के चुनावमा काँग्रेससँग माओवादीको तालमेल हुन्छ त ? गगन थापाले खुलाए यस्तो भित्रि कुरा

काठमाडौं – नेपाली कांग्रेस का नेता गगनकुमार थापाले सर्वोच्च अदालतमा देखिएको विवादबारे नबोलेमा पार्टीले ठूलो क्ष ति व्यहोर्ने बताएका छन् ।

सिन्धुलीको कमलामाई नगरपालिका कांग्रेसको वडा अधिवेशनलाई सोमबार सम्बोधनका क्रममा नेता थापाले यस्तो बताएका हुन्।

‘अदालतको संघर्षमा सत्यको पक्षमा कांग्रेस उभिनु आवश्यक भइसकेको छ । अदालतको न्यायिक नेतृत्वमा आएको विचलनमा कांग्रेसले नबोले ठीक हुँदैन’, थापाले भने, ‘कांग्रेसले अदालतको विषयमा सही ठाउँमा उभिएन भने, सत्यको पक्षमा उभिएन भने लाखौँ मतदाता गुमाउँछ ।’

२०७४ सालको स्थानीय निर्वाचनका क्रममा कांग्रेसले कार्यकर्तालाई चितवनमा हँसियामा भोट हाल्न लगाउँदा काठमाडौंका मतदाता गुमाएको पनि थापाले बताए ।

‘चितवनको निर्वाचनमा कांग्रेसले हँसिया हथौडा (माओवादीको चुनाव चिन्ह) मा मत हाल्नुपर्छ भन्दा काठमाडौंमा मतदाता गुमायो’, उनले भने, ‘चितवन प्रकरणले कांग्रेसका लाखौँ मतदाता रि’सा’ए । हामीले अब पनि हाम्रा ३२ लाख मतदाता रि’सा’उने काम गर्नु हुँदैन । अदालतबारे नबोलेमा कांग्रेसले अझै मतदाता गुमाउँछ ।’

उनले अबको निर्वाचनमा ३० लाख नयाँ मतदाता थपिने बताउँदै तिनलाई पनि रुखमा भोट हाल्ने बनाउनुपर्नेमा जोड दिए ।

‘अब ३० लाख नयाँ मतदाता थपिँदैछन् । ३० लाखबाट ठूलो संख्यामा कांग्रेसलाई मत हाल्ने बनाउनुपर्छ’, उनले भने, ‘हामीले हिजो कांग्रेस छाडेर गएका पुराना मतदाता र नौजवान मतदातालाई कांग्रेस नेतृत्वको अनुहार र फोटो देखाएर मत हाल्नुस् भन्नुछ । बजारमा टोलमा भन्न पाउनुपर्ने नेतृत्व नछाने गा’ह्रो छ । कांग्रेसले राम्रो नेतृत्व छानेमा १० लाख मतदाता थपिन्छन् ।’

यो पनि पढनुहोस : यस अघि ओलि नेतृत्वको सरकारमा पहिलोपटक बनमन्त्री हुदा हासो ठट्टामा उडाइएका वर्तमान पर्यटनमन्त्री प्रेम आलेले कमाल गर्न थालेका छन् ।

उनले पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हालेपछि प्रशंसायोग्य कामहरु गर्न थालेका हुन् । यसैबीच, त्रिभुवन विमानस्थलको गोल्डेन गेटबाट आन्तरिक टर्मिनल भवनको अगाडिसम्म अब निःशुल्क सवारी साधनको व्यवस्था भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका दुई वटा माइक्रोबसलाई सो प्रयोजनका लागि उपयोगमा ल्याइएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आलेले सोमबार विमानस्थल मै पुगेर उक्त सेवाको प्रारम्भ गरेका हुन् ।

मन्त्री आलेको सचिवालय स्रोतका अनुसार अहिले दुई वटा बसबाट सेवा शुरु गरिएको हो । थप दुई वटा बसको व्यवस्था गर्न समेत प्राधिकरणलाई मन्त्री आलेले निर्देशन दिएका छन् ।

यसअघि आन्तरिक उडानबाट आएका यात्रुलाई ट्याक्सीले अत्यधिक मूल्य लिएको भन्दै गुनासो आएको थियो । अब यस्तो सवारी शुरु भएसँगै गोल्डेन गेटबाट पैदल यात्रा गरि टर्मिनल पुग्नुपर्ने यात्रुले सवारी साधन प्रयोग गर्न सक्नेछन् ।

साथै विमानस्थलबाट बाहिर निस्किएपछि समेत यात्रुले यी बसबाट निःशुल्क गोल्डेन गेटसम्म झरेर यहाँबाट सार्वजनिक यातायात चढेर गन्तब्यसम्म जान सक्नेछन् ।

प्लेनको टिकटभन्दा एयरपोर्टका ट्याक्सी भाडा महंगो भएको गुनासो आएपछि यस्तो व्यवस्था गरिएको सचिवालयको भनाइ छ । मन्त्री आलेले आजै गोल्डेन गेट र आन्तरिक टर्मिनल भवन अगाडि यात्रुको सुविधाका लागि संरचना बनाउन समेत भनेका छन् ।

यात्रुले आफ्नो ब्याग बिसाएर गाडी कुर्न उपयुक्त हुने खालको संरचना बनाउन मन्त्री आलेले प्राधिकरणलाई निर्देशन दिएका हुन् । संरचना निर्माणको काम मंगलबार बाटै शुरु हुने बताइएको छ ।

यस्तै यता नेपाली उडान क्षेत्रमा नयाँ आयाम थपिने भएको छ । एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल रहेको नेपालमा भैरहवाबाट समेत अन्तर्राष्ट्रिय उडान हुनेगरि अर्को विमानस्थल संचालनमा आउने भएको हो ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान (क्यालिब्रेशन फ्लाइट) गर्न थाइल्यान्डको एरो थाईले अनुमति पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले पूर्व सम्झौताअनुसार एरो थाईलाई क्यालिब्रेशन फ्लाइट गर्न अनुमति दिएको हो ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको भैरहवा (रुपन्देही) मा निर्माण गरिएको गौतमबुद्ध विमानस्थल क्यालिब्रेशन फ्लाइटका लागि तयारी अवस्थामा छ ।

क्यालिब्रेशन फ्लाइट भनेको विमानस्थलमा विमान उडान र अवतरणका साथै अन्य कार्य निर्देशित गर्न धावनमार्ग, टावरलगायतका क्षेत्रमा जडान भएका उपकरणले काम गरेका छन् या छैनन् भनेर परीक्षण गर्ने प्रक्रिया हो । यसका लागि जहाज नै ल्याएर उडान अवतरण गर्नुपर्छ ।

एरो थाईले क्या​लिब्रेशन फ्लाइट गर्ने अनुमति पाएसँगै परीक्षण उडानको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले जानकारी दिए । उनका अनुसार अबको एक महिनाभित्रै परीक्षण उडान हुनेछ ।

त्यसबीचमा प्राधिकरणले आन्तरिक तयारी गर्नेछ । एरो थाई थाइल्यान्डको प्रतिष्ठित हवाई कम्पनी हो । थाई एअरवेजका लागि एटीसीलगायत प्राविधिक जनशक्ति एरो थाईले उपलब्ध गराउने गरेको बताइन्छ ।

आउँदो नोभेम्बर २२ तारिखमा एरो थाईले प्राविधिक जनशिक्तसहित नेपालमा जहाज ल्याएर प्रक्रिया पूरा गरी क्यालिब्रेशन फ्लाइट गर्ने प्राधिकरणले जनाएको छ । यो काम एक हप्ता अवधिको हुनेछ ।

को’भि’ड–१९ महा’मारीका कारण अघिल्लो वर्ष नै उद्घाटन गर्ने भनिएको यो आयोजना केही ढिला भएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको निर्देशनअनुसार प्राधिकरणले क्यालिब्रेशन फ्लाइटको टुङ्गो लगाएको हो ।

महानिर्देशक क्षेत्रीले भूकम्प, नाकाबन्दी तथा ठेकेदारले बेलैमा पैसाको जोहो र निर्माण सामग्री गर्न नसक्नुले पनि आयोजना सम्पन्नमा ढिलाइ भएको छ । पालिकासँगको समन्वय गर्न नसक्नु तथा पछिल्लो को’भि’ड–१९ महा’मा’रीका कारण आयोजना प्रभावित बनेको थियो ।

परीक्षण उडान गरेपछि अन्तर्राष्ट्रिय वायु सेवालाई नियमित उडानका लागि आह्वान गरिने छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अबको पाँच महिनामा अन्तर्राष्ट्रिय उडान हुने जनाइएको छ । विमानस्थलको प्राविधिक स्थितिको काम लगभग सकिसकेकाले अबको पाँच महिनामा अन्तर्राष्ट्रिय उडान हुने पक्का भएको हो ।

सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्ने गरी सन् २०१५ को सुरुमा थालनी भएको विमानस्थलको काम बीचमा ठेकेदार कम्पनीको ला’प’र्बा’हीले अव’रो’ध भएको थियो । पछि थपिएको दुई वर्षको अवधिमा आयोजनाको काम उल्लेख्य रूपमा प्रगति भयो ।

पछिल्लो पटक सन् २०२० को मार्च महिनासम्मका लागि विमानस्थलको निर्माण अवधि थपिएको थियो । प्राविधिक कारण ढिलाइ भएको यो आयोजनालाई कोरोनाको सन्त्रासले थप विलम्ब बनाएको हो ।

विमानस्थल चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएशन कन्स्ट्रक्शन ग्रुपले निर्माण गरेको हो । एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भएको यो आयोजनाका लागि दुवै चरणमा गरी सात अर्ब ३२ करोड रुपैयाँ हाराहारी खर्च हुने प्राधिकरणले जनाएको छ ।

कुल ४५ मिटर चौडाइ र तीन हजार मिटर लामो धावनमार्गको यो विमानस्थललाई व्यावसायिक सञ्चालनमा आउँदा अहिलेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप न्यूनीकरण हुने विश्वास लिइएको छ ।

प्राधिकरणका अनुसार अहिले ८० प्रतिशत भौतिक प्रगति सकिएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पनि अबको ६ महिनामा परीक्षण उडान हुने गरी तयारी भइरहेको छ ।

आन्तरिक विमानस्थलको सुदृढीकरण गर्दै आवश्यकताका आधारमा विमानस्थल सञ्चालन गर्न तथा धनगढी लगायत विमानस्थलको स्तरोन्नतिको काम पनि सुरु भइसकेको प्राधिकरणले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...