बेथानचोकमा एसईई विद्यार्थीका लागि क्यारियर काउन्सेलिङ कार्यक्रम सम्पन्न !

काभ्रे – गुरुपूर्णिमाको अवसर पारेर बेथानचोक गाउँपालिका वडा नं. ३ ले विहीवार वडाभित्र स्थायी बसोबास गर्ने एसईई उत्तीर्ण ३० जना विद्यार्थीहरूका लागि क्यारियर काउन्सेलिङ कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त क्यारियर काउन्सेलिङ कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष भगवान अधिकारीले विद्यार्थीहरूले ज्ञान र सीप सिकेर बेथानचोकको समृद्धिमा योगदान पुगोस् भन्ने अपेक्षा राखेको बताउनुभएको छ साथै अधिकारीले स्थानीय सरकार सधैं विद्यार्थीको हितमा काम गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

कार्यक्रममा बेथानचोक गाउँपालिकाका उपप्रमुख तारा राना तिमल्सिनाले आफ्ना अनुभव साझा गर्दै विद्यार्थीहरूको उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरिन् ।

कार्यक्रमका सभापति एवं वडा नं‍ ३ का अध्यक्ष कुबेर ढकालले विद्यार्थीहरूलाई रुचि र क्षमताअनुसार उपयुक्त विषय छनोट गरेर भविष्यमा सफल बन्न शुभकामना व्यक्त गरे ।

उक्त कार्यक्रममा करियर काउन्सेलर बासुदेव घिमिरेले प्रमुख प्रशिक्षण दिएका थिए । साथै, बेथानचोकबाट अध्ययनको यात्रा शुरू गरेर विभिन्न क्षेत्रमा सफल भएका व्यक्तित्वहरूले आफ्ना अनुभवहरू विद्यार्थीहरूसँग बाँडेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...