ओलिको यस्तो तयारी सुनेपछि माओवादीबाट एमाले बनेकाहरु चौपट्टै खुशि !


काठमाडौं – नेकपा माओवादी केन्द्रमा नगई एमालेमै बसेकाहरुका लागि खुशिको खबर आएको छ ।


तत्कालिन समयमा एमाले र माओवादी केन्द्र एकता भइ नेकपा बन्दाका कतिपय नेताहरु पछि पार्टी विभाजन हुँदा माओवादी केन्द्र नफर्की नेकपाकै निरन्तरता भन्दै एमालेमै बसेका थिए । उनीहरुलाई एमालेले विशेष महत्व दिने भएको छ ।


नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन नजिकिँदै जाँदा पुर्व माओवादीले कस्तो स्थान पाउँने भन्ने सर्वत्र चासो रहेका थियो तर त्यसको समाधान अब भएको छ । पुर्व माओवादीबाट एमाले भएकाहरुलाई सम्मान स्थान दिए पार्टीमा व्यवस्थापन गर्न एमाले तयार भएको छ ।


नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले तत्कालीन माओवादी केन्द्र परित्याग गरी आएका नेताहरुलाई महाधिवेशनमा सम्मानजनक स्थान दिइने बताएका छन् । एमालेको १० औ महाधिवेशन १०–१२ मंसिरमा चितवनमा हुँदैछ ।


एमाले संसदिय दलका उपनेतासमेत रहेका नेम्वाङले पुर्वमाओवादी नेताहरुलार्य प्रतिस्पर्धाबाट आउन अप्टेरो हुने अवस्था भएकाले सहमतिका आधारमा सम्मानजनक स्थान दिइने बताएका हुन् ।


“हामी उहाँहरुलाई माओवादी नेता त भन्दैनौ एकीकृत कम्युनिष्ट पार्टीका नेता नै भन्छौ । तर, पनि बोलिचालीको भाषमा पुर्वमाओवादी भनिने भएकाले महाधिवेशनमा प्रतिस्पर्धामा जाँदा उहाँहरुलाई त्यति सहज नहुन सक्छ । त्यसैले उहाँहरुलाई नेतृत्वमा ल्याउन सोच्नुपर्छ” उनले भने, “ त्यसैले सहमतिका आधारमा उहाँहरुलाई नेतृत्वमा स्थापित गरिन्छ । ”


उनका अनुसार त्यसबारे नेतृत्व तहमा छलफल र गृहकार्य भइरहेको छ । तत्कालीन नेकपा विभाजन भइ एमाले र माओवादी केन्द्र ब्युतिँदा नेताहरु राम बहादुर थापा बादल, टोप बहादुर रायमाझी, मणि थापा, लेखराज भट्ट, प्रभु साह लगायत नेताहरु एमालेतिर लागेका थिए ।

यो पनि : नेकपा एमालेले आगामी मंसिरमा ( १०, ११ र १२) गते चितवनमा हुने दशौं राष्ट्रिय महाधिवेशनमा भिन्नै लोगो प्रयोग गर्ने भएको छ ।

गत असोजमा सम्पन्न विधान महाधिवेशनले सूर्यभित्र हँसिया हथौडा रहेको पार्टीको लोगो पारित गरेको थियो । तर, विधान महाधिवेशनले पारित गरेको उक्त लोगो राष्ट्रिय महाधिवेशनमा भने प्रयोग नगरी फरक लोगो प्रयोग गर्ने भएको हो ।

एमाले महाधिवेशन मुल व्यवस्थापन समितिले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा दशौं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गर्दा सूर्यभित्रको हँसिया हथौडा भएको लोगो नराखी अर्कै लोगो सार्वजनिक गरेको हो ।

ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा आयोजित कार्यक्रममा महासचिव ईश्वर पोखरेलले सार्वजनिक गरेको राष्ट्रिय महाधिवेशनको लोगोमा दुर्लभ एकसिंगे गैँडाको मस्कटले कम्युनिस्ट पार्टीको झण्डा उठाएको छ ।

त्यस्तै लोगोको दायाँतर्फ सूर्य चिन्ह पनि राखिएको छ । महाधिवेशनको लोगो सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले महाधिवेशनको लोगोले राजनीतिक र पर्यावरणीय सन्देश दिने बताए ।

‘चितवन पर्यटकीय जिल्ला हो र त्यहाँको मुल विशेषता पर्यटन हो त्यहाँ गैँडाले कम्युनिस्ट पार्टीको झण्डा बोकेको छ’, प्रचार विभाग प्रमुख भट्टराईले भने आजकाल गैँडाहरू क्लाइमेट चेन्ज र वातावरणीय प्रभावले गैँडाहरू गाउँ, शहर आउने र सडकमा आउने गरेका छन् । तर हामीले हाम्रो महाधिवेशनमार्फत गैँडाहरूलाई वासस्थानतिर नै फर्काउँदैछौ । गैँडा अव त्यतै जानेछ ।’

उनले उक्त लोगोले पर्यावरणीय र राजनीतिक सन्देश दिने बताए । ‘यसको पर्यावरणीय र राजनीतिक सन्देश पनि छ’, भट्टराईको भनाइ छ ।

‘विशेष प्रयोजनका लागि छुट्टै लोगो’

एमाले प्रचार विभाग उपप्रमुख सूर्य थापाले एमालेले लोगो परिवर्तन गरेको भन्ने समाचारमा सत्यता नरहेको बताए । ‘एमाले विधान महाधिवेशनले पारित गरेको सूर्यभित्र हँसिया हथौडा रहेको लोगो नियमित कामका लागि हो ।

त्यो पार्टीको चुनाव चिन्ह पनि हो । तर दशौं राष्ट्रिय महाधिवेशनका लागि सार्वजनिक गरिएको लोगो विशेष प्रयोजन (दशौं राष्ट्रिय महाधिवेशन) का लागिमात्र हो’, थापाको भनाइ छ ।

सात गते मोटरसाइकल र्याली

यसैगरी नेकपा एमालेले महाधिवेशनको प्रचार प्रसार गर्न आगामी मंसिर ७ गते बृहत मोटरसाइकल र्याली गर्ने भएको छ । उक्त दिन प्राय सवै शहरमा मोटरसाइकल र्याली गरिने एमालेले जनाएको छ । त्यसक्रममा काठमाडौ पोखरा लगायतका स्थानबाट मोटरसाइकल र्याली निकालेर चितवन जानेछ । मोटरसाइकल र्‍यालीको एमाले युवा संघले नेतृत्व गर्ने प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।  

६ हजार बढी स्वागतद्वार

एमालेले महाधिवेशन प्रयोजनका लागि देशभरका सवै राजमार्ग र सहायक राजमार्गहरुमा स्वागतद्वार बनाउने भएको छ ।‘सवै राजमार्ग र सहायक राजमार्गहरुमा स्वागतद्वार निर्माण गरिने छ । स्वागतद्वार सवै पार्टी कमिटीले बनाउनेछन् । यसरी निर्माण गरिएका स्वागतद्वार ६ हजारभन्दा बढि हुनेछन्’, शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नेता भट्टराईले जानकारी दिए ।

आठ लाख पार्टी सदस्य

नेकपा एमालेले देशभर आठ लाख सक्रिय पार्टी सदस्य रहेको जनाएको छ । ‘हाम्रो यो महाधिवेशनमा झण्डै झण्डै आठ लाख पार्टी सदस्यहरुबाट प्रतिनिधित्व गर्ने साथीहरुले सहभागिता जनाउनुहुनेछ’, महासचिव इश्वर पोखरेलको भनाइ छ । उनले शुक्रबारसम्म आठ पार्टी सदस्यको अभिलेख केन्द्रीय कार्यलयमा दर्ता भएको समेत बताए ।

ती सदस्यमार्फत १९९९ जना महाधिवेशन प्रतिनिधि छान्नेछ । एमालेले ती महाधिवेशन प्रतिनिधि कात्तिक २७ गते शनिबार निर्वाचित गर्दैछ । एमालेले तीन किसिमबाट महाधिवेशन प्रतिनिधि छान्दैछ । पदेन, निर्वाचित र मनोनित गरी तीन प्रक्रियाबाट प्रतिनिधिहरुको छनोट गर्ने महासचिव पोखरेलले जानकारी दिए । उनले अपवादबाहेक निर्वाचित हुने सवै प्रतिनिधि कात्तिक २७ गते नै तय हुने बताए ।

प्रचारशैली परिवर्तन

एमालेले यसपटकको महाधिवेशनमा विगतमा जस्तो भित्तेलेखन र पोष्टर पम्प्लेटको प्रयोग नगर्ने भएको छ । महाधिवेशनको प्रचारका लागि एमालेले छुट्टै प्रचार समिति बनाएको छ ।

‘एमाले प्रचार विभाग र जनवर्गीय संगठनका साथीहरु रहेको प्रचार समितिले बनाएको कार्ययोजना मुल व्यवस्थापन समितिले अनुमोदन गरेको छ’, प्रचार विभाग प्रमुख भट्टराईले भने, ‘एमालेले यसपटकको महाधिवेशनमा विगतमा गर्दै आएका केही प्रचलनहरुलाई हटाएको छ । हामी कपडाको ब्यानर,कागजको पोस्टर राख्दैनौ र भित्ते लेखन पनि गर्दैनौ ।’

​उनले महाधिवेशनको प्रचार प्रसार सोसल मिडियाबाट गर्ने जानकारी दिए । ‘सोसल मिडिया र डिजिटल डिस्प्लेमार्फत प्रचार गर्नेछौ । त्यसको लेखाजोखा र तथ्यांक लिने काम भइरहेको छ’, भट्टराईले भने, ‘एमाले नेतृत्वको सरकारले गरेका काम र नेताहरुका योगदानको भिडियो बनाएर पनि प्रचार गर्छौँ ।’ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...