एकैदिन २ हजार बढ्यो सुनको भाउ, कतिमा हुदैछ कारोबार ?

काठमाडौं – आज एकैदिन सुनको मूल्यमा प्रतितोला २ हजार रुपैयाँले बढेर कारोबार सुरु भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिन तोलाको १ लाख १९ हजार रुपैयाँ रहेको सुन आइतबार १ लाख २१ हजार पुगेको हो ।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख २१ हजार रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख २० हजार ४०० रुपैयाँ छ ।

गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ४५० रुपैयाँ कायम थियो ।

यस्तै, आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ । गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १३ सय ९० रुपैयाँ थियो । जुन, आज तोलामा १४ सय १० रुपैयाँ छ ।

अन्तर्राष्ट्रिय बजारको कारोबारमा शुक्रबार मूल्य उच्च दरमा बढ्दा आइतबार नेपाली बजारमा प्रभाव परेको महासंघले जनाएको छ । शनिबार सार्वजनिक विदा हुने भएकाले त्यस दिन सुनको मूल्य समायोजन गरिँदैन । विगत केही दिनदेखि सुनको मूल्य बढिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...