काभ्रेको पनौतिमा करेन्ट लागेर एक जनाको मृत्यु !

काभ्रे – काभ्रेमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । काभ्रेको पनौतीमा निर्माणाधीन प्रहरी एकेडेमी भवनको ढलान गर्ने क्रममा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको हो ।

करेन्ट लागेर सप्तरी अग्निसाइरा कृष्ण सभरनका मजदुर सबिन चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । आइतबार साँझ ५ बजे करेन्ट लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए ।

प्रहरीका अनुसार उनलाई उपचारका लागि  धुलिखेल अस्पताल लगिएकोमा साँझ ७  बजे मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...