घट्यो अन्डाको मूल्य, अब कति तिर्नुपर्छ किन्दा ?

काठमाडौं- नेपालमा अण्डाको मूल्य घटेको छ । प्रतिक्रेटमा २५ देखि ७५ रुपैयाँसम्म मूल्य घटाइएको नेपाल कुखुरा व्यवसायी मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछानेले  जानकारी दिएका छन् ।

२८ असारमा सबैभन्दा ठूलो (एक्सएल) साइजको अन्डाको मूल्य प्रतिक्रेट ५ सय ३० रुपैयाँ,  ठूलो अन्डा प्रतिक्रेट ५ सय १० रुपैयाँ, मिडियम साइजको अन्डा प्रतिक्रेट ४ सय ९० रुपैयाँ तोकेको थियो ।

आइतबार बसेको संघको बैठकले सबैभन्दा ठूलो साइज अन्डाको मूल्य प्रतिक्रेट ५ सय रुपैयाँ तोकेको छ । यसैगरी ठूलो अन्डाको प्रतिक्रेट मूल्य ४ सय ८५ र मिडियम अन्डाको प्रतिक्रेट मूल्य ४ सय १५ रुपैयाँ तोकेको हो ।

देशभरका किसानसँग छलफल गरेर मूल्य समायोजन गरेको उनले बताए । किसानलाई अण्डा बिक्री गर्न समस्या भएकाले चितवनलाई आधार मानेर अण्डाको मूल्य समायोजन गरिएको लामिछानेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...