१९ वर्षीया करिना पुरीले राखिन् नेपाली कांग्रेसमा यस्तो नयाँ रेकर्ड, देशैभरिबाट बधाईको ओइरो

काठमाडौं –

सिन्धुपाल्चोककी १९ वर्षीया करिना पुरीले नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि जित्नु भएको छ । पुरी सिन्धुपाल्धोक प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनु भएको हो ।

पुरी खुला महिलातर्फ महाधिवेशन प्रतिनिधिको उम्मेदवार हुनुहुन्थ्यो । उहाँले ४०९ मत ल्याएर महाधिवेशन प्रतिनिधि जित्नु भएको हो, जुन त्यहाँ खसेकोमध्ये सबैभन्दा धेरै मत हो ।

यो पनि पढनुहोस : नेपाली कांग्रेसकी नेतृ एवं संविधानसभा सदस्य डा.आरजु राणा देउवाका समर्थकहरुलाई खुसीको खबर छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशनमा आरजुको ‘सेटलमेण्ट’ का लागि पहल थालेका छन् ।

अहिले कांग्रेसको देशभर चुनाव भइरहेको छ । देशभरको परिणामा सभापति देउवाको समूहले कमजोर प्रदर्शन गरेको छ । पार्टीभित्र आफ्नो साख गिर्दै गएको र महाधिवेशन हार्ने सम्भावना बढेकोले पत्नीको राजनीतिक व्यवस्थापन खोजेर नयाँ कोर्स सुरु गर्न देउवाले चाहेका छन् ।

देउवानिकट नेताहरुका अनुसार पछिल्लो समय आरजुलाई उपसभापति लडाउने प्यानलको खोजीमा जुटेका छन् ।

आरजुलाई आफ्नो राजनीतिक उत्तराधिकारीका रुपमा उपसभापति बनाउने र कांग्रेसको सर्वोच्च नेता बन्ने देउवाका तयारी छ । यसका लागि उनले सभापतिमा उम्मेदवारी घोषणा गरेका नेताहरुसँग गोप्य छलफल नै चलाएका छन् ।

बालुवाटार स्रोतका अनुसार आफूविरुद्ध साझा उम्मेदवार बन्ने अवस्था आएमा आरजुलाई सेटल गरेर जाने राणीति देउवाले लिइसकेका छन् । राजनीतिमा आरजुलाई अगाडि बढाउने उद्देश्यकै साथ देउवाले आफ्नै जिल्लाबाट आरजुलाई महाधिवेशन प्रतिनिधि बनाइसकेका छन् ।

आरजु निकट कांग्रेस नेताहरुले भने देउवा छँदै राजनीतिक भर्याङ चढ्न सुझाव दिएका छन् । आरजुलाई उपसभापति दिन तयार हुने सभापतिको उम्मेदवारलाई देउवाले साथ दिने सम्भावना बढेको बताइन्छ ।

देशभरको परिणाममा संस्थापन इतर पक्ष बलियो देखिएको छ । सुदुरपश्चिममै देउवा पक्ष आन्तरिक लडाईका कारण दोस्रो हुने अवस्थामा देखेपछि देउवाले नयाँ चाल चलेका हुन् ।

देउवाका लागि अबको महाधिवेशनमा आफू सभापति बन्ने भन्दा आफू निकटका व्यक्तिलाई सेट गर्ने कुरा नै महत्वपूर्ण रहेको बताइन्छ ।

छोरा जयवीरसिंह देउवालाई तत्काल कांग्रेसमा भूमिका दिन सम्भव नभएकोले आरजुलाई नै अवसर दिएर अगाडि बढ्ने देउवाको सोच हो । देउवाले लिने हरेक निर्णयमा आरजुकै प्रभाव रहदै आएको छ ।

देउवा टिमका अधिकांश नेताहरु सो गुटमा दाई र भाउजुका अलग–अलग मान्छेहरु रहेको बताउँछन् । आरजुलाई देउवाले उपसभापतिमा अगाडि सार्ने भएपछि आरजुका समर्थकहरु खुसी देखिएका छन् । आरजुले पनि राजनीतिक सक्रियता बढाएको बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...