एमालेमा फेरि प हि रो : कर्णालीलाई एमालेमुक्त बनाउने घोषणा गर्दै युवाहरु एकिकृत समाजवादीमा प्रवेश

कालिकोट –

एमालेमा फेरि पहिरो : कर्णालीलाई एमालेमुक्त बनाउने घोषणा गर्दै सयौको सङ्ख्यामा युवा एसमा प्रवेश

जिल्लाको पलाँता गाउँपालिकामा विभिन्न पार्टी परित्या गरि ३६ घरधुरी नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन् ।

गाउँपालिका वडा नम्बर ३ मा आइतबार नेपाली कांग्रेस निकट नेपाल बिधार्थी संघ कर्णाली प्रदेश कमिटी सदस्य रेशम रोकाय, कांग्रेसका स्थानीय नेता

ज्ञानेन्द्र शाही, नेकपा एमालेका पूराना नेता रणजित शाही र एमालेका युवाहरु गजेन्द्र बम, प्रेम बमलगाएत ३७ घरधुरीले समाजवादी पार्टी रोजेका छन्।

एकीकृत समाजवादी पार्टीका जिल्ला सचिव चित्र सिंह (गाउँले) का अनुसार पलाँता गापा वडा नम्बर ७ का एमाले नेता कल बमसहित केही नेता कार्यकर्ताहरु नेकपा (एकीकृत समाजवादी) मा समाहित भएका छन्।

विभिन्न पार्टी परित्याग गरि एकीकृत समाजवादीमा प्रवेश गर्नेहरुलाई पार्टी अध्यक्ष विश्वराज बम, सचिव गाउँले, युवा संघका केन्दीय सदस्य मेघराज शाहीले पार्टीमा स्वागत गरेका छन्।

यो पनि : बीमा समितिले दुर्घटना बीमाको दर तोकेको छ । समितिले दुर्घटना बीमा निर्देशिका २०७८ मार्फत पहिलो पटक दर तोकेको हो । यसअघि बीमा कम्पनीहरुले आफै दर तोक्दै आएका थिए । यसो हुँदा कम्पनीपिच्छे फरक दर रहँदै आएको थियो ।  

निर्देशिका अनुसार अब एक वर्षका लागि जारी गरिने बीमा लेखमा एक महिनासम्मका लागि वार्षिक बीमा शुल्कको २५ प्रतिशत, एक देखि तीन महिनासम्मका लागि ४० प्रतिशत, तीन देखि ६ महिनासम्मका लागि ६० प्रतिशत र ६ महिनादेखि १ वर्षसम्मका लागि शतप्रतिशत दर तोकिएको छ ।

व्यक्तिगत दुर्घटना र सामूहिक दुर्घटना गरी दुई प्रकारका बीमा लेख जारी गर्न सकिनेछ । दुर्घटना बीमालेख एक वर्षभन्दा वा सो भन्दा कम समयावधिका लागि मात्र जारी गर्न सकिने व्यवस्था छ ।

‘व्यक्तिगत दुर्घटना बीमा दर न्यूनतम प्रतिव्यक्ति प्रति हजार दुई रुपैयाँ तोकिएको छ,’ निर्देशिकामा भनिएको छ ।

सामूहिक दुर्घटना तर्फ दुई देखि २५ जनासम्मको समूहका लागि प्रतिव्यक्ति प्रतिहजार न्यूनतम दुई रुपैयाँ, २५ देखि १ सय जनासम्मका लागि प्रतिव्यक्ति प्रतिहजार न्यूनतम १ रुपैयाँ ७५ पैसा र १ सय भन्दा बढीका लागि प्रतिव्यक्ति प्रतिहजार न्यूनतम १ रुपैयाँ ५० पैसा बीमा दर तोकिएको छ ।

बीमा शुल्क गणना गर्दा प्रतिबीमालेख १ सय रुपैयाँभन्दा कम बीमा शुल्क लिन नपाइने र बीमालेख जारी गर्दा बीमा शुल्क दर तथा रकम प्रष्ट ढंगले खुलाउनु पर्ने प्रावधान छ ।

यस्तै, बीमकले व्यक्ति वा व्यक्तिहरुको समूहका लागि मात्र बीमालेख जारी गर्न सक्ने व्यवस्था छ ।

बीमालेखमा उल्लेख गरिएको बीमा अवधिभित्र दुर्घटनाबाट बीमितको मृत्यु भएमा बीमांकको अतिरिक्त दुर्घटना बीमा बापत बीमितलाई २ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने व्यवस्था निर्देशिकामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...