काठमाडौं – सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसबीच मन्त्रालय भागबण्डा टुंगो लागेको छ ।
दुवै दलका शीर्ष नेताहरूबीच भएको समझदारी अनुसार कांग्रेसले ९ र एमालेले ८ वटा मन्त्रालय लिनेगरी सहमति बनेको हो ।
संविधानकोे धारा ७६ (२) अनुसार प्रधानमन्त्री दाबी गरेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आज आइतबार साँझ राष्ट्रपतिले नियुक्त गर्ने तयारी गरेका छन् । भोलि सोमबार बिहान ११ बजे शपथग्रहण राखिएको छ । ओलीले राष्ट्रपतिबाट शपथ लिएलगत्तै मन्त्रिपरिषद् विस्तार गर्ने कार्यक्रम छ ।
कांग्रेसको भागमा परेका मन्त्रालयः
गृह मन्त्रालय
रक्षा मन्त्रालय
परराष्ट्र मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
सहरी विकास मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्तालय
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
एमालेको भागमा परेका मन्त्रालयः
अर्थ मन्त्रालय
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय
शिक्षा मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालय
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय