एमाले पार्टी अध्यक्षमा उठेका रावलले कति मत ल्याउलान् ? बाहिरियो यस्तो तथ्याङ्क

चितवन –

नेकपा एमालेको अध्यक्षमा कस्ले जित्ला बाजी मार्ला सबैको सर्वत्र चासो बढेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली फेरि दोहोरिने निश्चित जस्तै छ । तर, ओलीलाई अध्यक्षमा चुनौती दिएका उपाध्यक्ष भीम रावलले कति मत ल्याउलान् ?

रावलले हिजै १ मतै भएपनि निर्वाचन उठेर छोडने बताइसकेको छ । नेकपा एमालेका २२ सय प्रतिनिधि मध्ये रावलले झण्डै एक हजार मत ल्याउने उनी पक्षधरको दाबी छ । एमाले फुटेर ओलीइतर समूह बाहिरिइ सकेकाले उनकै वर्चश्व छ ।

तैपनि, ओलीप्रति अस’न्तुष्टहरुको उल्लेख्य संख्या एमालेभित्र छ । उनीहरुको मत रावललाई नै जान सक्छ । रावलले ५ सय मत कटाउने आँकलन गरिएको छ । तर निर्वाचनमा मत खसिसकेपछि कस्को जित या हार हुन्छ त्यो भने हेर्न नै बाँकी छ ।

पदाधिकारी बन्न नपाएका र केन्द्रीय सदस्य बन्न नपाएकाहरु असन्तुष्ट भएका छन् । उनीहरुले पनि ओलीलाई मत नदिने अवस्था विकास हुनसक्छ ।

भविष्यमा ओलीविरोधी समूहको नेतृत्व गर्ने रणनीतिका साथ रावलले उम्मेदवारी दिएका छन् । उनले आजको चुनावबाट प्राप्त मतलाई हेरेर भावी कदम चाल्ने बुझिएको छ । ओलीको उत्तराधिकारी नभई चुनौती दिदै एमालेको नेतृत्वमा पुग्ने महत्वाकांक्षा रावलले लिएको देखिन्छ ।

यो पनि : केपी शर्मा ओलीलाई निर्विकल्प अध्यक्ष बनाउन खोजिए पनि भीम रावलले त्यसमा असहमति राख्दै अध्यक्षमा उम्मेदवारी दिएका छन् । रावलले सोमबार बिहान अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।

रावलको प्रस्तावकमा महादेव बजगाईं र समर्थकमा दूधकला विष्ट रहेका छन् । बजगाईं कैलालीको लम्कीचुहा नगरपालिकाका मेयर हुन् भने विष्ट एमाले अछामकी नेता हुन् ।

यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् । चितवनमा जारी पार्टीको १० औं महाधिवेशनमा अध्यक्ष ओलीले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् ।

अध्यक्ष मण्डलका तर्फबाट अध्यक्ष ओलीले आफूसहित १९ जना पदाधिकारीको सूची घोषणा गरेका थिए । सोही घोषणा अनुसार उनले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् ।

ओलीले नेतृत्व चयनमा सर्वसम्मतिको प्रयास भन्दै सूची पेस गरे पनि रावल र घनश्याम भूसालले भने आ’पत्ति जनाएका थिए ।

अध्यक्ष ओलीले आइतबार मध्यरातसम्म सहमतिको कोसिस गरे पनि लोकतान्त्रिक प्रक्रिया भन्दा बाहिर गएर भएको निर्णयमा आफ्नो असहमति रहने भन्दै रावलले विधि र प्रक्रियाको कुरा उठाएपछि ओलीको सर्वसम्मत बन्ने प्रयासमा ध’क्का लागेको हो ।

सोमबार बिहान मनोनयन दर्ताको कार्यक्रम चलिरहेको छ । अब अध्यक्ष ओलीले प्रस्ताव गरेको पदमा संख्या भन्दा बढी उम्मेदवार परे ती पदहरूमा चुनाव हुन्छ । नेता घनश्याम भूसाल पनि सहमतिको प्रस्तावमा समेटिएका छैनन् ।

त्यसैले उनले पनि उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । त्यसैले उपाध्यक्ष पदमा पनि निर्वाचन हुन्छ । केन्द्रीय सदस्यहरूमा पनि धेरै आकांक्षीको नाम छुटेको छ । त्यसैले ती पदमा पनि निर्वाचन हुने सम्भावना छ ।

एमालेको १० औं महाधिवेशनको बन्दसत्रमा सर्वसम्मतिका लागि भन्दै वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शंकर पोखरेललाई प्रस्ताव गरिएको छ ।

पार्टीभित्र भीम रावल, घनश्याम भुसाल लगायतका नेताहरूको वि’रोधकाबीच अध्यक्ष ओलीले दिनभरको होमवर्कपछि प्रस्ताव ल्याएका हुन् । इश्वर पोखरेल एमालेको दुई कार्यकाल महासचिव भएका थिए । शंकर पोखरेल यसअघिको महाधिवेशनमा उपमहासचिवमा हारेका थिए ।

एमाले सचिव भइसकेका छन् । उनी लुम्बनी प्रदेशका पूर्व मुख्यमन्त्री पनि हुन् प्रस्ताव अनुसार ६ जना उपाध्यक्षमा युवराज ज्ञवाली अष्टलक्ष्मी शाक्य सुरेन्द्र पाण्डे रामबहादुर थापा विष्णु पौडेल र सुवास नेम्वाङ छन् ।

त्यस्तै ३ जना उपमहासचिवमा प्रदीप ज्ञवाली,पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल लाई प्रस्ताव गरिएको छ । सात जना सचिवमा टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा,लेखराज भट्ट, रघुवीर महासेठ, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्याल छन् ।

सहमतिका लागि ल्याएको प्रस्तावमा पूर्व माओवादी पक्षका रामबाहादुर थापा उपाध्यक्ष सहित टोपबहादुर र लेखराज गरी ३ जना परेका छन् ।

वरिष्ठ उपाध्यक्षमा सुवासचन्द्र नेम्बाङ र ईश्वर पोखरेल र महासचिवमा विष्णु पौडेल र शंकर पोखरेलमध्ये कसलाई बनाउने भन्नेबारे गलफत्ती परेको थियो । दुवैजना ओलीका विश्वासपात्र भएकाले उनीहरूमध्ये पौडेल उपाध्यक्षमा र पोखरेल महासचिवमा बस्न तयार भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...