काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनमा ग म्भी र असर पर्ने अ भि व्य क्ती दिएका छन् ।
ओलीले माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालतर्फ संकेत गर्दै आफू सरकारमा छँदा अ प्ठे रोमा पार्नेहरुले नै अहिले देउवालाई काम गर्न नदिएको बताएका हुन् ।
पार्टीको १० औं महाधिवेशन उद्घाटन समारोहमा बोल्दै ओलीले भने, ‘प्रधानमन्त्रीज्यू यहीँ हुनुहुन्छ । उहाँलाई अतिथि बनाएर सरकारका विषयमा टिप्पणी गर्नु वाञ्छनीय हुँदैन ।
तर, प्रधानमन्त्रीजीलाई पनि गा ह्रो छ कि मलाई अप्ठेरो पार्ने र खुट्टा तान्नेहरू आज उहाँको खुट्टा सामाति राख्या छन् ।’ ओलीले आगामी चुनावबाट एमालेको सरकार बन्ने सँगै मञ्चमा रहेका देउवालाई सुनाए ।
‘प्रधानमन्त्रीजीकै सामु एउटा गोपनियता खुस्काउनुपर्ने भयो,’ ओलीले भने, ‘त्यो के भने आउँदो चुनावपछि एमालेको सरकार बन्छ । स्थानीय तहमा ५० प्रतिशतभन्दा बढी सिट एमालेले हासिल गर्छ ।’
उदघाटन सत्रलाई सम्बोधनकै क्रममा ओलीले एमालेलाई नभई देशको विकास गर्न बहुमत आवश्यक रहेको बताए । ओलीले चुनावी अभियान शुरू भएको उद्घोष गरेका छन् ।
‘एमालेलाई होइन, देश विकास गर्न बहुमत दिनुस्,’ नारायणी नदी किनारमा उभिएर ओलीले भने, ‘एमाले देश र लोकतन्त्र संस्थागत गर्न आवश्यक छ ।’
ओलीले जनादेशबाट प्राप्त अधिकारको रक्षाका लागि पनि एमाले चाहिने दाबी गरे । ओलीले नेपालको संविधानको अंग बनेको लुम्पियाधुरा सहितको नेपाली भूमी भारतसँगको संवादबाट ल्याइ छाड्ने उद्घोष पनि गरे ।
यो पनि : नेकपा एमालेको १०औं महाधिवेशनबाट सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने तयारी भइरहँदा उपाध्यक्ष भीम रावलले भने अध्यक्ष पदमा आफ्नो उम्मेदवारी कायम रहने बताएका छन् ।
शनिबार बन्द सत्र सुरु भएपछि उनले आफ्नो उम्मेदवारी दिने अडान कायम राखेका छन् । उनले भने ‘म त भोलि उम्मेदवारी दिनेछु । उम्मेदवार उठ्छु भनिसकेपछि फिर्ता लिने कुरा छैन ।’
चितवनको सौराहामा शुक्रबार मध्यराति बसेको केन्द्रीय कमिटी बैठकपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् । ‘केही साथीहरूले अध्यक्षलाई सबै निर्णयको अधिकार दिउँ । सर्वसम्मत गरौँ भन्नुभएको थियो । तर त्यो पनि प्रस्तावको रुपमा स्वीकार गरिएन । सर्वसम्मतको प्रयास भएको हैन,’ नेता रावलले भने ।
सौराहामा शुक्रबार मध्यराति सम्पन्न केन्द्रीय कमिटी बैठकले अबको केन्द्रीय कमिटीलाई बढाएर ३०१ सदस्यीय बनाउने, १९ सदस्यीय पदाधिकारी, ४५ सदस्यीय स्थायी कमिटी र ९९ सदस्यीय पोलिटब्यूरो बनाउने प्रस्ताव सर्वसम्मतले पारित गरेको छ ।
यो पनि पढनुहोस : नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्र सुरू भएको छ । चितवनको नारायणी नदी किनारमा तयार भएको मञ्चमा एमाले अध्यक्ष केपी ओली र प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा सँग–सँगै पुगेका हुन् ।
देउवा हेलिकप्टरबाट एमाले महाधिवेशनमा भाग लिनकै लागि चितवन पुगेका हुन् । करिब ५ महिनापछि देउवा र ओली एउटै मञ्चमा यसरी भेट भएका हुन् ।
सर्वोच्च अदालतको असार २८ गतेको आदेशपछि प्रधानमन्त्री पदबाट हटेसँगै ओली र देउवाबीच औपचारिक रूपमा भेटवार्ता भएको थिएन ।
प्रधानमन्त्रीमा नियुक्त भएपछि देउवाले तत्कालीन कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीमार्फत सन्देश पठाएर ओलीसँग भेटघाटको पहल गरे पनि सफल भएको थिएन।
उनीहरूसँगै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पनि मञ्चमा पुगेका छन् । ओली र देउवा पुगेपछि लगत्तै राष्ट्रिय गान गाएर उद्घाटन सत्र अघि बढेको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई निमन्त्रणा गरे पनि उनी भने गएका छैनन् । दाहाल शुक्रबार बिहानै काभ्रेतिर लागेका छन् ।
महाधिवेशन उद्घाटन समारोहलाई प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
त्यस्तै उद्घाटन समारोहमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र राप्रपा अध्यक्ष कमल थापाले पनि सम्बोधन गर्ने तय भएको एमालेले जनाएको छ ।
त्यस्तै एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा भारत, बंगलादेश, श्रीलंका र कम्बोडियाका ८ राजनीतिक दलका नेताहरू सहभागी हुने भएका छन् । चीनलगायत अन्य २५ देशका दलहरूले भने शुभकामना सन्देश पठाएका छन् ।
यस्तै नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई काम गर्न नदिनेहरुले प्रधानमन्त्री शेरवहादुर देउवाको पनि खुट्टा ता’नेको बताएका छन् । उनले आउँदो चुनाव पछि एमालेको सरकार बन्ने र बाँकी रहेका काम पुरा गर्ने दावी गरेका छन् ।
स्थानिय तहमा ५० प्रतिशत भन्दा बढी एमालेले जित्ने पनि दावी गरे । आज म गो’पनिय’ता खोल्छु, ओलीले भने प्रधानमन्त्री देउवा पनि यहिँ हुनुहुन्छ उहाँले सुनेपनि सुन्नुहोला आगामी निर्वाचनमा एमालेले बुहमत ल्याएर समृद्ध नेपाल सुखी नेपालीको बाँकी रहेका काम पुरा गर्नेछौं ।
देशको सार्वभौमसत्ताको रक्षा र विकासका लागि एमालेको एकल बहुमत चाहिएकाले त्यसको तयारीमा आफुहरु लागेको पनि बताए । दैनिक रुपमा अन्य पार्टीवाट एमालेमा प्रवेश गर्नेहरुको लहर चलेको पनि बताए ।
उनले महाधिवेशनपछि आफ्नो पार्टी चुनावको तयारीमा लाग्ने उद्घोष गरे । ओलीले आफु प्रधानमन्त्री नभएपनि यो सरकारलाई आफैँले चलाइरहेको बताएका छन् ।
आफु प्रधानमन्त्री नभएपनि देउवा नेतृत्वको सरकार आफ्नो हातमा रहेको भन्दै आफुले चाहे कठपुतली जस्तै नचाइरहने बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई मञ्चमा राखेर ओलीले सरकारलाई आफुले कठपुतलीजस्तै नचाइदिने र नचाइरहेकेो बताएका हुन् ।
उनले प्रधानमन्त्रीले चाहेर पनि राम्रो काम गर्न नसक्ने बताए । सम्बोधनका क्रममा ओलीले आफूलाई अप्ठ्यारा पार्नेहरूले नै आज प्रधानमन्त्री शेरबहादुर देउवाको खुट्टा समातिरहेको बताएका छन् ।
फूलाई विगतमा खुट्टा तान्ने र अप्ठ्यारो पार्नेहरूले नै अहिले प्रधानमन्त्री देउवाको खुट्टा समातिरहेको बताए । उनले हसियाँ–हथौडा बोकेर वामपन्थी सरकार ढा’लेर दक्षिण पन्थी सरकार बनाएको भन्दै उनीहरुलाई हँसिया हथौडा फ्याँक्न सुझाव दिए ।
उनले आउँदो चुनावपछि एमालेको सरकार बन्ने र एमालेको सरकारले विकासका कामलाई अघि बढाएर समृद्ध नेपाल सुखी नेपाली बनाउने बाँकी कामलाई पूरा गर्ने दाबी गरे ।
प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच ६ महिनापछि मञ्च सेयर भएको हो । देउवा प्रधानमन्त्री भएपछि ओलीसँगको संवाद ठप्प भएको थियो । तर, एमालेको महाधिवेशनमा देउवा र ओली सँगै मञ्चमा देखिए । बरु गठबन्धनमा आबद्ध दलका नेताहरू भने सबै सहभागी भएनन् ।























