जनताको घर–घरमा लौरो र छाता बोकेर पुगे खानीखोलाका जनप्रतिनिधि !

नेमा बल, खानीखोला – सामाजिक सुरक्षा भत्ता पाउने जेष्ठ नागरिकलाई हिँडडुल गर्दा वर्षातमा समस्या नहोस भन्दै खानीखोला गाउँपालिका ५ का जनप्रतिनिधिहरु लौरो र छाता बोकेर जनताको घर–घरमा पुगेका छन् ।

खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङ (छिन्ताङ) को प्रमुख अतिथ्यतामा तथा उपाध्यक्ष दोर्जेमान जिम्वाको विशिष्ट अतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बर्षायाममा दैनिक जसो पानी परिरहने भएकाले जेष्ठ नागरिकहरुलाई समस्य नहोस भन्दै छाता वितरण गरिएको छ ।

खानीखोला गाउँपालिकको अध्यक्ष थिङले सामाजिक सुरक्षा भत्ता लिन आउने जाने बर्खामा काम लागोस् भनेर छाता र लौरो उपहार दिइएको बताउनु भएको छ । यस्तै गाउँपालिकाका उपाध्यक्ष दोर्जेमान जिम्वाले आफ्ना नागरिकले वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरणको माग गरेपछि भत्तासँगै लौरो र छाता लिएर पुगेको बताउनु भएको छ ।

खानीखोला जिल्लाको विकट गाउँपालिकामध्येमा पर्छ । गाउँपालिकाको केन्द्र ज्येष्ठ नागरिक, अशक्त, एकल र विधवालाई वडामै पुगेर छाता र लौरो  उपलब्ध गराइएको हो । सिङ्गो गाउँपालिका नै जनताको वडा वडामै  पुगेपछि खाली हात नजाने भन्दै छाता र लौरो उपहारसमेत गाउँपालिकाले उपलब्ध गराएको छ ।

गाउँपालिकामा १ हजार १०७ जनाले सामाजिक सुरक्षा भत्ता लिने गरेका छन् । वडा ५ बाट १०९ जनाले सामाजिक सुरक्षा भत्ता लिदै आएका वडाध्यक्ष बुद्धि  बहादुर स्याङ्तान (बाबू) ले बताए ।

वडा सचीव चण्डिका थापाले सन्चालन गरेकी कार्यक्रममा प्रशासन शाखा प्रमुख रामकृष्ण अर्याल , मिना पाख्रीन, प्रेम लामा, खडक बिक, बिन्दा आचार्य , स्वास्थ्यकर्मी प्रेम खडकाका साथै बुद्धिजीवी, समाजसेवी को उपस्थित रहेको थियो । उक्त कार्यक्रम बुद्धि बहादुर स्याङ्तानको अध्यक्षता सम्पन्न भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...