बेथानचोकको गाउँपालिका-४ मा बन्यो सिद्धेश्वर महादेव मन्दिर

काभ्रे – बेथानचोक गाउँपालिका वडा नं. ४ मा निर्मित सिद्धेश्वर महादेव मन्दिर निर्माण गरिएको छ ।

बेथानचोक गाउँपालिकाको वहुवर्षीय कार्यक्रम अन्तर्गत १२ लाख लागतमा बनेको सो मन्दिर वडाको सोली थुम्कामा बनेको हो । मन्दिरमा १ लाख १६ हजारको चतुर्मुख शिवलिङ्ग राखिएको छ । स्थानीय बुद्धिमाया तामाङले प्रदान गरेको चतुर्मुख शिवलिङ्ग राखिएको छ ।

शुक्रवार मन्दिर उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष भगवान अधिकारीले स्थानीय कला, धर्म, संस्कृति र सम्पदाको संरक्षण, संवद्र्धन र निर्माणमा गाउँपालिकाले योगदान दिँदै आएको बताउनु भएको छ साथै बनेका सम्पदा संरक्षणमा स्थानीयको पनि उत्तिकै भूमिका भएकोले गाउँपालिका भित्रका सम्पदा संरक्षणमा सबैले हातेमालो गर्नु पर्ने उहाँको भनाई थियो ।

कार्यक्रममा वडा सदस्यहरु दिलकुमारी तामाङ, कर्ण तामाङ, चन्द्रबहादुर नगरकोटी, पूर्व वडा अध्यक्ष लालबहादुर श्रेष्ठ, न्यायिक शाखा प्रमुख श्रीकृष्ण तिमल्सिना, प्राविधिक दिपक प्रसाद हुमागाई, दलीय प्रतिनिधिहरु प्रेमप्रसाद श्रेष्ठ, भुवन कार्की र स्थानीयहरुको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...