भुम्लु गाँउपालिकाले गरे विद्यार्थीलाई छ्वालीका हस्ताकला तालिम !

काभ्रे– भुम्लु गाँउपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीलाई छ्वालीका हस्ताकला तालिम दिएको छ ।

शिक्षा, युवा तथा खेलकुद शाखाले शिक्षालाई सिपसँग जोड्ने उद्देश्य सहित तालिम सञ्चालन गरेको हो । तालिममा कक्षा ८,९ र १० का विद्यार्थीहरु सहभागी भएका थिए ।

छ्वालीका हस्तकला निकै प्रभावकारी भएको भुम्लु गाउँपालिका अध्यक्ष प्रेम बहादुर भुजेलले बताउनुभएको छ साथै अध्यक्ष भुजेलले पालिका भित्र रहेको सबै जसो सामुदायिक विद्यालयमा यो सिपको विस्तार गर्ने बताउनु भएको छ ।

तालिम असार १७ गते देखि असार २१ गते सम्म ५ दिन सञ्चालन भएको थियो । उक्त तालिमबाट ४० जना विद्यार्थीले सहभागी जनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...