जनकपुरधाम –
नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले एकीकृत समाजवादी पार्टी एमालेभन्दा शक्तिशाली बनिसकेको दाबी गरेका छन् ।
बुधबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले सात प्रदेशमध्ये २ वटा प्रदेशमा आफ्नो पार्टीको सरकार रहेको बताए । प्रदेश २ मा पनि एमाले भन्दा आफ्नो पार्टी ठूलो रहेको उनले बताए ।
नेपालले सूर्यमा ग्रहण लागिसकेको बताउदै कलम चल्न थालेको बताए । केपी ओलीको हठका कारण एमालेको यो दशा भएको भन्दै उनले आगामी निर्वाचनमा यो पार्टी चोइटिएर जाने बताए ।
अध्यक्ष नेपालले बुधबारै जनकपुरधाममा पार्टीको धनुषा जिल्ला पार्टी कार्यालय उद्घाटन समेत गरेका छन् ।
यो पनि पढनुहोस : डा.डीआर उपाध्याय,
नेपाल कम्युनिस्ट पार्टी एमालेमा केपी शर्मा ओली नै शक्तिशाली छन । भोली पनि उनै शक्तिशाली हुने हुन । एमालेको दसौं महाधिवेशन मंसिर १०–१२ गते चितवनमा हुँदैछ ।
महाधिवेशनबाट केपी शर्मा ओली नै अध्यक्ष हुने पक्का छ । ओलीमा नेतृत्व कौशलता छ । उनले सजिलै मान्छेको मन जित्छन । भाषण गर्ने शैली नै उनको फरक छ ।
उनी जहाँ गएर बोल्छन त्यही चर्चा हुन्छ । ओलीमा राजनीति क्षमता छ । ओलीका कारण नै एमाले पार्टी चर्चामा छ । जनआकर्षण पनि अत्यधिक बढेको छ।
उनको सवाल अनुसारको जवाफ आउँछ । त्यही नै रोचक हुन्छ । प्रतिवाद गर्न खप्पिस छन । त्यसैले पनि उनले जनता, कार्यकर्ता र नेताकै पनि मन जित्न सकेका छन । आजको मिति सम्म ओली महाधिवेशनमा अध्यक्षको एकल उम्मेदवार हुने अवस्था देखिन्छ।
पार्टी उपाध्यक्ष डा.भीम रावल ओलीको घोषित वा अघोषित प्रतिस्पर्धी वा दाबेदार हुन चाहेको देखिन्छ। यसमा अरू कुनै पदमा घनश्याम भुसाल पनि अगाडि आउन सक्छन्। एमाले भित्र ओली नै सर्बमान्य भएका छन ।
उनको बि रो ध गर्ने नेता भनेका भिम रावल लगायतका केही नेता छन । अरु सबै ओलीको गुनगान गाउने हुन । ओली बिना एमाले चलायमान हुदैनन् भन्ने कुरा एमाले भित्र धेरै नेताले बुझेका छन ।
सत्तारुढ दल संग टक्कर लिन सक्ने भनेको ओलीले मात्र हो । अरुले बोल्न पनि सक्दैनन् । ओली संग सत्तारुढ दल समेत डराउँछन । ओलीमा बोल्ने र तर्क गर्न सक्ने क्षमता छ ।
त्यो अरु नेतामा छैन । यति बेला ओलीले एमाले पार्टीलाई चलायमान बनाएका छन । पार्टी बिभाजन पछि उनी धेरै सक्रिय छन । पार्टीलाई पुरानै अबस्थामा फर्काउन उनी दिलो ज्यान दिएर लागेका छन ।
आगामी निर्वाचनमा बहुमत ल्याएर सरकार बनाउने दाबी गरिरहेका छन । उनी कति खेर पनि निराश हुदैनन् । उनमा सधै उर्जा छ । त्यो उर्जा नै उनको शक्ति हो ।
पाँच दल एकातिर उभिदा पनि उनी छिरिक्क भएका छैनन । उनी अझै एमाले शक्तिशाली छ भन्दै हिडिरहेका छन । भोली पनि एमाले शक्तिशाली पार्टी हुन्छ भन्दै हिडेका छन ।
आगामी निर्वाचन पछि फेरी मूल गेटबाट सिंहदरबार छिर्ने बताइरहेका छन । यो पाँच दल माथि गरेको चुनौति हो । अहिले उनी देशका बिभिन्न ठाँउमा घुमि संगठन बिस्तारमा लागेका छन ।
आफना नेता कार्यकर्ताहरुलाई संगठन बिस्तारका लागी निर्देशन दिइरहेकै छन । पार्टी पुरानो अबस्थामा फर्कन्छ की फर्कदैन त्यो भने अहिले यसै भन्न सकिदैन ।
आगामी चुनाव पछि त्यो कुरा सबै प्रस्ट भैहाल्छ । पूर्व माओवादी नेताहरुले ओलीको नै गुन गान गाइरहेका छन । टोप बहादुर रायमाझी त ओलीको भक्त नै जस्तो भएर भाषण गदै हिडिरहेका छन । दसौं महाधिवेशनबाट पूर्व माओवादी नेताहरुको अबस्था के हुने हो त्यो हेर्न बाँकी नै छ ।
आज जुन किसिमले ओलीको गुनगान गाएर पूर्व माओवादी नेताहरु हिडेका छन भोली महाधिवेशन जितेर आफूले चाहेको पद पाउन सक्छन की सक्दैनन् त्यो नै चासोको बिषय बनेको छ ।
संकटका बेला पनि ओलीलाई साथ दिने भनेका पूर्व माओवादी नेताहरु नै हुन । बरु भिम रावल लगायतका नेताहरुले असहयोग गरेका हुन । सरकार ढाल्न सहयोग गरेका हुन ।
त्यसैले आज ओलीले रावल लगायतका नेताहरुलाई लखेटिरहेका छन । एमाले भित्र भिम रावल लगायतका नेताहरुको भबिश्य त्यति राम्रो होला जस्तो छैन । पार्टीमा जिम्मेवारबिहिन हुने अबस्था देखिन्छ ।
नेपालको राजनीतिमा केपी ओली अझै केही बर्ष शक्तिशाली हुने संकेत देखिएको छ ।























