Advertisement

गगनलाई उछिनेर विश्वले पाए कांग्रेसको शक्तिशाली जिम्मेवारी र ऐतिहाँसिक अवसर

Advertisement

काठमाडौं – नेपाली कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्मालाई प्रतिनिधि सभा र प्रदेश सभाको घोषणा पत्र तयार पार्न जिम्मेवारी दिएको छ ।

बुधबार सभापति शेरबहादुर देउवाले महामन्त्री शर्मालाई प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको घोषणा पत्र तयारी समिति संयोजकको जिम्मेवारीमा मनोनीत गरेका हुन् ।

मंसिर ४ मा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन हुँदैछ । कांग्रेसले मंसिर ४ गतेको निर्वाचनलाई जित्ने तयारी गरिरहेको छ ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा महामन्त्री शर्मालाई सभापति देउवाले घोषणा पत्र तयारी समितिको संयोजकमा मनोनीत गरेको जनाएका छन् ।

वैशाखमा भएको स्थानीय तहको चुनावमा महामन्त्री गगन थापाको नेतृत्वमा कांग्रेसले घोषणा पत्र लेखेको थियो । महामन्त्री थापाले बनाएको घोषणा पत्रको कतै पनि राम्रोसँग चर्चा पनि भएको थिएन ।

निर्वाचनका बेला पनि कांग्रेसको घोषणा पत्र बिलाएको थियो । महामन्त्री थापाले विज्ञहरू राखेर बनाएको भनिएको स्थानीय तहको घोषणा पत्रका बारेमा कांग्रेसका नेता कार्यकर्ताले थाहै पाएका थिएनन् । त्यो घोषणा पत्रमा के थियो धेरैलाई थाहा छैन ।

सभापति देउवाले महामन्त्री थापाप्रति विश्वास नलागेर यस पटक प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि पार्टीको घोषणा पत्र बनाउने जिम्मेवारी महामन्त्री शर्मालाई दिएका छन् ।

महामन्त्री शर्माले थापाले जस्तो तामझाम नगरेर घोषणा पत्र बनाउनेछन् । महामन्त्री थापाले त्यस बेला घोषणा पत्र बनाउनेभन्दा पनि आफ्नो प्रचार धेरै गराएका थिए । थापाले बनाएको घोषणा पत्र छेउ नटुप्पाको बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...