काठमाडौं – नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा १ लाख ४८ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार रु १०० मात्रै घटेर तोलामा १ लाख ४८ हजार ७०० रुपैयाँ कायम भएको हो ।























