धनगढी –
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्र विक्रम चन्द (विप्लव)ले माओवादी केन्द्रसँग एकता गर्ने बताएका छन् ।
तर, त्यसका लागि माओवादीले जनाताका पक्षमा काम गर्नु पर्ने सर्त रहेको उनको भनाइ छ ।
धनगढीमा आयोजित दलित मुक्ति मोर्चाको पाँचौं राष्ट्रिय सम्मेलनमा विप्लवले एकता सम्भव रहेको भन्दै अघि भने, ‘माओवादी केन्द्रसँग एकता सम्भव छ, हामी गर्ने नै हो तर त्यसका लागि जनताको पक्षमा काम गर्नुपर्छ । हामी पद, पैसा र कुर्सीको प्रलोभनमा परेर एकता गर्दैनौं ।’
उनले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारसँग भएका सहमति अहिलेको सरकारले कार्यान्वयन नगरेको भन्दै ध्यानाकर्षणसमेत गराएका छन् ।
गठबन्धन सरकारसँग ती सर्तहरू पूरा गर्न आग्रह गरिररहेको उनले बताए । हालै सरकारले पेट्रोलियम पदार्थमा वृद्धि गरिको शुल्क पनि फिर्ता गर्न विप्लवको माग छ ।
शनिबार बिहान उनले कैलाली कारागारका कैदीबन्दीहरूसँग समेत भेटघाट गर्दै त्यहाँको अवस्थाका विषयमा जानकारी लिएका थिए ।
विप्लवले पद र सत्ताका लागि मात्र कम्युनिस्टहरूसँग एकता गर्न नसकिने बताएका छन् । सम्मेलनलाई सम्बोधन गर्दै उनले विचार र मु’द्दाका आधार भने एकता सम्भव भएको बताए ।
‘अहिलेको संसदीय व्यवस्था मानेर मन्त्री खान, मुख्यमन्त्री खान, कुर्सीका लागि एकता हुँदैन,’ उनले भने, ‘अहिलेको संसदीय व्यवस्था खारेज गर्न सहमत भए एकताका लागि तयार छौँ,’ उनले भने ।
उनले सबै कम्युनिस्ट एकै ठाउँमा आऊन् भन्ने आफ्नो पनि चाहना रहेको भन्दै वर्तमान संविधान खारेज गरी कार्यकारी राष्ट्रपतीय शासन प्रणाली लागू हुनुपर्ने धारणा राखे ।
निमुखा जनता र राष्ट्रको पक्षमा बोल्दा विगतमा कम्युनिस्टलाई कम्युनिस्ट पार्टीले नै प्र’ति’ब’न्ध लगाएको भन्दै दुःख व्यक्त गरे । उनले अहिले सत्तामा रहेकाले नै दलितमाथि वि’भे’द गरेको दाबी गरे ।
सम्मेलन सुरु हुनुअघि धनगढीमा प्रदर्शन गरिएको थियो । २९ कात्तिकसम्म हुने सम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछ ।























