ओलीको ओठतालु सुक्नेगरी नेम्वाङले सोधे एउटा यस्तो प्रश्न, ओलि त ना वमा !

काठमाडौँ –

एमाले अध्यक्ष केपी शर्मा ओलीले आउँदो चुनावपछि राष्ट्रपति बनाउने आश्वासन दिँदै वरिष्ठ उपाध्यक्षमा दाबी छाड्न आग्रह सुवास नेम्वाङसँग गरेका छन् ।

शनिबार बिहान सौराहा स्थित ओली बसेको होटल पार्क सफारीमा भएको छलफलका क्रममा ओलीले नेम्वाङलाई राष्ट्रपति बनाउने प्रस्ताव गरे पनि उनले अस्वीकार गरेका हुन् ।

नेम्वाङ निकट स्रोतका अनुसार ईश्वर पोखरेललाई सर्वसम्मत रुपमा वरिष्ठ उपाध्यक्ष बनाउन आग्रह गर्दै नेम्वाङलाई उपाध्यक्षमा मात्रै बसिदिन ओलीले आग्रह गरेका थिए । तर जवाफमा नेम्वाङले आउँदो चुनावमा एमालेले राष्ट्रपति पद पाउने गरी चुनाव जित्ने सुनिश्चितता खोजेका छन्।

ओलीको प्रस्तावपछि नेम्वाङको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘तपाईंको प्रस्ताव राम्रै हो । तर जनमतको जिम्मा कसले लिन्छ ?’ नेम्वाङले यसअघि नै चुनाव हुने अवस्थामा आफू वरिष्ठ उपाध्यक्षको उम्मेद्वार हुने घोषणा गरेका छन् ।

शुक्रबारको केन्द्रीय कमिटीले उपाध्यक्ष एक वरिष्ठसहित सात र उपमहासचिव तीन जना पुर्‍याउँदा पनि सर्वसम्मत नेतृत्व चयनको प्रयास सफल हुने देखिएको छैन ।

त्यस्तै ओलीले घुमाउरो रुपमा अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपति बनाउने प्रस्ताव गरेका छन् । शाक्यलाई ओलीले आफूलाई सहयोग गरिदिन आग्रह गर्दै पार्टीले अवसर पाउँदा उपराष्ट्रपतिमा पठाउने प्रस्ताव गरेका हुन् ।

नेता अमृत बोहोरासँगै ओलीलाई भेट्न गएकी शाक्यले ओलीलाई ठोस जवाफ नदिई फर्केको एक नेताले जानकारी दिए । शाक्य उपाध्यक्ष बन्ने तयारीमा छिन् ।

शुक्रबार सुरु भएको एमालेको दशौँ महाधिवेशनमा नेतृत्व चयनको रस्साकस्सी सुरु भएको छ । वरिष्ठ उपाध्यक्षसँगै अध्यक्षमा पनि प्रतिस्पर्धा हुने सम्भावना बढेको छ ।

ओलीलाई सर्वसम्मत अध्यक्ष बनाउने कोसिस भए पनि भीम रावलले उम्मेद्वारी घोषणा गर्दै पछि नहट्ने बताइरहेका छन् । शनिबार बिहान १० बजे नै बन्दसत्र सुरु गर्ने भनिए पनि नेतृत्व चयनका विषयमा लाग्दा ढिलो भएको छ ।

बन्दसत्र ढिलो हुँदा रावलले प्रतिनिधिसँग अध्यक्षका लागि भेटेर मत माग्न थालेका छन् । उनले एसएमएसमार्फत शुक्रबार नै भोट माग्न थालिसकेका छन् । त्यस्तै महासचिवमा शंखर पोखरेल र विष्णु पौडलले पनि दाबी जारी राखेका छन् । दिउँसो ३ बजेसम्म सहमति हुन सकेको छैन ।

यस्तै नेकपा (एमाले)का नेता घनश्याम भुसालले लडाइँका लागि तयार रहन आह्वान गरेका छन् । पार्टीको १०औं महाधिवेशनको बन्दसत्र चलिरहँदा उनले ट्विट गर्दै उक्त आह्वान गरेका हुन्।

बन्दसत्रमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्न सुरु गरेपछि नेता भुसाल हलबाट बाहिरिएका थिए।

‘सुखदु:खे समे कृत्वा लाभालाभौ जयाजयौ। ततो यु’द्धाय युज्यस्व नैवं पापमवाप्स्यसि,’ उनले संस्कृत भाषामा ट्विट लेखेका छन्। नेपालीमा यसको अर्थ हुन्छ- ‘जय-पराजय, लाभ-हानि र सुख-दु:’ख समान सम्झँदै, ल’डा’इँको लागि तयार बन। यसरी ल’ड्दा पा’प लाग्दैन।’

भुसालले महाधिवेशनमा उम्मेदवारीलाई ल’डा’ईं जस्तै ठानेका छन् । उनी अध्यक्ष केपी शर्मा ओलीका कटु आलोचक भएकाले जित्ने सम्भावना कमजोर छ । तैपनि, उनले ल’डा’ईंका लागि तयार बनेको र जय पराजय समान सम्झँदै ल’ड्न लागेको सन्देश दिएका छन् ।

जारी महाधिवेशनमा नेता भुसालले उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

यस्तै भुसालले उपाध्यक्ष पदका लागि प्रचार थालेका छन्। यसअघि अध्यक्षमा उठ्ने घोषणा गरेका भीम रावलसँगै उनले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका थिए। तर उनले बन्द सत्र सुरु हुनअघि आफूलाई उपाध्यक्षमा रुपमा प्रस्तुत गर्दै प्रचार थालेका हुन्।

एमालेको शुक्रबार सौराहामा बसेको केन्द्रीय कमिटी बैठकले दुई उपाध्यक्ष र दुई उपमहा सचिव पद थपेको थियो। यस्तोमा नवौँ महाधिवेशनबाट उपमहासचिवमा विजयी भुसालले उपाध्यक्षमा सजिलै सेट हुने रणनीतिसहित प्रचार थालेका हुन्।

भुसालले अध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका थिए। तर, आफू निकटका नेताहरुबाट ‘सुरक्षित पद’का लागि तयारी गर्न द’बा’ब बढेपछि उनी पछि हटेका थिए।

एमालेमा ६ जना उपाध्यक्ष हुने निर्णय भएको छ। असोजमा सम्पन्न विधान महाधिवेशनबाट ४ जना मात्रै उपाध्यक्ष हुने पारित भएको भए पनि शुक्रबार मध्यरातमा बसेको एमाले केन्द्रीय कमिटीको बैठकले ६ जना उपाध्यक्ष हुने निर्णय गरेको हो।

भुसाल र रावल माधव नेपाललाई विभाजनमा साथ नदिइ एमालेमै बसेका थिए। रावलले अध्यक्ष केपी शर्मा ओलीसँग भि’ड्ने नै बताएका छन्।

वरिष्ठ उपाध्यक्षमा भने एमाले अध्यक्ष ओली पक्षीय ईश्वर पोखरेल र सुवास नेम्वाङबीच टकराव चलिरहेको छ। ओलीले नेम्वाङलाई केही राजनीतिक लाभका पद देखाएर ब्याक गराउन खोजे पनि सफल भएका छैनन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...