काठमाडौं– आज शुक्रबार सुनको मूल्य बढेको छ ।
आज सुन तोलामा ६०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
आज छापावाल सुन प्रतितोला १ लाख १९ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो छापावाल सुन प्रतितोला १ लाख १८ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलाको १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदी तोलामा १५ रुपैयाँले बढेर १३९० रुपैयाँमा कारोबार भइरहेको महासँघले जनाएको छ । हिजो चाँदी तोलाको १३७५ रुपैयाँमा कारोबार भएको थियो ।