रोशी गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा !

काभ्रे – रोशी गाउँपालिकाको बार्षिक प्रगति समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।

आर्थिक बर्ष २०८०/०८१ मा रोशी गाउँपालिका र वडा कार्यालय मार्फत सम्पादित क्रियाकलापहरूको बार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।

गाउँपालिका अध्यक्ष दिनेश लामाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको कार्यक्रममा अध्यक्ष लामाले समृद्ध रोशी निर्माणका लागि सबै पक्ष लाग्न अनुरोध गरे । ‘समृद्ध रोशी निर्माणमा गाउँपालिकाले मात्र केही गरौँ भनेर केही हुदैन । त्यसकारण जनप्रतिनिधि, कर्मचारी, पत्रकार, समाजसेवी सबै एक भएर लाग्यौँ भने समृद्ध रोशी निर्माण गर्न सक्छौँ । सबै आ–आफ्नो ठाउँबाट लाग्नु अनुरोध गर्दछु ।’ अध्यक्ष लामाले भने ।

रोशीको स्रोत साधनले भ्याएसम्म बिकास निर्माणमा लागि परेको बताउँदै लामाले शाखा र वडाले कार्ययोजना तयार गरेर कार्यसम्पादनमा लाग्न अनुरोध गरे ।

संघ र प्रदेश सरकारले सिलिङ अनुसार वित्तिय हस्तान्तरण नगरेकाले सोचे अनुसारको प्रगति हाशिल गर्न नसकेको गाउँपालिका उपाध्यक्ष मिमबहादुर वाईबाले बताएका छन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङले दुरदृष्टिको योजनाहरू बनाएर अगाडी बढ्नुपर्ने बताए । ‘रोशीको दृष्टि पर्यटन र कृषि’ नारालाई सकार पार्नको लागि दत्तचित्त भएर कार्यसम्पादनमा लाग्न कर्मचारीहरूलाई तामाङले निर्देशन दिए । एउटा शाखाले गरेको राम्रो काम अर्काे शाखाले सिकोस भन्ने हेतुले प्रगति समीक्षाको आयोजना गरेको उनको भनाई छ ।

आर्थिक बर्ष २०८०÷०८१ मा विनियोजित रकमको ८० दशमलव ८५ प्रतिशत आर्थिक प्रगती हाशिल गरेको तामाङले बताए । आन्तरिक राजश्व संकलन लक्ष भन्दा बढी संकलन भएको प्रमुख प्रशासकीय अधिकृत तामाङले बताए । एक करोड २३ लाख ९० हजारको लक्ष राखेकोमा १ करोड ३५ लाख ४४ हजार ५ रुपैया राजश्व संकलन गरेको उनको भनाई छ ।

योजना शाखा प्रमुख राम लामाले सञ्चालन गरेको समिक्षा कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङले पालिकाको प्रगति विवरण, शाखा प्रमुखहरूले बिषयगत शाखाको प्रगति विवरण र १२ वटै वडाका वडासचिवहरूले वडाको प्रगति विवरण प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...