काभ्रे – नेपाली कांग्रेस खानीखोला -३ ले स्थानिय तहमै पुगि जनताको गुनासा सुन्न पुगेका छन् । कांग्रेसको माघ १६ देखि २६ गतेसम्म सञ्चालनमा रहेको “समुदायमा कांग्रेस” अन्तर्गत जिल्लाबाट खटिएका प्रतिनिधि पार्टी कार्यलय खानीखोला ३ पुगि जनताको गुनासा सुन्ना पुगेका हुन् ।
नेपाली कांग्रेसको केन्द्रिय कार्यसमितिको परिपत्र तथा जिल्ला कार्यसमितिको निर्देशन बमोजिम नेपाली कांग्रेसका खानीखोला वडा नं. ३ का सभापति डम्बर घिसिङको सभापतित्वमा सुभारम्भ गरिएको कार्यक्रममा प्रमुख अतिथि नेपाल विद्यार्थी संघको केन्द्रिय सदस्य प्रेम थोकर, विशिष्ट अतिथि नेपाली कांग्रेस खानीखोला सभापति एवं खानीखोला गाउँपालिका उपाध्यक्ष दोर्जेमान जिम्बा, अतिथि नेपाल तरुण दल जिल्ला सहसचिव राजेश जिम्बा, अतिथि नेपाली कांग्रेस खानीखोला वडा नं. ७ का पुर्व वडाध्यक्ष एवं हालको सभापति क्षेत्रमान घ्यावा र खानीखोला तरुणको सभापति प्रकाश जिम्बा लगायतका काग्रेसका अन्य नेताहरुको उपस्थित रहेको उक्त कार्यक्रम नेपाली कांग्रेस खानीखोला ३ का वडा कार्यसमिति सचिव निमा बलले सञ्चालन गरेका थियो ।
“समुदायमा कांग्रेस” अभियान अन्तर्गत जिल्लाको निर्देशन पालन गर्दै खानीखोला ३ मा पुगेका नेपाल विद्यार्थी संघको केन्द्रिय सदस्य प्रेम थोकरले आफुहरु कुनै पनि एक विशेष पार्टिको मात्रै गुनासो सुन्ना नआएको बताउदै हरेक जनताको समस्य,गुनासा मात्रै नभएर शिक्षा,स्वास्थ्य एवं सरकारी कार्यलयबाट हुदै गरेको सेवा प्रवाहको बिषयमा के कस्तो भईरहेको छ टिप्पणी गर्दै प्रतिवेदन बनाएर जिल्लामा बुझाउने र जनताको हरेक गुनासालाई सम्बोधन गर्न र गराउन सम्बन्धित ठाउँमा आफु पनि पुगि लागि परिरहने प्रतिवद्धता गरेका छन् ।
स्थानीय तहमै पुगि जनताको गुनासा सुन्ने क्रममा नेपाली कांग्रेस खानीखोला गा.पा. का सभापति एवं खानीखोला गाउँपालिकाको उपाध्यक्ष दोर्जेमान जिम्बाले खानीखोलाको समृद्धि एवं विकासको लागि खानीखोला सरकार सधै अघि बढिरहेको र जनताको हक र अधिकारको लागि खानीखोला सरकारले गर्न नसकेको अवस्थामा प्रदेश र संघमै पुगि जनताको गुनासोहरु राख्ने र गुनासो समाधानको लागि आफु सदैव लागिरहने प्रतिवद्धता जाहेर गर्नु भएको छ ।
माघ १६ गते पार्टि कार्यलय बनेपामा “समुदायमा कांग्रेस” अभियानको शुभारम्भ गर्दै नेपाली कांग्रेसको जिल्ला सभापति, बागमती प्रदेशका खानेपानी उर्जा तथा सिंचाइमन्त्री तिर्थ लामाले जिल्लाको १३ वटा स्थानिय तह र १३५ वडाको हरेक गाउँ टोलमा पुगि जिल्लाबाट खटिएको सबै प्रतिनिधिहरुलाई हरेक जनताको दुःख, दर्द र मर्म जतिसुकै समय लागेपनि सुन्नलाई आग्रह गरेको थियो ।
सहिद दिवसको अवसर पारेर माघ १६ गते सुभारम्भ भएको “समुदायमा कांग्रेस” अभियान काभ्रे कांग्रेसले माघ २६ गते कांग्रेस केन्द्रिय सदस्य एवं पुर्व मन्त्रि डा.मिनेन्द्रप्रसाद रिजाल को प्रमुख आतिथ्यतामा समापन गर्ने जनाएको छ ।