काठमाडौं –
एमाले उपाध्यक्ष भीम रावलले पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गर्ने भएका छन् । रावलले आइतबार राजधानीमा विशेष पत्रकार सम्मेलन गरेर अध्यक्षमा उम्मेदवारी घोषणा गर्न लागेको रावलका सहयोगी एकिन्द्र कुँवरले जानकारी दिए ।
‘आज विशेष पत्रकार सम्मेलन गरेर १० औं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गर्न लाग्नुभएको छ’, उनले भने । रावलले टीम बनाएरै चुनाव ल ड्नेगरी तयारी थालेको बताइएको छ ।
चितवनमा आगामी मंसिर १०–१२ सम्म हुने महाधिवेशनमा वर्तमान उपाध्यक्ष रावलले उम्मेदवारी दिने भएसँगै केपी ओलीको सर्वसम्मत अध्यक्ष बन्ने योजनामा धक्का लाग्ने देखिएको छ ।
एमाले संस्थापनले महाधिवेशनबाट अध्यक्षसहितको पदाधिकारी सर्वसम्मतरुपमा छान्ने कसरत गर्दै आएको छ । तर, ओलीको क्रियाकलापप्रति अ’स’न्तुष्ट रावल लगायतले पार्टी रुपान्तरण हुनुपर्नेमा जोड दिँदै आएका छन् ।
एमालेका तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालसँग निकट मानिने रावल लगायत नेपालले पार्टी फुटाउँदा भने एमालेमै संघर्ष गर्ने भन्दै साथ दिएका थिएनन्। रावलले पार्टीभित्र निरन्तर आफ्नो असन्तुष्टि राख्दै आएका छन् ।
यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री नियुक्त नगरेपछि नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अ स न्तु ष्टि व्यक्त गरेका छन् ।
आइतबार विद्यार्थी संगठनहरुले पेट्रोलियम पदार्थको कर घटाइ मूल्यवृद्धि फिर्ता लिन माग गर्दै बुझाएको ज्ञापन पत्र लिँदै अध्यक्ष नेपालले पेट्रोलियम पदार्थको मूल्यवृद्धिलाई लिएर सरकार ग म्भी र हुनुपर्ने बताएका हुन् ।
उनले सरकार गम्भीर बन्न सकेन भने सत्ताधारी पार्टीहरुले त्यसमा चासो र सरोकार राख्नुपर्ने बताए । अध्यक्ष नेपालले सरकारमा अहिले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय खाली रहेको भन्दै मन्त्री नपाइए एकीकृत समाजवादीले मन्त्री दिने समेत बताए ।
उनले पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुनुमा राजनीतिक कारण हुनसक्ने तर त्यसैकरणले जनतालाई पी डा दिएर कर वृद्धि गर्न नमिल्ने बताए ।अध्यक्ष नेपालले भने, ‘सम स्याको कारण पनि खोज्नु पर्यो समाधान पनि निकाल्नु पर्यो ।
यसको निमित्त सबैभन्दा पहिले सत्तामा बसेको पक्ष अर्थात् सरकार ग म्भी र बन्नुपर्यो । एउटा सम स्या भनेको मन्त्रीको जिम्मेवारी नदिएर पनि बि ग्रिएको छ । मन्त्री भइदियो भने हुन्छ । प्रधानमन्त्री आफैंले सबै कुराहरुलाई राम्रोसँग बुझ्न, समय दिन सक्दैनन् ।
त्यसको निम्ति हामीले भनिरहेका छौं, अरु कोही नपाइए हामी छँदै छौं नि मन्त्री दिने भनिरहेका छौं । सुन्दैनन् । यसको पछाडि राजनीतिक कारण होला, जनतालाई पीडामा वेदनामा पुर्याएर कर वृद्धि गर्ने कुरा पनि हुन सक्दैन । बोर्डरमा भएका स मस्यालाई समाधान गर्ने उपायहरु खेज्नु पर्दछ । जनतालाई रोजगारी प्रदान गर्ने बारेमा बृहत योजनाको खाँचो छ ।’
अध्यक्ष नेपालले खाना पकाउने ग्याासमा १२ दिनमा १२५ रुपैयाँ प्रतिसिलिण्डर मूल्य वृद्धि गर्नु जनतामाथि अ त्या चार भएको बताए ।
नेपालले रक्सौलमा पेट्रोलियम पदार्थ आउने पाइपलाइन जोडिसकेपछि पनि तेलको मूल्य महँगो भइरहेकोमा अचम्म लागेको बताए । उनले बाटोमा हुने चोरी र नोक्शानीको बारेमा हिसाबकिताब हुनुपर्ने बताए ।
अध्यक्ष नेपालले सत्तामा हुँदा र बाहिर हुँदा पनि जनतासँग जोडिने र जनताको आवाजलाई सत्तासम्म पुर्याउने जिम्मेवारी राजनीतिक दलहरुको भएको बताउँदै सडकसँग सधैं जोडिरहनु पर्ने बताए ।
उनले सडकसँग जोडिनु जनताको लोकप्रिय आन्दोलनल, जनभावना, जनपीडा र जनवेदनासँग जोडिनु रहेको बताए । अखिल क्रा न्ति का री, अनेरास्ववियू र समाजवादी विद्यार्थी यूनियन लगायतका ५ विद्यार्थी संगठनहरुले पेट्रोलियम पदार्थमा भएको
करको दायरा घटाइ मूल्यवृद्धि फिर्ता लिनुपर्ने माग राखेका छन् । विद्यार्थी संगठनले सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नलिए कठोर आ न्दो लनमा उत्रिने चे ताव नी दिएको छ ।























