माधव नेपालको पार्टीबाट चुहियो गोप्य सूचना, एमालेमा खुशीयाली

काठमाडौँ – नेकपा एमाले विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीको गोप्य सूचना नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कानसम्म पुगेको छ । माधवकुमार नेपाल नेतृत्वको नेकपा एस भित्र चुनाव अघिनै ठूलो पहिरो जानलागेको गोप्य सूचना ओलीको कानमा पुगेको हो ।

नेकपा एसबाट ठूलो टिम आफ्नै मूलघर नेकपा एमालेमा फर्कने तयारी भएका हुन् । नेकपा एमालेका अध्यक्ष केपी ओलीले केहि समय अघि नेकपा एसबाट ठूलो टिम एमाले फर्कन तयारी गरिहेको सूचना प्राप्त भएको बताएका थिए ।

आज अर्का नेताले यस बिषयमा भरपर्दो सूचना दिएका छन् । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डले केहि समयमै नेकपा एसको ठूलो टिम एमाले प्रवेश गर्ने बताएका छन् ।

मुखले नाम नलिए पनि पाण्डले झलनाथ खनाल सहितका नेताहरु एमाले फर्कने बताएका छन् । पाण्डले माधव नेपाल पनि नफर्कि सुखै नभएको दाबी गरेका छन् ।

जनकपुरधाममा सोमबार आयोजित मधेश प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उनले ठूलो हिस्सा एमालेमा फर्किएपछि माधवकुमार नेपाल पनि एमालेबाहेक अन्यत्र जाने ठाउँ नहुने बताए ।

‘माओवादीमा प्रवेश गरेपनि अलगै कम्युनिष्ट पार्टीको रुपमा अस्तिव जोगाउन गाह्रो छ । माओवादीमा प्रवेश गरेपछि जनयुद्धबाट सिर्जित पार्टीको सदस्य हुन आएको छु भन्नुपर्छ’ उनले भने, ‘जनयुद्धलाई आधार मानेर हाम्रा नीति तथा कार्यक्रमहरु विघटित भएका छन् त्यो मानेर माधवजीलाई जानुपर्छ । तर, त्यो मान्न उहाँलाई गाह्रो छ । त्यसैले उहाँ जान पनि सक्नुहुन्न ।’

उपाध्यक्ष पाण्डेले अघि भने, ‘तर हामीले पनि निमोठेर ल्याउँला भन्नुहुन्न । आउने साथीलाई बडो स्वागतका साथ पार्टीमा ल्याउनुपर्छ । जति धेरै मान्छे आउँछ त्यति राम्रो हुन्छ ।’माओवादी केन्द्रका पनि केही नेताहरुसँग पार्टी प्रवेशको विषयमा कुराकानी भइरहेको उनले बताए ।

उपाध्यक्ष पाण्डेले भारत भ्रमणको क्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अपरिपक्व व्यवहार देखाएपछि प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट हुन नसकेको टिप्पणी गरे । ‘प्रचण्डजीले भारत जाने क्रममा विमानस्थलमा सम्भवतः भारतबाट आउनेवित्तिकै चीन पनि जान्छु भन्नुभयो’ उनले भने, ‘मोदीले त्यसो भए म पनि भेटदिनँ भनेर भन्नुभयो ।’

उनले यो घटनाबाट नेपालको राजनीतिमा बाहिरी शक्तिको प्रभाव रहेको पुष्टि हुने बताए । प्रचण्डले यस्तो बोल्नु उनको अपरिपक्व सोंच रहेको उपाध्यक्ष पाण्डेले बताए ।उपाध्यक्ष पाण्डेले प्रधानमन्त्री शेरबहादुर देउवामा पनि अमेरिकाको छातामुनि रहनुपर्छ भन्ने अपरिपक्व सोच रहेको टिप्पणी गरे ।

‘शेरबहादुरजीको अर्को अपरिपक्व सोच अमेरिकाको छातामुनि रहेपछि केही पनि गर्नुपर्दैन भन्ने छ’ उनले भने, ‘यी दुबै कुराले नेपालको राष्ट्रिय सार्वभौमसत्ता र नेपाललाई बलियो बनाउने कुरामा बल पुग्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...