देउवाले थाहै नपाउनेगरी शेखर कोइरालाले गरे यस्तो तयारी, माओवादी र एसमा हलचल !

काठमाडौं – आसन्न चुनावका लागि सत्ता गठबन्धन मिलेरै अघि बढ्ने सहमति भइसकेको अवस्थामा सिट बाँडफाँट भने महाभारत देखिएको छ । मुख्यतः कांग्रेसको एउटै मत नहुँदा समस्या थपिएको छ ।

कांग्रेसका तीनजना कार्यदल सदस्य रहेकोमा तीनथरी धारणा रहेका छन् । अहिले कार्यदलका सदस्य तथा संयोजक कृष्ण सिटौला वि’रामी भएर घरमा आराम गरिरहेको भएपनि उनको कांग्रेसभित्र फरक मत रहेको छ ।

कार्यदल सदस्य ज्ञानेन्द्र बहादुर कार्की र अर्का सदस्य महामन्त्री गगन थापाको समेत बेग्लाबेग्लै मत रहेको छ । नेपाली कांग्रेसका यी तीनजनाको तीनथरी विचार कार्यदलका सदस्यहरुमा देखिएपछि कार्यदलभित्र सहमति जुटाउन समस्या भएको स्रोत बताउछ ।

देउवाले गठबन्धनमा लोसपालाई पनि ल्याउन खोजेपछि गठबन्धनका अन्य दलले त्यसलाई मानिरहेका छैनन । सिट भागबण्डा गर्नुपर्ने भएकोले लोसपालाई नल्याउँदा पनि हुने बताइरहेका छन् ।

स्रोत भन्छ, शेखर कोइराला समूहको मतसहित थापाले एक सय सिटभन्दा कम नहुने अडान राखिरहेका छन् । यो अडान मान्ने हो भने कांग्रेसले एक सय ६५ सिटमा बहुमत सिट पाउँछ । यो दिने पक्षमा गठबन्धनका अरु दलका नेताहरु सहमत छैनन् । कांग्रेसको यस अडानले माओवादी र एसलाई ठूलो झड्का लाग्न पुगेको छ ।

१०० सिट कांग्रेसले नपाए कांग्रेसको वि’द्रोही समूह एमालेसँग चुनावी साँ’ठगाँठ गरेर अघि बढ्ने संकेत केपी ओली र डा. शेखर कोइरालाबीच २०७९ भदौ १६ गते भएको भेटले गर्दछ ।

त्यसैगरी, सिटौलाको यो समूह चाहिं ८५ सम्म सिटमा मान्न तयार रहेको स्रोत बताउछ । अनि, सभापति शेरबहादुर देउवा समूहका कार्कीको भनाइ ८० देखि ८५ सम्म मान्न पनि तयार देखिएका छन् । यी तीनथरी मत भएका कारणले पनि अहिले कार्यदलमा ठूलो समस्या उत्पन्न भएको छ ।

कुन दलले कति सिट पाउने भन्नेमा समस्या पैदा हुँदा उनीहरुले भनेका विभिन्न डेटलाइनहरु पार भइसकेका छन् । २०७९ भदौ १५ गतेभित्र सहमति जुटाउने भनेका थिए । त्यो सहमति जुटेको छैन ।

गठबन्धनका नेताहरुले २०७९ भदौ २० गतेभित्र निर्वाचन क्षेत्र र भदौ २५ गतेभित्र उम्मेदवारसमेत तय गरिसक्ने दाबी गरेका थिए । तर, त्यो सहमति अझै हुन सकेको छैन । त्यसैले, कांग्रेसले गबठन्धनका नेताहरुका लागि अत्तो थापिरहेको छ ।

यो अत्तो थापेका कारण अन्तिम समयमा यो गठबन्धन यस्तै कारणले भत्किने त होइन, भन्ने अवस्था पनि देखिन्छ । हिजो २०७९ भदौ १६ गतेको कार्यदल बैठकमा पनि यही कुरा उठेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...