घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं – आज नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

अस्ति आइतवार तीन हजार रुपैयाँले बढेर अहिलेसम्मकै उच्च एक लाख ५२ हजार ६ सय रुपैयाँ भएको सुनको भाउ आज एक सय रुपैयाँले घटेर तोलाको एक लाख ५२ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ भने बढेकाे छ । चाँदीकाे भाउ १० रुपैयाँले बढेर ताेलाकाे एक हजार आठ सय २० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...