काठमाडौं – कुनै न कुनै नेताको खोइरो खनेर नथाक्ने मुकुन्देको नामले चर्चित मुकुन्द घिमिरेले काठमाडौं क्षेत्र नम्बर ४ बाट चुनाव लड्ने तयारी गरेका छन् ।
कुनै समय रत्नपार्कका रुखमा बसेर बिनाकाम कराइरहने मुकुन्देले अहिले सामाजिक संजालबाट चर्चा बटुलेका बेला उनले चुनावी तयारीका लागि सक्रियता बढाएका हुन् ।
बाख्रा काण्ड र एमसिसीमा बिबादित बनेका काङ्ग्रेस नेता गगन थापाले चुनाव जितेको काठमाडौं क्षेत्र नम्बर ४ मा केन्द्रित भई उनले आफ्ना धारणाहरु समेत सार्वजनिक गर्न थालेका छन् ।
जहाँ थापाले नेकपा एमालेका विदेश विभाग प्रमुख डा राजन भट्टराईसंग चुनावी प्रतिस्पर्धा गरेका थिए ।
सोही क्षेत्रबाट मुकुन्देले अब कि बार मुकुन्दे सरकार भन्दै उम्मेदवारी घोषणा गर्दै बढेका छन् । मुकुन्देको मुद्दामा हिन्दू गणतन्त्र रहेको छ । उनल हेलिकोप्टरबाट बीऊ छर्ने देखि ३६५ दिन नै नेपाली जनतालाई दशैं जस्तै सुखसँग राख्ने नारा उठाएर प्रचारप्रसारलाई तिब्रता दिइरहेका छन् ।























