भाग्यले साथ दिँदा पुजालाई कांग्रेसमा यस्तो ठुलो सफलता, देशैभरिका कांग्रेस चकित

साेलुखुम्बु –

सोलुखुम्बुमा नेपाली कांग्रेसकाे केन्द्रीय महाधिवेशनका लागि २१ वर्षीया पूजा फुयाँल महाधिवेशन प्रतिनिधि बन्नुभएको छ । आज आइतवार गोलाप्रथा मार्फत सोलुखुम्बुको नेचासल्यानकी २१ वर्षीया फुयाँल महाधिवेशन प्रतिनिधि छनाेट हुनुभएको हो । 

महिला (खस/आर्य) कोटामा टंकीमाया बस्नेत र फुयाँलको ४०३/४०३ समान मत आएकाले गोलाप्रथा गर्दा फुयाँल विजयी भन्नुभएको हो ।

नेचासल्यान गाउँपालिकाबाट सबैभन्दा कान्छी क्षेत्रीय प्रतिनिधिका रूपमा वडा अधिवेशनमा फुयाँल निर्वाचित हुनुभएको थियो ।   

फुयाँल जिल्लाकै कान्छी महाधिवेशन प्रतिनिधि हुनुहुन्छ । उहाँ नेपाल विद्यार्थी सङ्घ सोलुखुम्बुको कोषाध्यक्ष तथा सानोठिमी क्याम्पस भक्तपुरको स्ववियु सदस्यसमेत हुनुहुन्छ ।

यस्तै सत्तारुढ नेकपा माओवादी केन्द्रले चार दशकभन्दा लामो पार्टी जीवनमा शनिबार पहिलोपटक देशभर एकैसाथ वडा सम्मेलन गर्‍यो । देशभरका ६ हजार ७ सय ४३ वटा वडामध्ये एकाधबाहेक सबैतिर सम्मेलन सकिएको पार्टीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले बताए ।

सम्मेलनबाट महानगरपालिकामा ४५ सदस्यीय, उपमहानगरपालिकामा ३५ सदस्यीय र नगरपालिका/गाउँपालिकामा २९ सदस्यीय वडा समिति निर्वाचित भएका छन्, जसमा पदाधिकारी संख्या पाँच छ । निर्वाचन आयोगले हरेक वडामा समिति बनाएको थियो, जसले मतदाता नामावली प्रकाशन गर्नुका साथै एक दिनअघि उम्मेदवारीबारे जानकारी गराउनुपर्ने बताएको थियो ।

पार्टीको निर्वाचन आयोगका प्रमुख श्रेष्ठ भन्छन्, ‘नेतृत्व चयनमा आन्तरिक निर्वाचनलाई खुलै राखेका थियौं, तर कतै निर्वाचन गर्नुपरेन । सर्वसम्मत नेतृत्व चयन भएका छन् ।’

पार्टी सदस्यताको अभिलेखीकरण

२०५२ देखि १० वर्षसम्म भूमिगत राजनीति गरेको माओवादीले शान्ति प्रक्रियामा आएको डेढ दशकसम्म देशव्यापी रुपमा वडा तहसम्म सम्मेलन गरेको थिएन । हेटौंडा महाधिवेशनअघि केही जिल्लाहरुमा वडा तहको सम्मेलन गरेको थियो ।

पछिल्लो समय पार्टीहरु टुटफुट हुने र फेरि मिल्ने प्रक्रिया चलिरह्यो र त्यसलाई सम्मेलनको नाम लिएर निर्वाचन आयोगबाट मान्यता लिने काम गरिरह्यो ।

२३ फागुन २०७७ मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता भंग भएर माओवादी केन्द्र ब्युँतिएको झण्डै ८ महिनापछि अभियानकै रुपमा वडा तहसम्म सम्मेलन भएको छ । त्यसअघि सदस्यता वितरण तथा नविकरण अभियान चलाएको थियो, जसमा ८ लाखबढी सहभागी भएको माओवादीले बताएको छ ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य युवराज चौलागाईं भन्छन्, ‘पार्टी सदस्यहरुको अभिलेखीकरण हाम्रो समस्या जस्तो बनेको थियो । यस पटक त्यसमा सुधार भएको छ ।’

तर अरु पार्टीहरुमा जस्तै सदस्यताको बजारिकरण सुरु भएकाले गुणस्तरीय सदस्यतामा प्रश्न उठेको नेताहरु स्वीकार गर्छन् । ‘हाम्रो पार्टीका पहिला क्वालिटी मेम्बरहरु थिए, यो पटक त्यो केही खस्किएको महसुस भएको छ,’ एक नेता भन्छन्, ‘पार्टीको विचार, नीति, सिद्धान्तबारे बेखबर भएकाहरु पनि सदस्य भएका छन् ।’ कतिपयको पार्टीले तोकेको १५० रुपैयाँ लेबीसमेत अरुले बुझाइदिएको पाइएको छ ।

सर्वसम्मत नेतृत्व चयन

माओवादी केन्द्रको नेतृत्वमा पुष्पकमल दाहाल प्रचण्ड साढे तीन दशकदेखि अनवरत छन् । शान्ति प्रक्रियामा आएपछि भएका महाधिवेशन/राष्ट्रिय सम्मेलनमा पनि माओवादीले आन्तरिक लोकतान्त्रको अभ्यास गर्न सकेन, जसका कारण प्रचण्डले चु नौ ती सामना गर्नुपरेन । तर प्रचण्डका आफ्ना सम्भवित प्रतिस्पर्धीलाई विस्तारै पाखा लाग्दै जाँदा माओवादीको आकार झन्झन् खुम्चिँदै गयो ।

त्यसैले यो पटक माओवादीले आन्तरिक निर्वाचनलाई वैधानिक रुपमै खुला गरेको थियो । पार्टीले आन्तरिक निर्वाचनलाई स्वीकार गरेको र त्यस अनुसार पार्टीका सबै तहको सम्मेलन (वडा सम्मेलन, पालिका सम्मेलन, प्रदेश सम्मेलन राष्ट्रिय सम्मेलन) मा पार्टी होमिएको केन्द्रीय निर्वाचन आयोगका प्रमुख श्रेष्ठ बताउँछन् ।

उनले अघि भने, ‘सर्वसम्मत नेतृत्व चयन भयो भने सम्बन्धित निर्वाचन समितिले विधि प्रक्रिया पूरा गर्दछ । सर्वसम्मत भएन भने निर्वाचन प्रक्रियामा जान्छौं । र जसले बढी मत ल्याउँछ उही विजयी भएको घोषणा हुन्छ ।’

तर वडा कमिटीको चयनमा कतै पनि चुनाव भएन । केन्द्रीय नेतृत्वको हस्तक्षेप नदेखिने जिकिर गर्दै पार्टीको निर्वाचन आयोगका प्रमुख श्रेष्ठ भन्छन्, ‘तत तत कमिटीहरुमा आन्तरिक रुपमा समझदारी गरेको भए हामी थाहा भएन ।’

यसको एउटा कारण पार्टीमा समानान्तर दुई वा दुईभन्दा बढी विचार समूह/गुट नहुनु पनि हो । नेताहरुका अनुसार भर्खर विभाजनको पी डाबाट गु ज्रि ए र आएकाले पार्टीका नेता कार्यकर्ताले फेरि पार्टी बनाउनुपर्छ भन्ने ‘इगो’ देखिन्छ भने नेतृत्व पनि सहमतिमै जोड दिएकाले वडा तहमा चुनाव नभएको हो ।

स्थायी कमिटी सदस्य लीलामणि पोखरेल पनि आन्तरिक निर्वाचन खुला गरिएको भएपनि प्यानलगत नभई व्यक्तिगत प्रतिस्पर्धालाई मात्र अवसर लिइने बताउँछन् ।

‘कम्युनिस्ट पार्टीमा त्यो पार्टीको विचार बोक्न सक्ने व्यक्ति हो वा होइन हेरिन्छ । चुनाव त जसरी पनि जित्न सक्छ । भर्खरै आउने वित्तिकै नेतृत्व लिएर संगठन चलाउन सक्छ त ? त्यसैले हाम्रो प्रोत्साहन सहमतिमै हो’ उनी भन्छन्, ‘केही गरी सहमति भएन भने म निर्वाचित हुन पाउँछु भन्ने उम्मेदवारी दर्ताका लागि योग्यता पुगेकाहरुको हक सुरक्षित गर्न आन्तरिक निर्वाचन गर्ने भनिएको हो ।’

राजनीतिक विश्लेषक विष्णु दाहाल भने माओवादीमा ‘टीके प्रथा’ले निरन्तरता पाएको टिप्पणी गर्छन् ‘माओवादीमा नेतृत्व चयनमा टिकेप्रथा सुरुदेखिकै हो । केन्द्रमा जस्तो छ, त्यसकै निरन्तरता तलका कमिटीहरुमा पनि देखिन्छ’ उनी भन्छन्, ‘अहिले आन्तरिक निर्वाचन खुला गरेको भनिएपनि कुनै न कुनै रुपमा विगतको टिके प्रथा हटेको छैन ।’

आफूमात्र नभई केन्द्रीय कमिटी पनि अध्यक्षकै तजबीजमा बन्ने र यही अभ्यासले तल्लो कमिटीसम्म निरन्तरता पाइहरने प्रक्रिया माओवादीमा चलिरहेको विश्लेषक दाहालको टिप्पणी छ ।

यस्तो छ केन्द्रसम्मको निर्वाचन कार्यतालिका

माओवादी केन्द्रले मंसिर ११ गते सबै पालिकामा र २५ गते सातै प्रदेशमा नेतृत्व चयनका लागि सम्मेलन हुनेछ । पुस ११–१३ गते काठमाडौंमा राष्ट्रिय सम्मेलन हुँदैछ ।

वडा तहमा सर्वसम्मत नेतृत्व चयन भएको भएपनि अन्य संरचनामा आकांक्षी धेरै हुँदा निर्वाचन हुने सम्भावना रहेको निर्वाचन आयोगका प्रमुख श्रेष्ठ बताउँछन् ।

माओवादी केन्द्रको अन्तरिम विधान २०७८ अनुसार केन्द्रमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवसहित २९९ सदस्यीय केन्द्रीय समिति रहनेछन् । केन्द्रीय समितिको कूल सदस्य संख्याको बढीमा एक तिहाइ सदस्य रहेको पोलिटब्युरो रहनेछ । पोलिटब्यूरोको एक तिहाइ स्थायी समिति सदस्य रहनेछ ।

अध्यक्षको नेतृत्वमा उपाध्यक्ष र महासचिवसहितको आवश्यक संख्यामा केन्द्रीय कार्यालय र महासचिवको नेतृत्वमा केन्द्रीय सचिवालय गठन हुनेछन् । १५/१५ सदस्यीय केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा परीक्षण आयोग र केन्द्रीय निर्वाचन आयोग गठन हुनेछन् । राष्ट्रिय परिषद्, केन्द्रीय सल्लाहकार समिति र केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्च पनि गठन हुनेछ ।

यसैगरी, प्रदेश समितिमा अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्षसहित बढीमा १७५ सदस्य रहनेछन् । काठमाडौं उपत्यका विशेष समिति बन्नेछ । जहाँ अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सह सचिवसहित १५१ सदस्य रहनेछन् ।

काठमाडौँ उपत्यकामा अस्थायी बसोबास गर्ने संगठित सदस्यहरूमध्येबाट प्रदेश समिति स्तरको अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सह सचिवसहित १५१ सदस्यीय सम्पर्क समन्वय समिति गठन हुनेछ ।

माओवादीको निर्वाचन आयोगका प्रमुख श्रेष्ठ यसपटक पार्टीका सबै तहका सबै संरचनामा निर्वाचित भई ३ लाख भन्दा बढीले जिम्मेवारी लिने बताउँछन् । ‘करिब ३ लाख कार्यकर्ता निर्वाचत भई जिम्मेवारीमा आउनेछन्’ उनले भने ।

उनका अनुसार केन्द्रीय समिति पार्टीको महाधिवेशन प्रतिनिधिबाट निर्वाचित हुनेछन् र केन्द्रीय समितिका पदाधिकारी, स्थायी समिति र पोलिटब्यूरो सदस्य केन्द्रीय समितिका सदस्यहरूको मतबाट निर्वाचित हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...