कोठे–दयाँगाउ बृहत खानेपानी आयोजनाको शिलान्यास !

काभ्रे – जिल्लाको विकट क्षेत्रको रुपमा परिचित खानीखोला गाउँपालिकाको वडा नं १ कोठे दायाँगाउँमा पानीको आपूर्ति सहज बनाउन झण्डै ३ करोडको लागतमा बृहत् खानेपानी आयोजनाको शिलान्यास भएको छ ।

शनिबार भव्य कार्यक्रमका बीच पुर्व उर्जा राज्यमन्त्री तथा प्रतिनिधि सभा सदस्य माननीय सुर्यमान दोङ (लालध्वज) ले कोठे दायाँगाउँ बृहत खानेपानी आयोजनाको शिलान्यास गरेका हुन् ।

आयोजनाको शिलान्यास गर्दै सांसद दोङले कोठे दायाँगाउँ बृहत् खानेपानी आयोजना महत्वर्ण आयोजना भएकोले निर्माण कम्पनीले काममा कुनै हेलचेक्रइ र ढिलासुस्ती नगरी समयमै पारदर्शी ढंगले काम सम्पन्न गर्न आग्रह गर्नुका साथै आफूहरु जनताको दुखको सारथी भएको बताउँदै थपे, ‘हामी जनताको सारथी हौँ, तपाईहरुको दुख सुखमा सहयोग गर्न तयार रहेको बताउनु भयो ।

त्यसैगरी कार्यक्रमका विशिष्ट अतिथि एवं गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङ ‘छिन्ताङ’ले आफूहरुले चुनावी वाचा पूरा गर्दै जनताको ऋण तिर्ने कामलाई जारी राखेको बताए । ‘चुनाव जिताएर तपाईहरुले हामीमाथि ऋण बोकाउनुभएको छ, आज बृहत खानेपानीको शिलान्यास भयो, यसबाट केही ऋण तिरेका छौँ’ उनले भने, ‘तपाईहरुको ऋण तिर्न अझै बाँकी छ, यहाँका बाटाघाटा, विद्यालय र अन्य भवन निर्माणदेखि विकास निर्माणका तपाईहरुका सबै सपना र हाम्रा वाचा पूरा गर्दै तपाईहरुको ऋण तिर्ने नै छौँ ।’

गाउँपालिकाका उपाध्यक्ष दोर्जेमान जिम्बाले चुनावी वाचा पूरा गर्नका लागि भाषण भन्दा काम गरेर देखाउने बताए । गाउँपालिका अध्यक्ष र आफूबीच कुनै मतभेद नरहेको बताउँदै उनले भने, ‘हामीबीच मतभेद छैन, चुनावमा जे बाचा गरेका थियौँ, हामी मिलेर त्यो पूरा गर्छौ ।’

कार्यक्रममा प्रमुख अतिथी माननीय पुर्व उर्जाराज्य मन्त्री सुर्यमान दोङ (लालध्वाज) विशेष अतिथी खानिखोला गाउँपालिका अध्यक्ष इन्द्र बहादुर थिङ(छिन्ताङ), उपाध्यक्ष दोर्जेमान जिम्बा, नेकपा माओवादी केन्द्रका जिल्ला सचिव दैबलाल घिसिङ, बागमती प्रदेशका सचिवालय सदस्य मिना पाख्रिन , होम बहादुर खुलाल, राजन अधिकारी, सृर्जना थिङ, अनामोल आचार्य ,वडा अध्यक्षहरु निशान मोक्तान, बुद्धि बहादुर स्याङ्तान, सागर जिम्बा, सन्चमान थिङ लगाएतको स्थानीय नेताहरुको उपस्तिथिमा शिलान्यस भएको थियो ।

संघीय सरकारको विषेश अनुदानमा २ करोड ७६ लाख ८५ हजार लागतको आयोजना अघि बढेको हो । २०८२ असार १५ गतेमा सम्पन्न गर्ने गरी ठेक्का लागेको हो । आयोजनाबाट १ सय ६८ घरधुरी प्रत्यक्ष लावान्भित हुनेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...