तेमाल गाउँपालिकाले चणिकलाललाई गरे नगद सहित सम्मान !

काभ्रे – काभ्रेको तेमाल गाउँपालिकाले चणिकलाल तामाङलाई तेमाल गाउँपालिकाले नगद सहित सम्मान गरिएको छ । गाउँपालिकाको १७ औं अधिवेशनमा तामाङलाई १ लाख ११ हजार १ सय रुपियाँ नगद सहित सम्मान गरिएको हो ।

गत असोजमा ललितपुरको नख्खु खोलामा आएको बाढीमा बगेका दुई जनाको ज्यान जोगाएर साहसिक कार्य गरी तेमाल गाउँपालिकाको नाम उच्च बनाएकोमा चणिकलाललाई अध्यक्ष चन्द्रबहादुर तामाङ र उपाध्यक्ष दलमान थोकरले सम्मान पत्र र नगद सहित सम्मान गरेका हुन् ।

गत असोज १२ गते नख्खु खोलाको बाढीले बगाएका रौतहट घर भई ललितपुर महानगरपालिका–२५ सुगम बस्ती टोल बस्ने ४३ वर्षीय राजु साह र उनकी छोरी ६ वर्षीया मेघनालाई उद्धार गरी चणिकलालले बचाएका थिए ।

गत असोज १२ गते नख्खु खोलाको बाढीले राजु र उनकी छोरी मेघनालाई बगाएर करिब ३ सय मिटर तल पुर्‍याइसकेको थियो । त्यस क्रममा बाढीमै हेलिएर चणिकलाले उनीहरूलाई उद्धार गरी अस्पताल पुर्‍याएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...