काठमाडौं –
आउने चुनावमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई हराउन एमालेले हरसम्भव प्रयास गरिरहेका छ । यसैको निरन्तरता स्वरुप राप्रपाका नेता विक्रम पाण्डेलाई नेकपा (एमाले)मा प्रवेश गर्ने तयारी भएको हो ।
यसअघि चितवनमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पराजित भएका पाण्डे आगामी निर्वाचनलाई लक्षित गरे एमाले प्रवेश गर्न लागेका हुन् ।
एमालेका प्रभावशाली नेता महेश बस्नेतले पाण्डे आफ्नो पार्टीमा प्रवेश गर्ने अन्तिम तयारी भैरहेको खुलासा गरेका छन् । प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै बस्नेतले यस्तो बताएका हुन् ।
उनले पाण्डे एमाले प्रवेश गरे चितवनमा प्रचण्ड विरु’द्ध चुनाव ल’ड्ने र जित्ने समेत दाबी गरे । बस्नेतले पाण्डे कहिले एमालेमा प्रवेश गर्दैछन् ? भनेर मिति भने खुलाएनन् । पाण्डे नेपालको निर्माणसम्बन्धी अग्रणी कम्पनी कालिका कन्स्ट्रक्सनका मालिक हुन् ।
उनको व्यवसाय नेपालमा मात्रै नभएर अमेरिकासम्म फैलिएको छ । उनी विकास प्रेमी नेताको रुपमा परिचित छन् । उनले चितवनमा धेरै विकास गरेको त्यहाँका जनताले बताउने गरेका छन् ।
य’द्धपी पाण्डे स्वयमले भने एमालेमा प्रवेश गर्ने वा नगर्ने भन्नेबारे अहिलेसम्म सार्वजनिक रुपमा कतै केही बोलेका छैनन् । ओलीले महत्वपूर्ण शक्ति आफूविरु’द्ध लगाउने देखेर प्रचण्डले चितवनमा महाभारतको जस्तो ल’डा’ईं हुन लागेको टिप्पणी गरेका छन् ।
उनले चितवन कुरुक्षेत्रमा परिणत हुन लागेको बताएर तरंग ल्याइदिएका छन् । यसकारण पनि प्रचण्डलाई चितवनबाट चुनाव जित्न सजिलो छैन । गत निर्वाचनको मत परिणामलाई दृष्टिगत गर्दा माओवादीको मात्र मतले प्रचण्ड चुनाव जित्ने सम्भावना कमजोर छ ।
उनले अर्को शक्तिशाली दलसँग कुनैपनि किसिमको गठबन्धन गर्नुपर्ने हुन्छ । नेपाली काँग्रेस या राप्रपाको साथ पाएमात्र प्रचण्डलाई सजिलो हुन्छ । तर, त्यो सम्भावना लगभग छैन । चितवन काँग्रेसको बलियो गढ हो ।
एमालेबाट विभाजित नेकपा एसको चितवनमा पकड कमजोर छ । चितवनबाट निर्वाचित एमाले सांसदहरु सुरेन्द्र पाण्डे र कृष्णभक्त पोखरेल दुवै ओलीको साथमा लागेका छन् ।
प्रचण्डले चितवनलाई निर्वाचन क्षेत्र बनाएपनि त्यहाँ माओवादीको पकड खासै बलियो भने छैन । उनले रणनीतिक चातुर्यताले चुनाव जितेका हुन् ।
यो पनि पढनुहोस : अमेरिकी सहयोग परियोजना (एमसिसी) बारे सत्ता गठबन्धनका दुई शीर्ष नेताको परस्पर वि’रो’धी धारणाले यसको भविष्य थप अन्योलमा परेको छ ।
स्कटल्यान्डको ग्लास्गोमा भएको जलवायु सम्मेलन कोप–२६मा सहभागी भई बिहीबार स्वदेश फर्केका प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एमसिसी पास गर्ने भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र आफूले हस्ताक्षर गरेर अमेरिकालाई पत्र पठाएको बताएका थिए ।
देउवाको भनाइ सार्वजनिक भएलगत्तै दाहालले एमसिसी परियोजना पास गर्ने भनेर कुनै सहमति नबनेको दाबी गरे । उनले एमसिसी मुख्यालयलाई पत्र पठाएको सत्य भए पनि पास गर्ने भन्ने कुराचाहिँ सत्य नभएको बताए ।
दाहालले एमसिसी परियोजनाबारे नेपालमा विवाद भएका कारण प्रमुख दलहरूबीच सहमति बनिनसकेको भन्दै पत्रमा अरु छलफलका लागि समय थप गर्न आग्रह गरिएको दाबी गरे ।
‘एमसिसी पास गर्ने विषयमा पत्र पठाएका होइनौं । म्याद थप गर्नका लागि मात्रै पत्र पठाएका हौं, ’उनले भने।प्रधानमन्त्री देउवाले कोप–२६ सम्मेलनका अवसरमा एमसिसीका उपप्रमुख कार्यकारी अधिकृत एलेक्सिया ल्याटोर्तुसँग भेटवार्ता गरेका थिए ।
देउवाले उनलाई गठबन्धनका सहयात्री दलहरूसँग एमसिसीका विषयमा छलफल भइरहेको जानकारी गराएका थिए । देउवाका अनुसार भेटमा ल्याटोर्तुले संसद् किन तत्कालै बन्द गरेको भनेर पनि सोधेका थिए ।
‘हामी गठबन्धनका दलबीच सहमति बनेपछि पत्रकार सम्मेलन गरेर एमसिसी पास गराउने विषयमा जानकारी दिनेछौं । संसद् अन्य कारणले नै बन्द गरेका हौं ।
अध्यादेश ल्याउनुपर्ने कारणले रोकेका हौं । मैले उनीहरूलाई जानकारी गराएँ,’विमानस्थलमा पत्रकार सम्मेलनमा देउवाले भनेका थिए ।
एमसिसी उपाध्यक्ष फातिमा सुमारको नेपाल भ्रमणपछि नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवा र माओवादी केन्द्रका अध्यक्ष दाहालले एमसिसीलाई पत्र पठाएको विषय अहिलेसम्म गोप्य राखिएको थियो ।
सरकारले तिहारअघि संसद् अधिवेशन बन्द गरेलगत्तै एमसिसी मुख्यालयले असन्तुष्टिसहितको विज्ञप्ति जारी गरेको थियो ।























