चाै‌रीदेउरालीका सबै विद्यालयहरु म‌गलबार सम्मका लागि बन्द रहने

काभ्रे – काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिका भरिका विद्यालयहरु असोज १५ गतेसम्मको लागि बन्द रहने भएको छ । गाउँपालिका अध्यक्ष रेणुका चौंलागाईंद्वारा हस्ताक्षरित सूचना जारी गर्दै सोको जानकारी दिएका हुन् ।

अध्यक्ष चौंलागाईंद्वारा जारी सूचनामा भनिएको छ, ‘यहि मिति २०८१ साल असोज महिनाको ११ गतेदेखि देशैभरी भएको अबिरल वर्षाको कारण यस चौंरीदेउराली गाउँपालिकाको समेत अधिकांश स्थानहरुमा बाढी, पहिरो र भू-क्षय जस्ता प्राकृतिक विपत्तीका कारण ठुलो जन-धनको क्षति भएको प्रति यस गाउँपालिका स्तब्ध छ ।

साथै विपद्को यस घडीमा यस गाउँपालिका भित्रका सम्पूर्ण विद्यालयहरुको पठनपाठन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मिति २०८१/०६/१२ गतेको विज्ञप्ति अनुसार २०८१/०६/१५ गतेसम्म बन्द रहने साथै यस दुःखको घडीमा विपद्मा परेका स्थानहरुमा आफ्नो तर्फबाट सक्दो सहयोग र उद्धारका लागि खटिनुहुन यस गाउँपालिका भरिका सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, शिक्षक, राजनैतिक दल, नागरिक समाज, समाजसेवी, बुद्धिजीवि तथा सम्पूर्ण संघ संस्थाहरुलाई तदारुकताका साथ उद्धार तथा राहत कार्यमा सहभागी हुन हार्दिक अनुरोध गर्दछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...