यति ठुलो इतिहाँस रच्ने केपि ओलि तेस्रो नेता, सबैबाट बधाईको ओइरो !

काठमाडौं – केपी शर्मा ओलीले केनपा एमालेको दुई पटक पार्टी प्रम्ख अध्यक्ष बनेर इतिहास रच्ने भएका छन् ।

एमालेको १० औ महाधिवेशनबाट अध्यक्षमा पुन उनै दोहोरिने निश्चित भए पछि यो इतिहाँस रच्ने भएका हुन् । यसअघि एमालेको अध्यक्षमा माधव नेपाल र मदन भण्डारी मात्र अध्यक्षमा दुई पटक दोहोरिएका थिए ।


नवौ महाधिवेशनमा कक्षा नदोहोर्याउने उद्घोष ओलिले गरेका थिए । तर, ओलि समुहमा रहेका नेताहरुले एमालेमा “ ओलिको विकल्प” नै नभएको भन्दै उनकै नेतृत्वमा अगामी नेतृत्व सर्वसम्मत चयन हुने दाबी गरिरहेका छन् ।


एमालेका पुर्व प्रमुख माधव कुमार नेपाल,झलनाथ खनालले ओलीको कार्यशैली प्रति विरोध गर्दै पार्टीबाट विद्रोह गरेर नेकपा –एकिकृत समाजवादी) गठन गरिसकेका छन् । अर्को प्रभावशाली नेता वामदेव गौतमले उपाध्यक्ष पदबाट राजीनामा गरिसकेका छन् ।


यस्तो अवस्थामा ओलिलाई टक्कर दिने प्रभावशाली नेता एमालेमा कोही छैनन् । ओली निकटहरुले दाबी गरे अनुसार सर्वसम्मत वा चुनाव जे भए पनि ओलिको विकल्प एमालेमा पक्कै छैन ।


तर, ओलीसँग प्रतिस्पर्धा गर्ने उद््घोष उपाध्यक्ष भीम रावलले गरेका छन् । पुर्व नेपाल खनाल समुहका नेता रावलले गृह जिल्ला अछामबाट अध्यक्षमा प्रतिस्पर्धा गर्ने उदघोष गरे पनि तयारी भने गरेका छैनन् । एमालेभित्र वरिष्ठ उपाध्यक्षका लागि रावलले अध्यक्षमा प्रतिस्पर्धा गर्ने घोषणा गरिसकेको छ ।


एमाले उपमहासचिव घनश्याम भुसाल पनि अध्यक्षमा प्रतिस्पर्धा गर्नका लागि आन्तरिक गृहकार्यमा जुटेका छन् । भुसाल निकट नेताका अनुसार अगामी महाधिवेशनमा सर्वसम्मत हुन नसक्ने दाबी गर्दै अध्यक्षमा भुसालले प्रतिस्पर्धा गर्ने बताउँछन् ।


यद्यपि औपचारिक रुपमा भुसालले अझै अध्यक्षमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छैनन् । कतिपयले महासचिव पाउन भुसालले अध्यक्षमा ओलीसँग प्रतिस्पर्धा गर्ने चलाएको आरोप समेत लगाइ रहेका छन् ।


ओलि पुन अध्यक्ष हुनुपर्नेमा ओली समुह एक ठाउँमै रहेका छन् । पुर्व माओवादीबाट एमाले भएका नेताहरुले समेत ओलीकै नेतृत्वमा आफुहरु समेत आउन खोजेका छन् ।

यो पनि पढनुहोस : सरकारी अनुदानको मल खरीद गर्ने तनहुँको एक सहकारीलाई साल्ट ट्रेडिङ कर्पोरेसनले १२ पटकसम्म मागै नगरेको एसएसपी (सिंगल सुपर फस्फेट) नामक मलसमेत पठाइदियो ।

किसानले माग नगरेको र सहकारीले पनि खरीद गर्न नचाहेको मल हरेक खेपमा ४०/५० बोरा पठाइदिएपछि सहकारीका प्रमुखले साल्ट ट्रेडिङका प्रमुखसँग आ’क्रो’श पोखे ।

‘साल्टका पंकज जोशी र मल विभाग प्रमुख रश्मी श्रेष्ठलाई ज’ब’र’ज’स्ती भिडाएको मल लिन्न भनें,’ ती सहकारीका प्रमुखले भने, ‘हामीले थपेको मल नलिने भए अनुदानको डीएपी र युरिया पनि पाउदैनौ भनेर ध’म्की दिए ।’

१३ पटक अनुदानको मल खरीद गर्दा १२ पटकसम्म अनुदान नपाइने स्थानीय भाषामा गेडे मल भनिने सो मल किन्न बाध्य भएको उनको गुनासो छ ।

‘किसानले ती मलहरु बालीका लागि लाभदायक नभएको, मल नपग्लिएको जस्ता गुनासो गरेपछि बिक्री रोकेका छौं,’ सहकारी प्रमुख भन्छन्, ‘गोदाममै २ सय बोरा थन्किएको छ ।’

गोरखाको एक कृषि सहकारीको दुःख पनि उस्तै छ । सरकारको अनुदानको मल बिक्री गर्न पाएको सुविधाको दुरुपयोग गर्दै साल्ट ट्रेडिङले जसरी पनि आफ्नो व्यावसाय वृद्धि गर्ने मलको बिक्री बाध्यकारी बनाएको सहकारीका अध्यक्षले बताए । ‘उनीहरुले भिडाएको मल नकिनौं अनुदानको मल पनि पाइन्न, किनौं किसानलाई त्यो मल बिक्री गर्न सकिन्न’ कृषि सहकारीका अध्यक्षले भने ।

मल किन्न बाध्य बनाएको विषय सार्वजनिक गरे अनुदानको मल नदिने ध’म्की दिएको भन्दै सहकारी सञ्चालकहरु नाम खुलाउन मान्दैनन् ।

माटोको परीक्षण नगराई प्रयोग गर्न नमिल्ने एसएसपी र एमोनियम सल्फेट नामक मल साल्ट ट्रेडिङले ज’ब’र्ज’स्ती बिक्री गरेको गुनासो कृषि तथा पशुपन्छी विकास मन्त्रालयसम्म पुगेको छ ।

सरकारी अनुदानको २५ हजार मेट्रिकटन डीएपी मल समयमा ल्याउन नसकेको साल्ट ट्रेडिङले कम गुणस्तरको मल बिक्रीलाई बाध्य बनाएको आरोप खरिदकर्ताको छ ।

गुनासो आएको छ : मन्त्रालय

मन्त्रालयका रासायनिक मल शाखा प्रमुख राजेश मिश्रले साल्ट ट्रेडिङले अनुदानको मल बिक्री गर्न पाएको सुविधा दु’रु’प’यो’ग गर्न नपाउने बताए । ‘युरिया र डीएपीको सट्टामा प्रयोग गर्न मिल्ने नमिल्ने यकिन नगरी जबरजस्ती मल बिक्री गरिएको अपुष्ट गुनासो आएको छ, यसलाई रोक्नुपर्छ । कृषक तर सहकारीले हामीलाई सूचना दिएर सहयोग गर्नुपर्‍यो’ महाशाखा प्रमुख मिश्रले भने ।

अहिले देशभर ३ हजार टन एमोनियम सल्फेट रहेको पाइएको मिश्रको भनाइ छ । तेलहन बालीका लागि एसएसपी मल उपयोगी भए पनि यसको दुई चार वर्ष प्रयोग पछि माटोमा अम्लीयपन बढेर उब्जनीमा अ’स’र पर्ने पनि मन्त्रालयले जनाएको छ । साल्ट ट्रेडिङले ज’बर्ज’स्ती बिक्री गरेका उ’जु’री आए उसले पाएको बिक्रीको अधिकार खारेज गर्न सकिने मन्त्रालयको भनाइ छ ।

के हो एमोनिया र एसएसपी मल ?

युरिया र डीएपी मलको अभावमा कहिलेकाहीँ एमोनियम सल्फेट र एसएसपी मल प्रयोग गर्न मिल्ने भए पनि दीर्घकालीन प्रयोगले भने माटोलाई बेफाइदा गर्ने वैज्ञानिकहरु बताउँछन् । दुवै मल माटो परीक्षण पछि मात्रै प्रयोग गर्न उपयुक्त हुने माटो विज्ञ डा. श्रीप्रसाद विष्ट बताउँछन् ।

‘यो मल तेलबालीका लागि भने उपयुक्त मानिन्छ । तर यसमा हाइड्रोजनको मात्रा धेरै हुने भएकाले नियमित प्रयोगले माटोमा अम्लीयपना बढाउँछ’ उनले भने ।

माटो विज्ञ डा. चन्द्र रिसालका अनुसार एमोनियम सल्फेटको नियमित प्रयोगले माटो अम्लीय भयो भने पोषक तत्व बिरुवाले लिन सक्दैन । यूरिया भन्दा अलि खराब प्रकृतिको मलको रुपमा यसलाई लिइन्छ ।

तोरी र मुलाजस्ता बालीलाई यो मल आवश्यक भए पनि सबै बिरुवाका लागि राम्रो मानिँदैन । माटो जाँच गराउँदा फस्फोरस तत्व अभाव भएको पुष्टि भए मात्र यो मल प्रयोग गर्न सकिने डा. रिसाल बताउँछन् ।

साल्ट ट्रेडिङको दाबी : जबरजस्ती मल बिक्री गरेका छैनौं

साल्ट ट्रेडिङले भने एमोनियम सल्फेट र एसएसपी मलको जबरजस्ती बिक्री नगरेको दावी गरेको छ । सूचना अधिकारी कुमारराज भण्डारीले सुदूरपश्चिम प्रदेशमा मल अभावको समयमा विकल्पमा प्रयोग गर्न प्रदेश सरकारले अनुदान दिएका बेला मात्र बिक्री गरिएको बताए ।

अरु क्षेत्रमा भने यो मल बिक्री नगरेको बताउँदै राजभण्डारीले भने, ‘यो मल नेपालमा प्रयोग गर्न नमिल्ने भनेर पनि आएको छ, यो (जबरजस्ती बिक्री गरेको भन्नु) भ्रमपूर्ण तथ्य हो । हामीले कसैलाई जबरजस्ती यो मल बिक्री गरेका छैनौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...