्मेदवार केपी ओली पक्षधर नेता तथा कार्यकर्ताले अध्यक्षदेखि सदस्यसम्मको सूचीमा विभिन्न नामहरुमा मत नहाल्नू भन्दै नामावली सहितको पर्चा वितरण गरेका थिए।

अध्यक्षका उम्मेदवार भीम रावल, उपाध्यक्षका उम्मेदवार घनश्याम भुसाल, सचिवका उम्मेदवारद्वय टंक कार्की र भीम आचार्य लगायतका विभिन्न समूहबाट सदस्यका उम्मेदवार भएकाहरुको सूची वितरण गरिएको थियो।

ओलीले वाचन गरेको पदाधिकारी-सदस्य सूचीमा सन्तुष्ट नभई निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका नामहरुलाई पराजित गर्न अभियान चलाइएको आकलन गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...